Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा जुट्दै धादिङको गङ्गाजमुना गाउँपालिका

खबरडबली संवाददाता

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको कामलाई अगाडि बढाएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो ।

पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न अगाडि बढाइएको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ ।

गङ्गाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले सुरु गरेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवर्द्धनात्मक तथा अन्वेषणात्मको कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गरे ।

गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष लामा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताउँछन् ।

यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो ।

सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रवद्र्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउँछन् ।

गङ्गाजमुनाभित्र ‘क्यानोनिङ’ गर्न ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाइन, अग्लो र लामो झोलुङ्गेपुल लगायतका पूर्वाधार रहेका छन् ।

यस्तै, उक्त गाउँपालिकामा ब्रह्माणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिको अनुभव लिन पाइन्छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न चालु आर्थिक वर्ष २०८०÷८१ मा रु ७० लाख बजेट विनियोजन गरेको बताउँछन् ।

‘गङ्गाजमुनाबाट चुमभ्याली र रुवीभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ’, उहाँ भन्नुहुन्छ ।

होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण भइरहेको छ ।

गङ्गाजमुनाको पर्यटन प्रवर्द्धन गर्न ठाउँठाउँमा सूचना पाटी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माणलगायत काम अगाडि बढाइएको छ ।

‘कृषि, पर्यटन र पूर्वाधारः गङ्गाजमुना विकासको आधार’ नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ ।

नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल बताउँछन् । पूर्वपर्यटन व्यवसायीसमेत रहेका उनी स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माण गर्न पदमार्गबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्छन् ।

उक्त पदमार्ग भएर समुद्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ । –रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...

झापा र नवलपरासीमा सवारी दुर्घटना- दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी ।  झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...

गगन-विश्वलाई पार्टीबाट निकालेका खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्।  गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...

कांग्रेसको मान्यता नपाउने' पक्षसामु चुनाव लड्नका लागि तीन विकल्प

काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...

‘बा’ र बालेनको पर्खाइमा झापा

काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...

नेता धेरै देउवातिर, प्रतिनिधि धेरै गगनतिर

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...

चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...

आजको मौसम- तराईमा हुस्सु, छैन पानी पर्ने सम्भावना

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस  । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending