Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मुग्लिन–पोखरा सडक विस्तारः तेह्रवटा पुल सम्पन्न, एघार निर्माणाधीन

खबरडबली संवाददाता

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् ।

तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको १३ पुल सम्पन्न भएका छन्भने पश्चिम खण्डको जामुनेबाट पोखरा सेतीपुलसम्म १२ पुलमध्ये ११ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।  

पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर र पश्चिम खण्डको ३८ दशमलव ८८ किलोमिटर सडकमा निर्माण भइरहेको आयोजना पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिए। उनका अनुसार पूर्वी सडकअन्तर्गत दमौली, डुम्रे र आँबुखैरेनी क्षेत्रमा तीनवटा ठूला पुल निर्माण भइरहेको छ । यस खण्डमा हालसम्म ५७ प्रतिशत कार्यप्रगति भएको छ । उक्त खण्डमा हालसम्म १८ किमी चार लेन र नौ किमी दुई लेन सडक कालोपत्र भइसकेको छ ।

त्यसैगरी पश्चिम खण्डमा करिब दुई हजार दुई सय विद्युत् पोल हटाउनुपर्नेमध्ये करिब ५० प्रतिशत हटाइएको छ । यो खण्डमा ११ किमी सडक कालोपत्र गरिसकिएको छ । यस खण्डमा हालसम्म करिब २३ प्रतिशत कार्यप्रगति भइसकेको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए । राजमार्गका दायाँ बायाँका विद्युत् पोल हटाउने कार्यलाई तीव्रता दिइएको छ, तनहुँको खैरेनीटारबाट कोत्रेवारिसम्म र कास्कीको कोत्रेपारिदेखि तल्लो गगनगौडासम्म पोल हटाउन बाँकी छ”, इन्जिनियर पौडेल जानकारी दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending