Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

सवारी दुर्घटनामा १० जनाको मृत्यु

खबरडबली संवाददाता
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्युभएकाे छ । काटमाडाैं लगायतका विभिन्न स्थानमा भएकाे दुर्घटनामा १० जनाकाे मृत्यु भएकाे हाे । 
 
 
काठमाडौं महानगरपालिका-२८ स्थित सडकमा बा.९ च ३४४० नम्बरको कार र प्र.३-०२-००९ प ५११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बझाङ खप्तडछाला गाउँपालिका-७ घर भई काठमाडौं अनामनगर बस्ने २६ वर्षीय युवराज थापाको मृत्यु भएको छ ।
 बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो । कार र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कालिकोटकाे खाँडाचक्र नगरपालिका-८ चिमगाउँ नजिक मान्ममाबाट चिमगाउँतर्फ जाँदै गरेको भे.२ त १९८१ नम्बरको ट्याक्टर सडकबाट ५ सय मिटर तल खसेर  बिहीबार दिउँसो दुर्घटना हुँदा चालक दैलेख चामुण्डा गाउँपालिका बस्ने २५ वर्षीय भुपेन्द्र बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मन्ममा उपचारको क्रममा मृत्यु भएको  हो ।
सुर्खेतकाे बिरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकमा मंगलगढी चोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ह ०५८० नम्बरको अटोबाट खसेर महोत्तरी मटियानी नगरपालिका-४ बस्ने ५८ वर्षीया उर्मिला देवीको बिहीबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो ।  अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरीकाे दुहबी नगरपालिका-८ जुटमिल नजिक सडकमा ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ९२६९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री बारा गढिमाई नगरपालिका-५ घर भई हाल सुनसरी इटहरी उपमहानगरपालिका बस्ने २२ वर्षीय सिनेन्द्र राम चमारको बिहीबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिहेको छ । 
दाङकाे शान्तिनगर गाउँपालिका-५ खैरेनीस्थित सडकमा हापुरेबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.५ प ९३२८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सल्यान घर भई हाल दाङ शान्तिनगर गाउँपालिका-५ बस्ने ७० वर्षीय शम्सेर थापाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको थप उपचारको लागि नर्सिङहोम नेपालगंज रिफर गरिएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीकाे लुम्बिनी सांस्कृतिक नगरपालिका-८ पकडिहवास्थित सडकमा लु.१३ प ३८९० नम्बरको मोटरसाइकल र यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहिबार राति दुर्घटना हुँदा यूपि ५३ एएफ ९९०६ नम्बरको मोटरसाइकल चालक भारत बिहार घर भई हाल रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ नेउडिहवा बस्ने ३२ वर्षीय असलाम खान पठानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेकोमा १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । 
मोरङकाे लेटाङ नगरपालिका-३ फारलाईनस्थित सडकमा लेटाङबाट कानेपोखरीतर्फ जाँदै गरेको को.२ ह ३२०८ नम्बरको अटो अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका-७ बस्ने ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको लेटाङ एडभान्स हेल्थकेयर सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार १ जनालाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।
यसैगरी मोरङकै केराबारी गाउँपालिका-७ प्रभात टोल बस्ने १७ वर्षीय निर्मल महतोको आफ्नै घर अगाडि साइकल गुडाउन क्रममा लडेर बिहीबार दिउँसो मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
झापाकाे मेचीनगर नगरपालिका-१२ देउनिया पुलस्थित सडकमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.११ प १६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४० वर्षीय ज्ञानेन्द्रराज कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्य भएको हो । 
गुल्मीकाे गुल्मीदरवार गाउँपालिका-३ म्यालपोखरीस्थित सडकमा गौंडाकोटबाट बिरवासतर्फ जाँदै गरेको लु.३५ प ५४८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गुल्मीदरवार गाउँपालिका-३ राजा बस्ने २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि मिशन अस्पताल पाल्पा पठाइएको छ ।  
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ । 
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संरक्षणको पर्खाइमा सेनवंशी राजाले प्रयोग गरेको तोप

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक...

यात्रुको चाप बढेपछि रेसुङ्गा विमानस्थलमा उडान थप

गुल्मी । यात्रुको चाप बढेपछि  गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान थप भएको छ ।  थप उडान सँगै अब विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको हो । ...

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।  पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहा...

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आईएस खोरासानले आईसीसी टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । दैनिक भास...

अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गराउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अतिक्रमण गरिएका ८३ प्राकृतिक ताल खाली गरान थालेकाे छ ।  कैलालीको धनगढीमा रहेका ८३ वटा प्राकृतिक ताल अतिक्रमणको...

बामदेव एमालेमा फर्कन आतुर, उचित जिम्बेवारी दिएर पार्टीमा फर्काउन ओलीसँग आग्रह

विगतमा आफुबाट कमजोरी भएको गाैतमकाे स्वीकार

दुई महिनादेखि विद्युत् उत्पादन बन्दहुँदा दैनिक आठ लाख घाटा

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ।  पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।     प्रतापपुर गाउ...

कतार एयरवेजको जहाजबाट धुँवा निस्केपछि.....

काठमाडौं । काठमाडौंबाट कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजक...

क्षमता भन्दा बढी कैदीबन्दी भएपछि सर्लाही कारागारमा व्यवस्थापनको समस्या

सर्लाही । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख...

जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो

धनुषा । जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies