भक्तपुर । चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर आज दुईजनाको मृत्यु भएको छ ।
भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए ।
आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै विपद् व्यवस्थापन महाशाखा काठमाडौंबाट २५ जना, जिल्ला परिसर भक्तपुरका ३० जना प्रहरी टोली, सशस्त्र प्रहरी बलबाट नौ जनाको प्रहरी टोली र आरएनए–१६ को टोली घटनास्थल पुगेर उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगेपनि दुवैको मृत्यु भइसकेको उनले जानकारी दिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८१ - २०:५९
काठमाडाैं । पुनर्निर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत रु. ५५ लाख संकलन भएको छ । गत मंसिर ९ ग...
पौष ९ गते, २०८१ - २०:११
ढाका । एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्श...
पौष ९ गते, २०८१ - २०:०५
काठमाडौं । सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिएका छन् । ...
पौष ९ गते, २०८१ - २०:००
काठमाडौं । नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्...
पौष ९ गते, २०८१ - १९:५६
काठमाडौं । विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएक...
पौष ९ गते, २०८१ - १९:५१
काठमाडौं । काठमाडौं उपत्यकामा यतिखेर बर्षा भईरहेको छ । जल तथा मौसम बिज्ञान बिभागका अनुसार यो यस वर्षको पहिलो हिउँदे वर्षा हो । अहिले काठमाडौंमा सिम...
पौष ९ गते, २०८१ - १९:३६
सप्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मंगलवार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुगेको छ । अख्तियारमा परेका मुद्दाको छान...
पौष ९ गते, २०८१ - १९:३१
रौतहट । विवादै विवादको घेरामा रहेको राैतहटकाे कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्द...
पौष ९ गते, २०८१ - १८:५७
मुगु । मुगुको उच्च हिमाली क्षेत्र मुगुम कार्मारोङ्ग गाउँपालिकामा अज्ञात राेगबाट ३० भन्दा बढी याक र चौंरीहरु मरेका छन् । गाउँपालिकाको वडा नम्बर २ स...
पौष ९ गते, २०८१ - १८:४६
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस व...
प्रतिकृया लेख्नुहोस्: