Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

युद्धग्रस्त देशमा रहेका नेपालीको फिर्ताका लागि सरकारले काम गरिरहेको छ- परराष्ट्रमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले युद्धग्रस्त देशमा रहेका नेपालीको उद्धार एवं फिर्ताका लागि सरकारले कुनै कसुर नछाडेको बताएको छन् । 

रुसको सेनामा कार्यरत नेपालीको सङ्ख्या, उनीहरुको अवस्थाबारे जानकारी, मृतकको शव फिर्ता, मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र उनले नेपाल सरकारले रूसी सेनामा भएका सम्झौता खारेज गरेर फिर्ता पठाइदिनपर्ने जस्ता विषयमा रुसी सरकारसँग वार्ता भइरहको उनले जानकारी दिए। 

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले रुसी सेनामा नेपाली आबद्ध भएको, कतिपय घाइते भएको, बिच्चलीमा परेको, युक्रेनी सेनाको कब्जामा रहेका र मृत्यु भएकाहरुको अवस्थाबारे सरकार जानकार रहेको भन्दै उनीहरुको उद्धार र स्वदेश फिर्ताका लागि सरकार सम्पूर्ण कूटनीतिक प्रयत्न गरिरहेको उल्लेख गरे। 

“क्षतिपूर्तिका सम्बन्धमा सहमति जनाएर रुस सरकारले अहिले त्यसको प्रक्रिया अघि बढाएको छ । हामीले त्यसका लागि आवश्यक कागजात अघि बढाइसकेका छौँ”, उनले भने, “रुसी सेनामा भर्ती भएका नेपालीसँगको सम्झौता रुसी सेनासँग छ, त्यो खारेज गर्नुप¥यो र नेपाल फर्काउनुप¥यो भन्ने माग राखेका छौँ । उक्त सम्झौता रद्द गरेर फिर्ता पठाउन सैद्दान्तिक सहमति ठोस रूपमा अगाडि बढने तयारी भइरहेको छ ।”

आफू रुसको विदेश मन्त्रीसँग निरन्तर वार्तामा रहेको र रुसको रक्षामन्त्रालयसँग पनि प्रत्यक्ष वार्ता गर्ने प्रयासरत रहेको उनको भनाइ छ । “युक्रेनको कब्जामा रहेकाहरुको फिर्ता पनि माग गरेका छौँ । यसका लागि रुसको विदेशीमन्त्रीसँगै रक्षामन्त्रालयसँग पनि कुरा भइरहेको छ”, उनले भने। उनले युद्धग्रस्त स्थानबाट आफ्ना नागरिक फिर्ताका लागि हरसम्भव प्रयत्न जारी राखेको उल्लेख गरे। “आवश्यकता प¥यो भने हामी आफै पनि रुस गएर वार्ता गर्नेसम्मको प्रस्ताव राखेका छौँ”, परराष्ट्रमन्त्री श्रेष्ठले भने। 

उपप्रधानमन्त्री श्रेष्ठले विपिन जोशी हमासकै कब्जामा भएको सूचना भएपनि आधिकारिक रुपमा जोशीको अवस्थाबारे जानकारी प्राप्त नभएको जानकारी समेत गराए। युद्धग्रस्त देशहरुबीच शान्तिका लागि मध्यस्थता गरिरहेका देशसँग जोशीको रिहाइको लागि अनुरोध गरिरहेको उनको भनाइ थियो । 

“इजरायल र हमासबीचको युद्धमा विपिन जोशी हमासको कब्जामा रहेको नै हाम्रो अहिलेसम्मको धारणा हो । तर जोशीबारे औपचारिक र आधिकारीक अवस्थाबारे जानकारी प्राप्त भएको छैन र रिहाई गर्न सकेको अवस्था छैन”, उनले भनने । 

बैठकमा समितिका सदस्यहरुले नेपाल र भारत सीमा समस्या, ईपिजीबारे राखेको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री श्रेष्ठले सुस्ता र कालापानी सीमा विवाद औपचारिक छलफलको अवस्थामा नै रहेको जानकारी गराए। नेपाल–भारत सम्बन्धका सबै आयामबारेमा कूटनीतिक छलफलबाटै टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । 

त्यसअवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीचका १४ वटा व्यापारिक नाका खोल्ने गृहकार्य भइरहेको तथा आर्थिक करिडोर बनाउन छलफल भइरहेको जानकारी दिए। “आर्थिक कूटनीतिमा चीनसँगको सम्बन्ध अगाडि बढेको छ, चीनसँग सम्बन्धको आधार बलियो बनेको बनेको छ”, उनले भने । 

बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले कूटनीतिक आचारसंहिता पालनामा सरकारी, सार्वजनिक निकाय, नेतृत्व र राजनीतिक दललाई अनुरोध गरिएको बताए । उनले परराष्ट्र मन्त्रालयको संस्थागत क्षमता अभिवृद्धि जरूरी रहेको समेत बैठकमा जानकारी गराए।  

नेपालको परराष्ट्र नीति, मन्त्रालय र मातहतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति र समस्या एवं भावी कार्ययोजना विषयक उक्त बैठकमा मन्त्री श्रेष्ठले आर्थिक कूटनीतिमा जोड दिनेगरी छुट्टै महाशाखा बनाउन लागिएका पनि बताए। 

प्रदेश र पालिकाले आफै परराष्ट्र सम्बन्ध राख्न नमिल्दैन भन्दै उनले प्रदेश सरकारमा परराष्ट्रको प्रतिनिधित्व भइरहेको बताए। मन्त्रालयले अहिलेसम्म एक सय ८२ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । हाल विभिन्न देशमा नेपालका ३० वटा राजदूतवास, संयुक्त राज्य अमेरिकाको न्यूर्योक, अष्ट्रियाको भियना र स्वीजरल्याण्डको जेनेभामा स्थायी नियोग र सात वटा महावाणिज्यूतावास छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘बाख्रा साटासाट’ कार्यक्रमबाट विपन्न समुदाय लाभान्वित

झापा । विर्तामोड नगरपालिकाले सञ्चालन गरेको विपन्न समुदाय लक्षित ‘बाख्रा साटासाट’ कार्यक्रम लोकप्रिय बनेको छ । दुई वर्षअघि सुरु भएको यो कार्यक्रममा सयौ...

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौँमा आह्वान गरेको छ ।  पार्टीले उठाउँद...

राष्ट्रिय सभाको बैठक पनि सर्यो

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक यसअ...

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी ह...

चितवनमा खडेरीले पानीका स्रोत सुक्दै, वन्यजन्तु समस्यामा

चितवन । खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवार...

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएको छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार स...

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।  ब...

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् । सभामुखको सचिवालयका अनुसार...

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् । ...

एमाले भक्तपुरको अध्यक्षमा देउजा पुन: निर्वाचित

भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् । ९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies