Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

खबरडबली संवाददाता

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुँडिन्छ ।

वर्षभरि खाने अन्न र तरकारीबाली जंगली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका(१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान बेलुकाको छाक टार्ने र जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छिन् ।

‘वर्षभरी खोने अन्न र तरकारी खेती बँदेल र नील गाईले सखाप गरे । दुम्सी र बाँदरले पनि हैरान पारिरहेका छन् । हुर्किदै गरेका बालीनालीका कलिला मुन्टा नै खाइदिएपछि अब कसरी उब्जनी हुन्छ । यहाँ त बालिनाली जोगाउनै मुस्किल भयो हजुर’, गङ्गादेवीले भनिन् । उनका अनुसार वन्यजन्तुले पाक्न थालेको गहुँ, जौ, तरकारीलगायत अन्य फलफूलका बिरुवामा समेत क्षति पुर्‍याएको छ ।

सोही स्थानका सुकदेव चौधरीलाई पनि आफ्नो व्यावसायिक फलफूल बगैचामा बिरुवा हुर्काउन र फल जोगाउन मुस्किल छ । पछिल्लो समय वन्यजन्तु खेतबारीमा पसेपछि निकै हैरानी खेप्नुपरेको उनको भनाइ छ ।

‘लिच्ची र आँपको मात्र करिब दुई सय विरूवा लगाएको छु । त्यसैगरि अन्य फलफूलको बिरुवा हुर्किंदै छन् तर जङ्गली जनावरबाट जोगाउनै मुस्किल भयो,’ चौधरीले भनिन्, ‘सामान्य विद्युतीय झड्का दिने तारबारले घेर्दा पनि समस्या सुल्झिन सकेको छैन । अब त स्थानीय सरकारले केही उपाय निकालेर हाम्रा बालिनाली जोगाइ दिनुपर्‍यो ।’

पछिल्लो समय सिरहाका दर्जनौँ सामुदायिक वनमा आगलागी हुँदा वन्यजन्तु आहारा र बासस्थानको खोजीको लागि बस्ती छिरेका छन् । त्यसैले स्थानीयलाई बालिनाली जोगाउन हम्मेहम्मे परेको वडाध्यक्ष गडुलबहादुर गर्जामगरले जानकारी दिए ।

उनका अनुसार चैत नलाग्दै सुरू भएको डढेलो अहिले पनि आक्कलझुक्कल लागिरहेकै छ । स्थानीयबासीले आगोबाट बस्ती जोगाए पनि वन जोगाउन सकेका छैनन् । त्यसैले अहिले नजिकैको वन उजाड भएका छन् ।

‘आगोबाट बस्ती जोगाइयो तर अन्नबाली जोगाउन सकिएन । आगलागीपछि ज्यान जोगाउन खेतखलियान प्रवेश गरेका वन्यजन्तु र किसानका लागि भने हैरानीका कारण बनेका छन्’, वडाध्यक्ष गर्जामगरले भने, ‘डढेलो लागेपछि वनक्षेत्रमा खानेकुराको अभाव हुनु, बासस्थान नासिनु र सिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य वन्यजन्तु आहाराको खोजीमा बस्ती पसेका हुन् ।’

उनका अनुसार अन्य समयमा पनि जङ्गली जनावर बस्ती छिरे पनि जङ्गलमा डढेलोपछि भने अहिले बाक्लै मात्रामा गाउँतिर पस्ने गरेको छन् । जङ्गल डढेलोले उजाड भएपछि कतिपय जङ्गली वन्यजन्तु गाउँघरका झाँडीतिर लुकेर बसेको अवस्थामा भेटिएको कोइरालो खोला नमुना सामुदायिक वनका अध्यक्ष रुद्रनारायण चौधरीले बताए ।

निरन्तर लागेको डढेलोले वन्यजन्तुले जङ्गलमा आफूलाई असुरक्षित ठानी गाउँ पस्ने गरेको हुनसक्ने अध्यक्ष चौधरीको भनाइ छ ।

‘मानवले वन्यजन्तुको घरमा असर पुर्‍याएपछि जङ्गली जनावर बस्तीतीर पस्नु स्वभाविकै हो । हामै्र सामुदायिक वनमा अहिलेसम्म तीनपटक डढेलो लागिसक्यो जसलाई नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो । अनि वन्यजन्तुले ज्यान जोगाउन त परिहाल्यो नि १’

वनबाट बस्ती छिरेका वन्यजन्तुबाट बालिनाली जोगाउन र सिकारीबाट वन्यजन्तु जोगाउन निकै सकस भइरहेको बताउने चौधरीले अब स्थानीय तहले यस्ता क्रियाकलापमा सङ्लग्नहरूको पहिचान गरी कारवाहीको दायरामा ल्याउनुपर्नेमा आवश्यकता औल्याए ।

यता, जिल्ला वन कार्यालय सिरहा, लहानले भने विगत दुई महिनादेखि जङ्गलमा डढेलो नियन्त्रण गर्न समस्या भइरहेका बेला मङ्गलबार रातिदेखिको सामान्य मनसुनी वर्षाले केही राहत भएको बताएको छ ।

हालसम्म लहान नगरपालिकाको उत्तर चुरेतर्फ ४५ सामुदायिक वनमध्ये १२ वटा सामुदायिक वनको कूल ७० हेक्टर वनमा डढेलोले क्षति पुर्‍याएको कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

डढेलोका कारण बस्ती पसेर स्थानीयको बालीनालीमा क्षति पुर्याएका वन्यजन्तु र यही मौका छोपी वन जङ्गलमा चोरी सिकारी गर्नेमाथि वन कार्यालयले कडा निगरानी बढाएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले डढेलो नियन्त्रण गर्न नगरले दमकल सेवासहित आवश्यक जनशक्ति अहोरात्र खटेका र वन्यजन्तुबारेको गुनासोमा पनि आवश्यक सतर्कता अपनाइने बताए ।

‘मंगलबार पनि वडा नं १५ स्थित बानो गाउँको सामुदायिक वनमा आगलागी भएको खबर पाउनासाथ जनशक्ति र बारुण यन्त्रसहित म आफैँ घटनास्थल पुगेँ । स्थानीयवासी, सामुदायिक वनका सदस्य र वारुणयन्त्रको मद्दतले आगलागी समयमै नियन्त्रणमा आयो । अहिले भने वर्षाले केही राहत भएको छ’, नगरप्रमुख चौधरीले भने ।

उनी वन्यजन्तुले यहाँका किसानको बाली र तरकारीमा गरेको नोक्सानीको उचित क्षतिपूर्तिका लागि नगरपालिकाले आवश्यक योजना अगाडि सार्ने बताउँछन् ।

‘वनमा डढेलो लाग्दा वन्यजन्तु वस्तीमा पसेर दुःख दिएको र बालिनालीमा क्षति पुर्याएको विषयमा गुनासा आइरहेका छन् । त्यस विषयमा नगरले उचित कदम चल्छ’, चौधरीको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending