रौतहट । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् ।
यसै गरी पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ ।
बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १८ गते, २०८३ - १७:३०
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...
बैशाख १८ गते, २०८३ - १७:२०
काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...
बैशाख १८ गते, २०८३ - १६:३७
काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...
बैशाख १८ गते, २०८३ - १६:११
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...
बैशाख १८ गते, २०८३ - १५:५१
रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...
बैशाख १८ गते, २०८३ - १५:३७
काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...
बैशाख १८ गते, २०८३ - १५:१७
काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...
बैशाख १८ गते, २०८३ - १५:०७
काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...
बैशाख १८ गते, २०८३ - १४:५२
बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...
बैशाख १८ गते, २०८३ - १४:१७
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...


प्रतिकृया लेख्नुहोस्: