Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

खबरडबली संवाददाता

महोत्तरी ।  महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण भुक्तानी पाएका छन् । जिल्लाको गौशाला–१ स्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिजले उखुको भुक्तानी दिएको हो ।

उखुको मूल्य भने समुचित निर्धारण नभएको भन्दै किसानले गुनासो गरेका छन् । “यसपालि उखु मिलबाट सबै रकम पाइयो,”, भङ्गाहा–४ रामनगरका किसान अरुण गिरीले भने, “तर उखुको मूल्य निर्धारणमा भने हामी ठगिएका छौँ ।” आफ्नो उत्पादनले कति मूल्य पाउने निधोबिना नै उखु तौलाएर उद्योगलाई बुझाउन परेको गिरीसहितका किसानको गुनासो छ । 

उखु किसानको प्रतिनिधि संस्था उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहले भने, “यो अवैज्ञानिक छ ।” बर्सेनि चिनीको मूल्य अनुपात र खेती लागतको मूल्याङ्कनलाई मूल्य निर्धारणको आधार बनाइन पर्ने उनले बताए  । 

अध्यक्ष कुशवाहका अनुसार किसानले चिनीको बिक्री मूल्य र खेतीको लागत मूल्याङ्कनका आधारमा कमसेकम रु सात सय प्रतिक्विण्टल पाउनुपर्ने माग गरेका थिए तर सरकार र उद्योगबीचको सहमतिपछि रु छ सय १० कायम भएको  ।  पाँच सय ४० उखुको मूल्यबापत उद्योगले दिने र रु ७० सरकारले अनुदानबापत दिने गरेको छ । किसानले उद्योगबाट पाउनुपर्ने सबै भुक्तानी पाए पनि अनुदानबापतको रकम पाउन बाँकी छ । 

उखुको भुक्तानी सहज भएपछि पछिल्ला दुई वर्षयता जिल्लामा खेती बढ्दै गएको छ । एकदशकअघि १८ हजार बिघामा उखुखेती हुनेगरेको थियो । उत्पादनको भुक्तानी सहजै प्राप्त हुन थालेपछि क्रमशः खेती बढ्दै गएर यसपालि १० हजार बिघा नाघेको अध्यक्ष कुशवाहले बताए ।

एभरेष्ट चिनी उद्योग वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले यसपालि १२ हजार पाँच बिघामा गरिएको उखु उद्योगले खरिद गरेको जानकारी दिए । उद्योगले महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा र रौतहटबाट पनि उखु खरिद गर्दै आएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हु...

अघिल्लो पटककै जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन विष्णु पौडेलले कांग्रेसलाई आग्रह

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थन रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकम...

समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख द...

चलचित्र ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दै समृद्धि अर्याल

काठमाडौं । समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फ...

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली

कैलाली ।  कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा र...

तनहुँ आगलागी अपडेटः क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२स्४५ बजे फलफूल लाइनमा रहेका स...

सिन्धुलीमा खैरो हेरोइनसहित दुई जना युवा पक्राउ

सिन्धुली । खैरो हेरोइनसहित प्रहरीले सिन्धुलीबाट दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन घर भएका २६ वर्षीय विनोद परियार र गो...

दैनिक नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदी पनि हाल सम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा दिनहुँ रेकर्ड बनाइरहेको छ । आइतबार तोलाको १ लाख ४० हजार ९ सय रूपैयाँ कायम भएर रेकर्ड बनाएको छापावाल सुनको मूल्य...

दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान

चितवन । चितवनको भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ ।  महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध बढ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies