Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

खबरडबली संवाददाता

तनहुँ । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगरपालिकाको बैठकले चालु शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि जनप्रतिनिधिले सामुदायिक विद्यालयमा छोराछोरी भर्ना गराउन थालेका हुन् । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जनप्रतिनिधिले सामुदायिक विद्यालयमा भर्ना गर्ने निर्णयलाई व्यवहारमै लागू गर्न आवश्यक रहेकाले सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने अभियान थालेको बताए। नगरप्रमुख न्यौपानेले आफूले नाति नवनीत न्यौपानेलाई व्यास नगरपालिका वडा नं २ दमौलीस्थित सत्यवती माध्यामिक विद्यालयमा कक्षा ६ मा भर्ना गरेको जानकारी दिए।

तनहुँको व्यास नगरपालिकाले  शैक्षिकसत्र २०८१ देखि जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक र निजामती कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरेको थियो । पछिल्लो समय जिल्लाभर सामुदायिक विद्यालय विद्यार्थी अभावमा रित्तिँदै गएपछि व्यास नगरपालिकाको कार्यालयले निर्णय नै गरेर जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउने अभियान थालेको नगरप्रमुख न्यौपानेले बताए। यो निर्णयबाट शिक्षक, जनप्रतिनिधि र कर्मचारी गरी करिब आठ सय जना प्रभावित हुने व्यास नगरपालिकाको कार्यालयले जनाएको छ ।

“राज्यले सामुदायिक विद्यालयमा लगानी गरे अनुरूपको प्रतिफल प्राप्त भएको छैन”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेपछि शैक्षिक गुणस्तर वृद्धि हुनेसमेत हामीले अपेक्षा गरेका छौँ ।” सामुदायिक विद्यालयप्रतिको जनविश्वास जगाउन नगरपालिकाको निर्णयले सकारात्मक प्रभाव पार्ने व्यास–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक अनिल श्रेष्ठले राससलाई बताए । ‘‘व्यास नगरपालिकाको निर्णयले सामुदायिक विद्यालयलाई थप जिम्मेवार बनाउने हामीले ठानेका छौँ”, सहायक प्रधानाध्यापक श्रेष्ठले भने, “अन्य पालिकाले समेत यस्तो कार्यको अनुशरण गर्न आवश्यक छ ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : योगेश भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता योगेशकुमार भट्टराईले वर्तमान सरकारका दलहरुबीचको राजनीतिक समीकरण आगामी निर्वाचनसम्म कायम रहने बताएको...

लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको  छ ।   काठेखोला गाउँपालिका- ८ लेख...

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको बैठक स्थगित

सुदूरपश्चिम ।स् सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाउनुभएको आजको प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।  ...

चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना खुवाइँदै

राजविराज । सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको छ । सप्तरी युथ नेपाल र ...

स्ट इन्डिज ए विरुद्ध नेपालको सान्त्वना जित

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटल...

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौँ । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । आसिफले ३३ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ...

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहको अर्धशतक

काठमाडौँ । अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् । अनिलले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । ...

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास, धार्मिक पर्यटन प्रवद्र्धनका लागि आगामी आर्थिक वर्ष २०८१/...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने

चितवन । नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले ...

बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनःआजदेखि भोजपुर–...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies