Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

२५ औं मनमोहन अधिकारी स्मृति दिवसः पुस्ताैं सम्म सम्झनामा रहीरहने मनमाेहन

मनमाेहनले दिएकाे भत्ता जेष्ठ नागरिककाे साहरा

मनोज भट्टराई
मनोज भट्टराई

‘छोराछोरी भए पनि अहिले मेरो सहारा मनमोहनले बेला दिएको भत्ता भएको छ, छोराछोरी जन्मे हुर्के । तर, अहिले सबै दरदिशा लागे, के गर्नु ? यो भत्ता नभएको भए कसरी बाँच्नु थियो र ?’

सम्पत्तिका नाममा सानो एउटा घर छ । अनि घर वरिपरि थोरै जमिन । सन्तान भए पनि नभएको अनुभूति छ उनीहरूलाई । सधैंभरि दुई छाक खानलाई बनीबुतो गरेर खानुपर्ने बाध्यता छ । न साथमा सन्तान, न त सम्पत्ति । त्यसमाथि हिँडडुल गर्न र बनीबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । यही अवस्था छ, ग्रामीण भेगमा रहेका ज्येष्ठ नागरिकहरूको ।

झापाको अर्जुनधारा नगरपालिका– २ सहकालेका ९० वर्षीय हेमकुमार तामाङको वास्तविक अवस्था पनि यही हो । आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरू बिताइरहेका छन् तामाङ र उनकी श्रीमती मनकला तामाङ । बुढेसकालमा सरकारले दिने भत्ता आफनो साहरा बनेको उनी बताउँछन् । उनी भन्छन्, ‘मनमोहनले हामीलाई बाँच्ने आधार बनाइदिए ।’

सहकालेकै ८७ वर्षीया मसिनी कार्की डोलीको पनि अवस्था उस्तै छ । उनी पनि घरमा आफन्तबाहेक एक्लै दिन बिताइरहेकी छन् । उनी सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेको दिन निकै खुसी हुन्छिन् । पाँच वर्षअघि श्रीमान् बितेपछि सानो छाप्रोमा उनले एक्लै जीवन बिताइरहेकी छन् । उनी सरकारले दिने वृद्ध भत्ताको रकम फारु गरेर खर्च गर्छिन् । ‘मनमोहनले दिएको भत्ता अर्कोपटक नआउँदासम्म राखिरहन्छु’, उनले भनिन् । तर, उनको गुनासो छ, ‘पहिले घरघरमा ल्याइदिन्थे । अहिले बैंकमा जानुपर्छ, अलि समस्यै हुन्छ । वृद्धभत्ताबाहेक सन्तानविहीन उनको आम्दानीको अन्य कुनै स्रोत छैन ।’

यस्तै झापाकै भद्रपुर ५ शान्ति टोलका भूमिहीन शङ्कर माझीको जीवन जिउने आधार पनि त्यही सामाजिक सुरक्षा भत्ता रहेको छ । ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै सरकारले दिने वृद्ध भत्ता बनेको उनको भनाइ छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ९ की विष्णुमाया खड्काको श्रीमान् बितेको २५ वर्ष भयो । घर खर्च, औषधोपचार र चाडपर्वमा नातिनातिनीलाई दक्षिणा वृद्ध भत्ताबापत पाइने रकमबाट पूर्ति हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘काम गर्न सकुञ्जेल आफैंले दुःख गरेर खाएँ । अहिले काम गर्न सक्दिनँ । मनमोहनले दिएको पैसाले पेट पालेकी छु ।’

ओखलढुंगाकै लिखु गाउँपालिका ६ की भमाया सार्की सन्तान भएर पनि असहाय भएकी छन् । अहिले उनी सानो छाप्रोमा एक्लै बस्छिन् । १५–२० वर्षअघि श्रीमानले पनि कान्छी लिएर हिँडेपछि उनी अहिले बेसहरा भएकी छन् । ‘छोराछोरी भए पनि अहिले मेरो सहारा मनमोहनले बेला दिएको भत्ता भएको छ’, उनले भनिन्, ‘छोराछोरी जन्मे हुर्के । तर, अहिले सबै दरदिशा लागे, के गर्नु ? यो भत्ता नभएको भए कसरी बाँच्नु थियो र ?’
धनकुटाको पाख्रीबासका मुगाधन राई आफु ५० वर्षको हुँदा मनमोहनले बुढापाकालाई दिएको भत्ता अहिले आफ्नो बाँच्ने साहरा भएको बताउँछन् । 

तामाङ, माझी र कार्की डोली,सार्की, खड्का र राई त केही प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुमात्र नभएर भत्ता पाउने धेरै ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता भएको छ । त्यही मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा दिन सुरु गरिएको भत्ताले नै आफूहरुलाई साँझ–बिहान खाने गाँस र बिरामी पर्दा औषधोपचार गर्ने खर्च पुगेको उनीहरू बताउँछन् ।

सामाजिक सुरक्षा भत्ता लिने अधिकांश ज्येष्ठ नागरिकहरुले ०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री भएको सरकारले दिन सुरु गरेका कारण अधिकारीको नाम नै लिने गरेका छन् ।

समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाए पनि सरकारले दिएको सामाजिक सुरक्षा भत्ता आफूहरूको गुजारा चलाउने माध्यम बनेको उनीहरुको भनाइ छ । भएका छोराबुहारी र छोरीज्वाइँले हेंला गरेकाले अलग्गै बसेका वृद्धवद्धाहरु आफ्नो गुजारा वृद्ध भत्ताको रकमबाटै चलाएको बताउँछन् । उनीहरु भन्छन्, ‘सन्तानबाट दुःख भोग्नुपरे पनि ०५१ मा प्रधानमन्त्री भएका मनमोहन अधिकारीले वृद्ध भत्ताको व्यवस्था नगरेको भए अहिले हामीलाई छोराछोरीले कति हेप्थे होलान् ?’ कतिपय बृद्धबुद्धाहरु त आफुलाई मनमोहनले भत्ता नदिएको भए छोराछोरीले पनि नहेर्ने बताउँछन् । त्यही भत्ताका कारण छो।ाब्हारीको प्यारो भएको समेत उनीहरुको भनाइ छ ।

वृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ । संघीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षा भत्ता सचिवले वडा कार्यालय अथवा टोल–टोल पुगेर वितरण गर्ने गरेको सम्झँदै संघीयता कार्यान्वयनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ । कतिपयले बोकाएर बैंकसम्म पुग्नु पर्ने बाध्यताले आधा रकम ज्याला तथा गाडी भाडामै सकिने गरेको गुनासो गरेका छन् । कतिपयको त बैंक सम्म पुग्दा बाटोमा नै मृत्यु भएको समाचारहरु आई रहेका छन् । 

भत्ता बुझ्न बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको जनप्रतिनिधिहरुको भनाइ छ । सरकारले दिएको भत्ता वृद्धवृद्धाको जिउने आधार त बनेको छ । तर, बैंकसम्म धाउनुपर्दा आफूहरूलाई निकै दुःख हुने गरेको उनीहरू बताउँछन् ।

पहिले घरघरमा आएर दिइने भए पनि अहिले बैंकसम्म पुग्नुपर्दा धेरैले गुनासो गरेको लिखु गाउँपालिका– ६ का वडा अध्यक्ष टीकाराम मगरले बताए । आफुहरुले कतिपय बुद्धवुद्धाको त बैकसँगको समन्वयमा घरघरमै भत्ता पुर्याई दिने गरेको पनि उनले बताए । 

सरकारले सम्बन्धित स्थानीय तहको वडा कार्यालय वा घरआँगनमै वितरण गर्ने व्यवस्था मिलाइदिए ज्येष्ठ नागरिकहरुलार्ई धेरै राहत हुने उनको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending