एजेन्सी । भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो ।
यसै साता एसियाका धेरै मुलुकमा चर्को तापक्रमले असर पुर्याएको छ । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।
सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस भएका थिए । त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहेका थिए ।
घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उनलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । उक्त दिनपछि गडकरीले सामाजिक सञ्जाल एक्समा लेखे, “र्यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो तर अहिले म पूर्ण स्वस्थ छु ।” उनले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको बताए ।
भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ । “लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ”, विभागले विज्ञप्तिमा जनाएको छ ।
छ सातासम्म चल्ने म्याराथुन निर्वाचनका बीच सम्पूर्ण भारतमा ठूला बाहिरी प्रचार र्यालीहरू आयोजना भइरहेका छन् । शुक्रबार मतदानको दोस्रो चरणमा लाखौँ मानिसले मतदान गर्दैछन् ।
भारतको निर्वाचन आयोगले ‘शान्तिदायक उपायहरू’ को दृष्टिले प्रत्येक चरणको मतदानअघि लु र आद्र्रताको प्रभावको समीक्षा गरिरहेको भन्दै यसले अहिले पनि नागरिकहरूलाई आफ्नो मत खसाउन अनुमति दिने बताएको छ ।
जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: