Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

खबरडबली संवाददाता

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै छन् । मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा पुटिनले राष्ट्रपतिको शपथ लिने छन् । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए ।

उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार त्यही ठाउँ हो जहाँ रुसको जारवादी परिवारका तीन राजाहरू ९अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतीय र निकोलस द्वितीय० को राज्याभिषेक गरिएको थियो । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

रुसले मस्कोमा उपस्थित सबै देशका कूटनीतिज्ञहरूलाई सपथ ग्रहणका लागि निमन्त्रणा पठाएको छ। तर, अमेरिका, बेलायतलगायत युरोपका धेरै देशले सपथ ग्रहण कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् ।

सपथ ग्रहण समारोहमा रूसको संघीय परिषद्का सदस्यहरू ९सिनेटका सांसदहरू०, राज्य डुमाका सदस्यहरू ९तल्लो सदनका सांसदहरू०, उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू उपस्थित हुने बताइएको छ । 

समारोह पछि, रूसी अर्थोडक्स चर्चका कुलपति क्याथेड्रल चर्चमा प्रार्थनामा राष्ट्रपतिसँग सामेल हुन्छन् । उनीहरुले राष्ट्रपतिलाई देशका जनताले विश्वास गरेको बताउँछन् । साथै उहाँको दिर्घायुको कामना । यो अभ्यास १४९८ देखि गरिदै आएको छ ।

शपथ ग्रहण गर्दा प्रयोग हुने संविधानको प्रतिलिपि विशेष मानिन्छ । यसको आवरण रातो रङको हुन्छ । यसमा सुनौलो रङमा ‘कन्स्टिट्यूशन अफ रुस’ लेखिएको छ । यसबाहेक रुसी ‘कोट अफ आर्म्स’ को तस्विर चाँदीको रंगमा बनाइएको छ । यो संविधानको प्रतिलिपि राष्ट्रपतिको पुस्तकालयमा राखिएको छ । चेन अफ अफिस राष्ट्रपतिको प्रतीक हो । बीचमा, ुअर्डर फर मेरिट टु द फादरल्याण्डु को रातो क्रस छ । ुलाभ, सम्मान र महिमाु क्रसको पछाडि सर्कलमा लेखिएको छ । राष्ट्रपतिले संविधानको प्रतिलिपिमा हात राखेर शपथ ग्रहण गर्छन् ।

रुसी संसदका दुवै सदनका सभामुख र संवैधानिक अदालतका राष्ट्रपति शपथका लागि मञ्चमा उपस्थित छन् । 

रुसका नयाँ राष्ट्रपतिले आफ्नो दाहिने हात संविधानको प्रतिलिपिमा राखेर पद तथा गोपनीयताको शपथ ग्रहण गर्छन्। यसपछि संवैधानिक अदालतले राष्ट्रपतिलाई पदको श्रृङ्खला प्रदान गरी राष्ट्रपतिको सपथ पूर्ण भएको घोषणा गर्छ । क्रेमलिन दरबारमा राष्ट्रिय गान बजाइन्छ। यस अवधिमा राष्ट्रपति भवनको गुम्बजमा ‘रशियन स्ट्यान्डर्ड अफ द प्रेसिडेन्ट’ को झण्डा फहराइन्छ ।

त्यसपछि नवनिर्वाचित राष्ट्रपतिले मन्तव्य दिनेछन् । त्यसपछि राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिइन्छ । समारोह क्याथेड्रल स्क्वायरमा समाप्त हुन्छ। यहाँ राष्ट्रपतिले रूसी सेनाको कमाण्डर(इन(चीफको रूपमा रेजिमेन्टको निरीक्षण गर्छन् ।

रुसको संविधानअनुसार कुनै पनि व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन । जसका कारण मे ८, २००८ मा पुटिनले पूर्वप्रधानमन्त्री दिमित्री मेदवेदेवलाई रुसको राष्ट्रपति बनाएर स्वयम् प्रधानमन्त्री बनेका थिए । नोभेम्बर २००८ मा, दिमित्रीले राष्ट्रपतिको कार्यकाल ४ बाट ६ वर्षमा बढाउन संविधान संशोधन गरेका थिए ।

यसपछि सन् २०१२ मा पुटिन फेरि रुसको राष्ट्रपति बने । उनले निरन्तर राष्ट्रवादको प्रवद्र्धन गर्दै देशका जनतालाई सोभियत संघको प्रतिष्ठा पुनस् प्राप्त गर्ने सपना देखाए । २०१४ मा, पुटिनले क्रिमियामा आक्रमण गरे र यसलाई रूसमा गाभे । जनवरी २०२० मा, पुटिनले संवैधानिक संशोधन मार्फत दुई कार्यकालको राष्ट्रपतिको सीमा समाप्त गरे । यसलाई सही प्रमाणित गर्न रुसमा जनमत संग्रह पनि गरिएको थियो । करिब ६० प्रतिशत मतदाताले यसमा भाग लिएका थिए जसमा ७६ प्रतिशतले पुटिनको निर्णयलाई समर्थन गरेका थिए । योसँगै पुटिनलाई सन् २०३६ सम्म राष्ट्रपति बन्ने बाटो खुलेको छ । यससँगै पुटिनले सोभियत संघमा झण्डै तीन दशक शासन गरेका स्टालिनलाई उछिनेछन् ।

फोर्ब्सका अनुसार भ्लादिमिर पुटिन सन् २०१३ देखि २०१६ सम्म लगातार चार पटक विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति घोषित भएका थिए । भ्लादिमिर पुटिन रुसको सबैभन्दा धनी व्यक्ति मानिन्छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई वर्षमा मनाङ आउने पर्यटकको सङ्ख्या दोब्बर

मनाङ । सन् २०२२ को तुलनामा सन् २०२४ सम्ममा मनाङ आउने विदेशी पर्यटकको सङ्ख्या दुई गुणाले वृद्धि भएको छ भने सन् २०२३ को तुलनामा छ गुणाले वृद्धि भएको छ ।...

हमासले केही बन्दी रिहा गर्दै : विपिन छुट्ने प्रतीक्षामा नेपाल सरकार

काठमाडौँ। हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा स...

तिब्बत भूकम्प : सोलुखुम्बुमा दर्जन घरमा क्षति

सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुमा सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको भवनसहित आधा दर्जन घरमा क्षति पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ ...

थाइल्यान्डका ६ खेलाडी एनकेएल खेल्न काठमाडौँमा

काठमाडौँ। नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्यान्डबाट ६ खेलाडी मङ्गलबार काठमाडौँ आइपुगेका छन् । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित लिग खेल्न ...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, पाँच अर्बको कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मङ्गलबार नेप्से छ दशमलव १६ अङ्कले बढेर दुई हजार छ सय ४६ दशमलव ८४ बि...

कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह

काठमाडौं। उपप्रधान एवम् शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएको छन। मङ्गलबार काठमाडौंमा नेपाल व्यवसायि...

‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’

काठमाडौं। पटक पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न नमिल्ने भूकम्पविद्हरुले बताएका छन् । भूकम्पको भविष्यवाणी गर्न नमिल्ने उनीहरुको भनाइ छ । ...

तिब्बत भूकम्प : उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

बेइजिङ। चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा मङ्गलबार बिहान आएको ६।८ म्याग्निच्युडको भूकम्पपछि राष्ट्रपति सि जिनपिङले सबै प्रकारका उद्धारको प्...

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

सोलुखुम्बु। भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्य...

तिब्बत भूकम्प अपडेटः ९५ जनाको मृत्यु, १३० घाइते

काठमाडौं। तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy