Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा

खबरडबली संवाददाता

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकका समस्या समाधान र श्रम बजारमा सुधार ल्याउने उद्देश्यसहित ‘श्रमदान’ अभियानको सुरुआत गरे । 

मन्त्री अर्यालले श्रमदान मन्त्रालयको वृहत र व्यवहारिक योजना भएको बताए। श्रमिकको समस्या समाधान गर्न ल्याएको उक्त योजनाअन्र्तगत विभिन्न सातवटा कार्यक्रम छन् । श्रमदान योजनामा ‘सेकेन्ड इनिङ्स’, रोजगार बैंक, समता, कनेक्ट, साथ, कल सेन्टर, पेसागत यात्राको सहयात्रीलगायत कार्यक्रम समावेश छन् । यी कार्यक्रम एकसाथ नभएर क्रमशः कार्यान्वयन गर्दैजाने मन्त्री अर्यालले बताए । “यो योजना मात्र होइन, अभियान पनि हो”, उनले भने–“यसले नेपाली नागरिकको श्रम र रोजगारसम्बन्धी बहुआयामिक आवश्यकताको एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्य राखेको छ ।” 

श्रमदानको पहिलो चरणमा सात क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन । इन्दे्रणीका सात रङ्गसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रङ्गसँग जोडिएको मन्त्री अर्यालले बताए । कार्यक्रम नेपाली श्रमिकको सीप, दक्षतामा विकास, उनीहरुको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान, विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गर्नेदेखि कानुनी रुपमा सुरक्षित बनाउन श्रम कानुनको ज्ञान बढाउन केन्द्रित रहेको उनको भनाइ थियो । 

मन्त्रालयले दुई महिनाको अध्ययनपछि तयार भएको उक्त योजनाबाट रोजगारीकोे अवसरलाई व्यापक बनाउनेदेखि श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधान प्रदान गर्ने  छ । मन्त्री अर्यालले पहिलो चरणमा २४ सै घण्टा टेलिफोन सेवा उपलब्ध गराउने, गुनासो सुन्ने निकायमा केन्द्रीत फोकल पर्सन तोक्ने र मिसकलाई कल ब्याग गर्ने काम हुने जानकारी दिए। उनका अनुसार दोस्रोचरणमा श्रमदान एपको विकास गर्ने काम भइरहेको छ । 

विदेशमा आधारित सीआइपी लाइन टेलिफोन सेवा र आइभीआर सेवाकोसमेत तयारी भइरहेको मन्त्री अर्यालले बर्ताए। विभिन्न सामाजिक सञ्जालमार्फत प्राप्त जिज्ञासा, गुनासो र समस्यालाई तत्काल समाधान प्रक्रियामा लैजान संयन्त्रको निर्माण भएको उनले बताए। मन्त्रालयले यसअघि नै श्रमदान कल सेन्टरको उद्घाटन गरिसकेको छ । मन्त्रालयका अनुसार जिज्ञासा, गुनासो र समस्यालाई निःशुल्क कल ११४१ मा फोन गरेर जानकारी दिन सकिनेछ । यस्तै अर्को फोन नम्बर ९८५१३४७२२२ मार्फतसमेत समस्याबारे जानकारी गराउन सकिने मन्त्रालयले जनाएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

सांसदहरूले अनुशासन उल्लंघन गरे 'राइट टु रिकल'कडाइका साथ लागू गरिने रवी लामिछानेको चेतावनी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीका सांसदहरूलाई अनुशासन उल्लंघन गरे फिर्ता बोलाउने चेतावनी दिएका छन्। ...

खोटाङमा हेलिकप्टर दुर्घटना अपडेट, दुई घाइतेलाई काठमाडौं ल्याइयो

खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिका–२, खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका पास्टर काजीबहादु...

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि  बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको  सरकार विरुद्...

कोरला नाकामा चिसो घटेपछि लयमा फर्कियो ब्यवसाय

मुस्ताङ। अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा गएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसा...

रास्वपा अभिमुखीकरणमा पुगे रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ललितपुरको ग्वार्कोस्थित अभिमुखीकरण कार्यक्रममा सहभागी भएका छन्। रास्वपाले हि...

बागलुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ। बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपह...

खोटाङमा हेलिकोप्टर दुर्घटना

खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकोप्टर दुर्घटनामा परेको छ। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको उक्त हेलिकोप...

भीरबाट लडेर बैतडीमा एकको मृत्यु

वाशुलिङ बैतडी । भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका–३ गुजरका २६ वर्षीय नरेश कोलीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी ...

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित रु नौ करोड २ लाखमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।  नगरपालिकाका...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: