हुम्ला । मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।
काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।
सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिए। यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताए ।
सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताए।
उनले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: