Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

२८ अर्बको बजेट ल्याउदै कोशी प्रदेश

खबरडबली संवाददाता

काठमाडौं  । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को पूर्व–बजेट तयारी तीव्र पारेको छ । पूर्व बजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको हो । 

कोशी प्रदेश सभाको अर्थ समितिले प्रदेश सभा सचिवालयमा मङ्गलवार प्रदेश सरकारका प्रमुख सचिव तथा अन्य मन्त्रालय र आयोगका सचिवहरूसँग पूर्व–बजेटको तयारीबारे छलफल गरेको हो । कोशीमा चालु आर्थिक वर्षको लागि तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८० जेठ ३२ गते अध्यादेशमार्फत ३६ अर्ब २४ करोडको बजेट सार्वजनिक गर्नुभएको थियो । उक्त बजेट अध्यादेश संसद्मा टेबल भएर पनि पारित हुन नसकेपछि २०८० भदौको दोस्रो हप्तादेखि बजेट होलिडे सुरु भएको थियो ।

१२ दिनसम्मको बजेट होलिडेपछि पुनः भदौ २३ गते दोस्रो पटक संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बन्नुभएका कार्कीले अर्को अध्यादेशबाट बजेट ल्याएका थिए । सो बजेटलाई प्रतिस्थापन गर्दै केदार कार्की नेतृत्वको सरकारले प्रदेश सभामा पेस गरेको प्रतिस्थापन विधेयक, २०८० मङ्सिर १३ गते पारित भएको थियो । 

कोशी प्रदेशको राजनीतिक चलखेलका कारण यस वर्ष उही अवस्था हुँदैन भन्न नसकिने स्थिति छ । अब आगामी आर्थिक वर्षका लागि २८ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०र०८१ का लागि पहिलो चौमासिक सकिएपछि कोशी प्रदेश सरकारले ३६ अर्ब ७४ करोड बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको तुलनामा केही सानो हुने प्रदेश सरकारका सचिवहरूको धारणा छ । आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा आएको गिरावटका कारण आगामी आर्थिक वर्षको बजेटको आकार घटाउने तयारी भइरहेको छ । 

बजेट निमार्णका लागि मन्त्रालयहरूलाई पनि सोहीअनुसारको सिलिङ उपलब्ध गराइएको छ । प्रदेशको राजश्व सङ्कलन बढाउन भने आगामी आर्थिक वर्षदेखि नीतिगत व्यवस्था बमोजिम आवश्यक कामकारबाही अघि बढाउने गृहकार्य भइरहेको सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बताए ।

आगामी आर्थिक वर्षका लागि भने पूर्वाधार विकासका क्षेत्रमा प्रदेशको प्रगति देखिने गरी बजेट निमार्ण भइरहेको बताइएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वी पहाडमा ‘मत परिवर्तन’को नयाँ अध्याय : कांग्रेस–एमालेलाई उछिन्दै श्रम संस्कृति दोस्रो शक्ति

  काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...

जन्मददेव जैैशी जसले चुनावमा २४,२७५ खर्च गरे, ३० मत पाए

काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन्  । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...

नेतृत्वले हारको जिम्मेवारी लिनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...

आवश्यक परे पानीजहाज भाडामा लिएर पनि नेपाली उद्धार गर्छौं : परराष्ट्र सचिव

काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...

एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...

भोजपुरका किसानलाई हिउँदे आलु थन्काउन भ्याइनभ्याइ

भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...

सिरहामा प्रेसर कुकर बम विस्फोट भएको पुष्टि

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...

तेल मूल्य उकालो लागेपछि जी–७ सजग : आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्ने संकेत

काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...

भक्तपुरमा ह्युम पाइपमा लुकाएको अवस्थामा ४१ राउण्ड गोली फेला

भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...

विश्व ऊर्जा संकटको संकेत : नेपालमा पनि इन्धन मितव्ययी प्रयोग गर्न आयल निगमको आग्रह

काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE