काठमाडौं । ललितपुरको टिकाभैरब हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ सवारी साधन संचालनमा पूर्ण रुपमा बन्द भएको छ । ललितपुरको बगुवा– तिनपाने खण्डमा रक कटिङ कार्य भैरहेको अवस्थामा सडक भासिएर पहिरो गएको कारण कान्तिराजपथ पूर्ण रुपमा बन्द हुन पुगेको कान्ति राजमार्ग सडक योजनाका सूचना अधिकारी इन्जिनियर रवीन्द्र महर्जनले जानकारी दिए ।
आज विहान मकवानपुरको बुद्धचोकबाट ५५ प्लस ५५० किमीको सडक खण्डमा रक कटिङ कार्य हुँदै गर्दा सडक भासिएको हो । रक कटिङ हुँदै गरेको भएतापनि साना सवारी साधनहरुलाई एक तर्फी सुचारु गर्दै आएतापनि एक्कासी सडक किनाराको तारजाली वाल नै भासिएर सडक पूर्ण क्षति भई पहिरो गएको अवस्था भएको कारण सवारी आवागम पूर्ण रुपमा बन्द गर्नु परेको ई. महर्जनले बताए ।
गत बैशाख १६ गतेदेखि जेठ १५ गतेसम्म बिहान ४ बजेदेखि बिहान ९ बजेसम्म र मध्याह्न १२ बजे देखि साझ ६ बजे सम्म बन्द हुने ललितपुर जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरेको थियो । उक्त सडकको विभिन्न ५ स्थानमा सिंगल लेन भएको ठाउँमा कडा चटान कटिङ गरि डब्बल लेन सडक निर्माण गर्ने कार्य भैरहेको छ । सडकमाथिका कडा चट्टान कटिङ गर्ने निर्णय भएकोले यसअघि आंशिक रुपमा बन्द रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - ११:२४
वीरगञ्ज । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्ला दिन जिल्लामा बाक्लो...
पौष २४ गते, २०८१ - ११:२२
काठमाडौं । केही दिनअघि हिमपातले प्रभावित अमेरिका अहिले फेरि डढेलोबाट प्रभावित भएको छ । अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जलस क्षेत्रमा डढेलोले दशौ...
पौष २४ गते, २०८१ - ११:१८
बुटवल । शीतलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा यातायात अवरुद्ध बनेको छ। नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेको यो सडक खण्ड उकालो...
पौष २४ गते, २०८१ - ११:१३
काठमाडौं । सिमरा, भरतपुर र भैरहवामा जहाज उडान–अवतरणा अवरुद्ध भएकाे छ । पर्याप्त भिजिबिलिटी नहुँदा सिमरा, भरतपुर र भैरहवाको उडान तालिका प्रभावित भएको ह...
पौष २४ गते, २०८१ - ११:०८
काठमाडौं । कीर्तिपुरका हाइलक्स गाडी दुर्घटना भएको छ । बुधबार बिहान करिब सवा ८ बजेतिर शिक्षा तथा मानव स्रोत केन्द्रको लु ३ फ ३२५ नम्बरको गाडी दुर्घटना...
पौष २४ गते, २०८१ - ११:०६
काठमाडौं । बलिउड अभिनेता सलमान खानको घरमा बुलेटप्रुफ सिसा राखिएको छ । असुरक्षा बढेको महसुस गरेपछि उनले घरमा बुलेटप्रुफ सिसा राखेका हुन् । गत वर्ष ...
पौष २४ गते, २०८१ - ११:०३
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २३.६५ अंकले बढेको छ । यससँगै सूचक २६७०.५० विन्दुमा आएको छ । १ करोड ३६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको...
पौष २४ गते, २०८१ - १०:४९
दार्चुला । जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारा...
पौष २४ गते, २०८१ - १०:४५
काठमाडौं । कार्यकाल सकिएर अवकाशमा जान लागेका चार जना सशस्त्र प्रहरी बलका डिआइजीहरूको पदावधि थप गरिएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिष...
पौष २४ गते, २०८१ - १०:४४
पर्सा । पर्सामा हजुरबुवाको हत्या गरेको आरोपमा नाति-नातिनी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८ जगतपुर बस्ने वर्षीया २० वर्षीया खुश्ब...
प्रतिकृया लेख्नुहोस्: