कञ्चनपुर । कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सडक कालोपत्र गर्ने कार्य हुन नसकेको हो ।
सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग तीन वर्षअघि रू १३ करोड बढी रकममा ठेक्का सम्झौता भएको थियो ।
सडकखण्डको बन्साहा जङ्गलबाट कलुवापुरसम्मको तीन किलोमिटर सडक निर्माण व्यवसायीको ढिलासुस्तीका कारण र चानदेवबाट कालागौडीसम्मको तीन किमी सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण कालोपत्र हुन सकेको छैन ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्रबहादुर अधिकारीका अनुसार बन्साहा जङ्गलबाट कलुवापुरसम्मको आठ सय मिटरमा कालोपत्रका लागि बेस राख्ने काम गरिएको छ । बाँकीमा सब बेस राख्ने काम गरिएको छ ।
“कार्यालयका तर्फबाट सडक कालोपत्र गर्नका लागि निर्माण व्यवसायीलाई ताकेता गर्ने कार्य हुँदै आएको छ”, उनले भने, “जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन, ढिलासुस्ती गरिँदै आएकाले कार्यप्रति सन्तोष हुनुपर्ने अवस्था छैन ।”
कलुवापुर बजार क्षेत्रमा सडकको क्षेत्राधिकारबारे विवाद हुँदा काम हुन नसकेको उल्लेख गर्दै उनले हाल ह्मपाइप राख्ने काम भइरहेको बताए ।
“सडक क्षेत्रको एकातर्फको ह्मपाइप राख्नका लागि बेस राख्ने काम पूरा भएको छ”, उनले भने, “अर्कोतर्फको बेस राख्नका लागि काम अगाडि बढेको छ ।”
कलुवापुरदेखि उत्तरतर्फ बेलडाँडीसम्मको चार किमी सडकमा ग्राभेल राख्ने काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीलाई ठेक्का सम्झौता भएको रकममध्ये रू चार करोड ५० लाख रकम भुक्तानी भइसकेको छ ।
बन्साहा कलुवापुर बेलडाँडी दोमिल्लासम्मको सडक नौ किमी रहेको छ । यस सडकलाई बंक नायल सडकसँग जोडने पूर्वाधार विकास कार्यालयको योजना रहेको छ ।
सडक कालोपत्रका लागि सन्तोषी–थेगिम जेभीसँग २०७८ साउन २० गते सम्झौता भएको थियो । निर्माण व्यवसायीले काम समयमै पूरा नगर्दा स्थानीय बासिन्दाले असन्तुष्टि पोखेका छन् ।
स्थानीय अतुलबहादुर ऐरले सडक निर्माणमा निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा निर्धारित समयभित्रै काम सडक कालोपत्रको काम हुन नसकेको बताए ।
“निर्माण व्यवसायीले ठेक्काको म्याद थप्दै जाने नगर्दा सडक कालोपत्रको कामले गति लिन सकेको छैन”, उनले भने । सडक कालोपत्र पूरा गर्नुपर्ने माग अघि सार्दै स्थानीय बासिन्दाले पटकपटक आन्दोलन गर्दै आएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८२ - ०९:०२
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूल...
जेष्ठ ३० गते, २०८२ - ०८:५९
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी एकता र अन्य पार्टीका नेताहरुलाई पार्टीमा भित्र्याउने लक्ष्यसाथ जतिपनि पनि केन्द्रीय सदस्य बनाउन सक्नेगरी प्र...
जेष्ठ ३० गते, २०८२ - ०६:५९
नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...
जेष्ठ ३० गते, २०८२ - ०६:५९
नवलपरासी । नवलपरासीका किसान चैतेधानको उचित मूल्य नपाउँदा निराश भएका छन् । मध्यविन्दु नगरपालिका–२ का किसान दानबहादुर आलेले पाँच कट्ठा जमिनमा दश क्विन्...
जेष्ठ ३० गते, २०८२ - ०६:५७
काठमाडाैं । स्पेनको एलिकेन्टेमा अवस्थित भिलेनाको खजानामा अहिलेसम्म गरिएको सबैभन्दा रहस्यमय खोजहरू प्रकाशमा आएको छ। उक्त खजानाबाट फलाम जस्ता दुईवटा ...
जेष्ठ ३० गते, २०८२ - ०६:५५
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार संघीयता सबलीकरण तथा रा...
जेष्ठ ३० गते, २०८२ - ०६:५३
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकला...
जेष्ठ ३० गते, २०८२ - ०६:४८
नेता कार्यकर्ता भेट्न मैले एमालेका कुनै कमिटी र नेताहरूसँग अनुमति लिइरहनुपर्दैनः भण्डारी
जेष्ठ ३० गते, २०८२ - ०६:३६
बागलुङ । बसाइँसराइले उजाडिएको जैमिनी नगरपालिका–८ को छिस्ती फुर्केसल्ला गाउँ । खण्डहर घर र बाझिएका खेतबारीको बीचमा एउटा मेहनती परिवार छ, जसको कृषि कर्म...
जेष्ठ ३० गते, २०८२ - ०६:३१
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पै...
प्रतिकृया लेख्नुहोस्: