Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी

सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष भीम प्रसाद ढुङ्गानाले स्थानीय सरकारलाई दिने समानीकरण अनुदान निकासा नभए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले गरेको साक्षात्कारमा  बोल्दै अध्यक्ष ढुङ्गानाले सम्झौता भइसकेका आयोजनाहरू अहिले अन्तिममा आएर अनुदान कटौती गर्ने निर्णय कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । 

नीलकण्ठ नगरपालिकाका प्रमुख समेत रहेका ढुङ्गानाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनलाई नेपाल नगरपालिका संघ र गाउँपालिका महासङ्घको तर्फबाट पटक पटक रकम निकासाका लागि आग्रह गरेको बताए । 

 प्रधानमन्त्रीले रकम निकासा हुन्छ भनेकाले त्यस कुरामा विश्वास गरेको भन्दै उनले अब जेठ पहिलो हप्ता सम्म पनि रकम निकासा नभए ७५३ वटै पालिकाका जनप्रतिनिधिहरूले सिंहदरबार घेर्ने चेतावनी दिए । 

अध्यक्ष ढुगांनाले स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई समेत आन्दोलनका लागि काठमाडौँमा जानुपर्ने हुन सक्ने भन्दै तयारी अवस्थामा रहन आग्रह गरे । 

यदि रकम निकासा भएन भने जेठको दोस्रो हप्ता काठमाडौँ आउनुपर्ने हुन्छ म सबै स्थानीय सरकार प्रमुखहरूलाई समेत त्यसको तयारी गर्न आग्रह गर्दछु, उनले भने । 

उनले सङ्घीय र प्रदेश सरकारलाई संविधान विपरीत नजान समेत चेतावनी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सङ्खुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२  भेडा मरेका छन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमा...

अझै हुन सकेन कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र

कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन ...

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  स...

प्रधानमन्त्रीले पाए चाैथाेपटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रचण्डले याे पटकसमेत चौथो पटक विश्वासको मत पाएका ...

ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ

काठमाडौं । ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले शपथ लिएका छन् । पदभार ग्रहण गरेपछि, लाइ ताइवानको राष्ट्रपति हुने तेस्रो निवर्तमान उपराष्ट्रपति हु...

अघिल्लो पटककै जसरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन विष्णु पौडेलले कांग्रेसलाई आग्रह

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको समर्थन रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकम...

समग्र व्यवस्थामाथि नै अविश्वास बढाइरहेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन् । कांग्रेसको नाराबाजी जारी रहँदा सभामुख द...

चलचित्र ‘फर्की फर्की’बाट नेपाली फिल्ममा डेब्यू गर्दै समृद्धि अर्याल

काठमाडौं । समृद्धि अर्याल हङकङमा जन्मिइन्, भारतमा पढिन् । भारतमा अभिनयको अध्ययन गरेकी उनी यही जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’बाट नेपाली फ...

आन्तरिक पर्यटकको रोजाइमा गोदावरीको हाटखोली

कैलाली ।  कैलालीको गोदावरी नगरपालिका–४ मा रहेको हाटखोली क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । धनगढी–दीपायल द्रुत मार्गअन्तर्गत चुरे फेदमा र...

तनहुँ आगलागी अपडेटः क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ । गएराति १२स्४५ बजे फलफूल लाइनमा रहेका स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies