बाँके । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रका रहेका छन् ।
“नेपालगञ्जलाई मेडिकल सिटी भनिए पनि यही नवजात शिशु र सुत्केरीको मृत्यु धेरै देखिन्छ”, श्रेष्ठले भने, “घर नजिककै ठूला अस्पताल र सुविधा सम्पन्न स्वास्थ्य संस्था भए पनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर नवजात शिशु तथा सुत्केरीको मृत्यु भइरहेको छ ।”
चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा नेपालगञ्ज उपमहानगरपालिकामा ७१ नवजात शिशु र छ सुत्केरीको मृत्यु भएको छ । यो अवधिमा कोहलपुरमा ३४, राप्ती सोनारीमा तीन, नरैनापुरमा दुई तथा खजुरा र जानकी गाउँपालिकामा एक–एक नवजात शिशुको मृत्यु भएको छ ।
यो अवधिमा खजुरामा दुई, डुडुवामा दुई तथा राप्ती सोनारी र नरैनापुरमा एक–एक सुत्केरीको मृत्यु भएको छ । विगतमा सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मातृ मृत्यु भइरहेको स्वास्थ्य कार्यालय बाँकेका मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
बच्चा जन्मिएको ४२ दिनसम्म सुत्केरी हुने गरिन्छ । यो बीचमा चारपटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको अनुमान छ । बाँकेमा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौँमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको पाइएको छ ।
बढ्दो नवजात शिशु तथा मातृ मृत्युदर न्यूनीकरणका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिए पनि सुधार हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताए। बाँकेमा मिश्रित समुदायको बसोबास छ । खासगरी मधेसी तथा मुस्लिम समुदायमा नवजात शिशु र मातृ मृत्युदर बढी देखिएको छ । जनचेतनाको अभाव, नियमित गर्भ जाँचलगायतका कारणले मृत्युदर बढेको स्वास्थ्य कार्यालय प्रमुख शाहीको भनाइ छ ।
नवजात शिशु तथा आमाको मृत्युदर न्यूनीकरणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारले समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँकेमा नवजात शिशु र आमा मृत्युदर घट्न सकेको छैन । मृत्युदरको तथ्याङ्क हेर्दा बजार क्षेत्रमा बढी छ । सचेतनाको अभाव र अस्वस्थकर जीवनशैलीका कारण बजार क्षेत्रमा नै मृत्युदर उच्च रहेको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: