मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषदमा मनोनित भएका १० जना सदस्यहरूले आज बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सदस्यहरू क्रमश रवि महर्जन (ललितपुर), संगीत श्रेष्ठ (मकवानपुर), नविना खनिया (चितवन), कल्पना खड्का (रामेछाप) ले शपथ लिएका हुन् । त्यस्तै सविन भट्टाचार्य (मकवानपुर), राजन धिताल (सिन्धुपाल्चोक), दीपा क्षेत्री (मकवानपुर), अमृत लुङवा (मकवानपुर), अञ्जना शिवाकोटी (दोलखा) र गोविन्दलाल श्रेष्ठ (काभ्रेपलाञ्चोक) ले शपथ लिएका छन् ।
बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा लगायतले मनोनित सदस्यहरूलाई शपथ गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री महर्जनले खेलकुद क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्तिहरूलाई परिषद्को सदस्यमा मनोनित गरिएको जानकारी दिँदै यसले बागमती प्रदेशको समग्र खेलकुद क्षेत्रको विकासमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सामाजिक विकासमन्त्री खड्गीले परिषद्का सदस्यहरूलाई आफ्नो विज्ञता प्रयोग गरी खेलकुद क्षेत्रको प्रवर्द्धन र खेलाडीहरूको हितका लागि काम गर्न सुझाव दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - २०:४९
काठमाडाैं । जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उनलाई काठमाडौं जिल्ला अद...
पौष २५ गते, २०८१ - २०:१९
स्वास्थ्य परीक्षणपछि छुट्दै रवि
पौष २५ गते, २०८१ - १९:५८
तनहुँ । सहकारीको प्रबन्धकलाई कुटपिट गरेको आरोपमा तनहुँमा प्रहरीले एकजना जनप्रतिनिधि सहित पाँच जनालाई पक्राउ गरेको छ । भिमाद नगरपालिका–७ का वडाध्यक्ष प...
पौष २५ गते, २०८१ - १९:५१
काठमाडाैं । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालत...
पौष २५ गते, २०८१ - १९:२२
पोखरा । पाेखराकाे सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि तीनजना धरौटी बुझाएर छुटेका छन् । अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरु...
पौष २५ गते, २०८१ - १९:११
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरण प्रदेश सरकारको प्राथमिकतामा रहे...
पौष २५ गते, २०८१ - १९:०७
मुस्ताङ । सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको...
पौष २५ गते, २०८१ - १८:५८
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले शिष्टाचार भेट गरेका छन् । ...
पौष २५ गते, २०८१ - १८:५५
ल्हासा । दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपराह्न ३ः०० बजेसम...
पौष २५ गते, २०८१ - १८:५१
जेनेभा । वर्षौंको गृहयुद्ध र दशकौँको तानाशाहीपछि देश सङ्क्रमणकालमा हुँदा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सीले बिहीबार सिरियाका लागि सात करोड ३० ला...
प्रतिकृया लेख्नुहोस्: