काठमाडौं । शुक्रबार विश्वासको मत लिन तम्सिएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी यत्तिकै रोकिनुपर्यो । केन्द्रीय सत्ता समीकरणअनुसार आफूलाई समर्थन गर्नुपर्ने दल नेकपा (एमाले) ले तत्काल विश्वासको मत नदिने अडान राखेपछि मुख्यमन्त्री सोडारी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै प्रदेश प्रमुख नजिर मियाँकहाँ पुगेका थिए ।
शुक्रबार रोकिएका मुख्यमन्त्री सोडारीले शनिवार विश्वासको मत लिन चाहेका छन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि शनिवार साँझ साढे ५ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
तर, एमाले भने आफ्नो अडानबाट पछि हटेको छैन । उसले मुख्यमन्त्री सोडारीलाई हतार नगर्न सुझाव दिएको छ । एमाले संसदीय दलका नेता राजेन्द्र रावलले एमालेले विश्वासको मत नदिने भनेको हैन र हतार गर्नुपर्ने कुनै कारण नरहेको बताए । पर्याप्त सल्लाह नगरीकन एमालेले विश्वासको मत नदिने भनेको उनले बताए ।
एमालेले शुक्रबारकै बोली दोहोर्याएपछि मुख्यमन्त्री सोडारी अलमलमा परेका छन् । उनलाई एमालेले भनेको मान्नुपर्ने बाध्यता छ । किनकि एमालेबिना उनको पक्षमा बहुमत जुट्दैन । प्रदेश सभामा ११ सिट भएको एमालेले मत नदिएको खण्डमा सोडारी नेतृत्वको सरकार ढल्न पनि सक्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
जेष्ठ ५ गते, २०८१ - १२:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...
जेष्ठ ५ गते, २०८१ - १०:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...
जेष्ठ ५ गते, २०८१ - १०:०३
कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...
जेष्ठ ५ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...
जेष्ठ ५ गते, २०८१ - ०९:५७
काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ...
जेष्ठ ५ गते, २०८१ - ०९:५३
मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...
जेष्ठ ५ गते, २०८१ - ०९:४९
काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...
जेष्ठ ५ गते, २०८१ - ०८:२४
कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...
जेष्ठ ५ गते, २०८१ - ०८:१७
काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...
प्रतिकृया लेख्नुहोस्: