Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

विश्व प्रेस स्वतन्त्रता दिवसः वातावरण संरक्षणका लागि आवश्यक छ ‘प्रेस स्वतन्त्रता’

खबरडबली संवाददाता

काठमाडौं । विश्वभर अहिले प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिक रुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । मे ३ का छेउछाउका दिनमा यसै दिवससँग सम्बन्धित कार्यक्रमको आयोजना गर्ने गरिन्छ । स्वभाविक रुपमा नेपाल पनि अपवाद छैन ।

नेपालमा पनि पछिल्ला वर्षहरुमा यो दिवस मनाउन थालिएको छ । सरकारीस्तरबाट नमनाइए पनि गैरसरकारी स्तरबाट भने नेपालमा यो दिवस सन् १९९५ देखि नै मनाउन थालिएकोे हो । नेपालमा पनि मे ३ का अवसरमा विविध कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन् । वर्षभरिका प्रेस स्वतन्त्रताका उल्लङ्घनका घटनालाई सम्झिने र स्वतन्त्र प्रेसको अवस्थाको मूल्याङ्कन गर्ने दिनका रुपमा पनि मे ३ महत्वपूर्ण छ । तर सोचनीय के छ भने एक दिन सम्झिने र त्यसपछि खासै क्रियाशील नहुने अवस्थाका आधारमा कति उपलब्धि प्राप्त गर्न सकिएला ? नेपालको सन्दर्भमा पनि धेरथोर यस्तै अवस्था विद्यमान छ भनियो भने अन्यथा हुने छैन । 

नामिवियाको विण्डहक सहरमा सन १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले मे ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो । चिली र युनस्कोले यस पटक ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा एक सम्मेलनको आयोजना गरिरहेका छन् । यो दिवस मनाउने सन्दर्भमा युनेस्कोले प्रत्येक वर्ष नारा तय गर्दछ । युनेस्कोले यस वर्षअर्थात् सन् २०२४ का लागि प्रेस फोर द प्लानेटः जर्नलिज्म इन द फेस अफ द इनभायरोमेन्टल क्राइसिस भन्ने विषय तय गरेको छ ।

नेपाल पत्रकार महासङ्घले नेपालीमा यसको अनौपचारिक अनुवाद पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटका समयमा पत्रकारिता भनेर गरेको छ । यस पटकको यो दिवस वर्तमान वैश्विक वातावरण सङ्कटका समयमा पत्रकारिताको महत्वका सन्दर्भमा समर्पित छ । हो, पछिल्लो समयमा विश्वमा वातावरणीय समस्या क्रमशः चुलिँदै गएको छ । जलवायु परिवर्तन विश्व सरोकारको विषय बनेको छ । संयुक्त राष्ट्र सङ्घजस्ता संस्थाले पनि यस विषयलाई प्राथमिकतामा राखेको निकै भइसकेको छ ।

केही महिना पहिले नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिनिओ गुटरेसले पनि नेपालका हिमालहरुलाई जोड्दै जलवायु परिवर्तनका सम्बन्धमा व्यक्त गर्नुभएको अभिव्यक्ति स्वयम्मा महत्वपूर्ण छ । यसै विषयमा बर्सेनि विश्व सम्मेलनहरु आयोजन हुने गरेका छन् । अहिले विश्वभरि नै प्राकृतिक सम्पदाको दोहन आफू अनुकूल गर्ने प्रवृत्ति बढ्दो छ ।

विश्वका सर्वोच्च शिखर सगरमाथालगायतका हिमालका हिउँ पग्लने र हिउँ नै नपर्ने समस्या अब नौलो रहेन । नदीका जल सतह बढ्ने वा घट्ने कुरा पनि अब नयाँ रहेन । युएईमा यस वर्ष परेको वर्षाले त्यहाँ बाढीको विभिषिका निम्त्यायो । नेपालको तराई भूमिमा जमिनमुनिको पानीको सतह दिनहुँ तल गइरहेको छ, । विगत एक सय ७० वर्षमा गत वर्ष २०२३ सर्वाधिक तातो वर्ष रहेको अध्ययनहरुले दाबी गरिरहेको छ । मालदिभ्सजस्ता केही देशको भविष्य सङ्कटाभिमुख छ । यस्ता अनेक उदाहरण छन्, 

जसका आधारमा विश्वमा वातावरणीय सङ्कटका परिणाम मानव सभ्यताका सामु देखा परिरहेको मान्न सकस छैन । तर यति हुँदाहुँदै पनि मानव सभ्यता विद्यमान सङ्कटप्रति गम्भीर भएको पाइँदैन । वातावरणमा देखिएको यो सङ्कट समाधानका दिशामा वर्तमान पुस्ताले गम्भीरता देखाउन सकेन भने यो पुस्ताले भावी पुस्तालाई यो पृथ्वी यहीरुपमा हस्तान्तरण गर्न सम्भव छैन । यो भनेको भावी पुस्ताप्रतिको गैरजिम्मेवार दायित्व निर्वहन हो ।

यस पृष्ठभूमिमा युनेस्कोले यस वर्ष उठान गरेको विषय अत्यन्त सान्दर्भिक रहेको मान्न सकिन्छ । सूचना सम्प्रेषणलगायतका पत्रकारिताका धेरै कार्यमध्ये एक महत्वपूर्ण कार्य हो शिक्षाको प्रसार वा जनचेतनाको जागृति । युनेस्कोले चयन गरेको विषयको महत्व पत्रकारिताको यसै कार्यसँग सम्बद्ध छ । 

वातावरणीय सङ्कटसँग जुधिरहेको पृथ्वीको रक्षाको गुरुत्तर दायित्व पत्रकारिताको काँधमाथि छ । पत्रकारिताले वातावरण संरक्षणको षिषयलाई विश्वव्यापी एजेण्डा बनाएर स्वतन्त्र प्रेसको दायित्व निर्वाह गरोस् भन्ने पनि युनेस्कोले आफ्नो नारामार्फत सन्देश दिन चाहेको भनेर बुझ्नु गलत हुने छैन ।

पछिल्लो विश्वमा पत्रकारिताको सामाजिक उत्तरदायित्वको सिद्धान्त निकै लोकप्रिय मानिन्छ । निश्चित पनि वातावरण्ीय मुद्दा उठानका विषय पनि सामाजिक उत्तरदायित्व निर्वहनकै अन्तर्गत पर्ने कुरामा विमति हुन सक्दैन । विश्व पत्रकारिता समुदायले पनि यो सत्य बुझ्न ढिला गर्नुहुँदेन । तर यो सिद्धान्त जतिसुकै लोकप्रिय भए पनि व्यवहारमा भने यसको इमान्दार अनुवाद भएको बिरलै मात्र पाइन्छ । यस सन्दर्भमा कार्बन उत्सर्जनको विषयलाई अत्यन्तै सशक्त उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ ।

विश्वका विकसित राष्ट्रहरुले विकासका नाममा ठूलो मात्रामा कार्बन उत्सर्जन गरिरहेको कुराबाट विश्व समुदाय अनभिज्ञ छैन । यसबाट ती देशले त आर्थिक सम्पन्नता प्राप्त गरेका छन । विडम्बना, अल्पविकसित साना राष्ट्रहरु यसको मारमा परिरहेका छन् । तर ती ठूला र विकसित देशमा कार्बन उत्सर्जनको मुद्दा त्यहाँको पत्रकारितामा वीरलैमात्र एजेण्डा बन्ने गरेको पाइन्छ । 

कुनै बेला हिउँले सेताम्मे हुने हिमालयमा कालो चट्टान देखिनु कार्बन उत्सर्जनको परिणाम पनि हो तर यो मुद्दा उठानमा पनि विकसित देशका मिडिया चुकेको पाइन्छ । हिमाल आरोहणको विषयलाई प्राथमिकतामा राख्ने ती मिडियाले हिमालको प्रदूषण र हिमनदीको अवस्थामा आएको परिवर्तनका कुरालाई खासै महत्व दिएको नदेखिन सक्छ ।

माथि चर्चा गरिएका विषय प्रत्यक्षतः प्रेस स्वतन्त्रतासँग सम्बन्धित नदेखिन सक्छन । तर गहिरिएर हेर्दा र मिहीन ढङ्गले विश्लेषण गर्दा यो विषय पनि प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो भन्न कञ्जुस्याई गर्नु आवश्यक छैन । एउटा प्रश्न उठ्न सक्छ, प्रभावशाली मानिएका देशका प्रभावशाली भनिएका मिडिया प्रायः यी विषयमा किन मौन बस्छन ? उत्तर थुप्रै हुन सक्ने सम्भावना छ । एउटा उत्तर के हुन सक्छ भने शायद ती मिडियाहरु यस्ता विषयको उठान गर्न स्वतन्त्र छैनन् ।  

आजको विश्वमा धन आर्जन गर्ने व्यवसायका रुपमा समेत परिचय बनाउन सकेको मिडियाको आफ्नो स्वार्थसँग पनि सायद यो विषय जोडिएको छ र सायद त्यसैले पत्रकारले यो विषय उठान गर्न चाहे पनि पत्रकारिताको संस्थाले यस्ता विषयलाई प्राथमिकतामा नराखेको हुन सक्छ । केही हदसम्म यो विषय समाचार कक्षको सम्पादकीय स्वतन्त्रतासँग पनि जोडिन पुग्छ । विज्ञापनको चम्किलो रातमा सायद मानव कल्याणको जुन ओझेलमा पर्छ । 

सन्ततिको भविष्य सुखमय बनाउन धन सङ्कलनमा तल्लीन वर्तमानका मिडिया सञ्चालक र जिम्मेवार राष्ट्रहरुले पृथ्वी–प्रकृतिको हस्तान्तरणबारे भने सायद सोच्न आवश्यक ठानेका छैनन । यसो हो भने निश्चय पनि यो विषय प्रेस स्वतन्त्रतासँग जोडिन्छ र युनेस्कोले उठान गरेको विषय (नारा) स्वाभाविक रुपले सान्दर्भिक हुन पुग्दछ । 

(लेखक झा, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष र नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हुन्)
 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending