Ntc summer Offer
Khabar Dabali १२ माघ २०८१ शनिबार | 25th January, 2025 Sat
Investment bank

गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको छः बालेन्द्र साह

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले  गिरीबन्धु टि–स्टेटजस्तै हदबन्दी छुटको नाममा ५० खर्बको खेलोफड्को भएको बताएका छन् ।  सोमबार हदबन्दी छुट तथा सट्टापट्टाका लागि निवेदन दिने १०१ कम्पनीको नाम सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् । 

सामाजिक सञ्जालमार्फत् कम्पनीहरुको नाम सार्वजनिक गर्दै बालेनले सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको भए पनि उनीहरूको स्वर नघटेको बताएका छन् । 

उनले समाजिक सञ्जालमा भनेका छन् ‘कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ।’ उनले अडाडी भनेका छन् ‘जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेगावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला, स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।’

साहले गिरीबन्धु प्रकरणमा जग्गाको बैना दिएकालाई नडराई उजुरी गर्न पनि आग्रह गरे । उनले भने, ‘यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू विरुद्ध ठगी उजुरी शुरू गरौँ ।’

यस्तो छ बालेनको विवरण–

कामकुरो एकातिर  ‘कुम्लो बोकी ठिमीतिर’ गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भने पछि अरु १०० भन्दा बढी कम्पनीले गिरीबन्धु जसरी नै हदबन्दी छुट र सट्टापट्टा पाउनुपर्ने भन्दै हजारौँ बिगा जमीन बेच्न पाउने निवेदन हालेका थिए । 

यसरी सबै कम्पनीलाई हदबन्दी छुटको नीतिगत निर्णय गर्दा कम्तीमा पनि ५० खर्बसम्मको खेलोफड्को हुने सम्भावना रहेको आँकलन गरिएको छ । 

सर्वोच्च अदालतको एउटा फैसलाले अहिले यसरी निवेदन दिने कम्पनीको खेलमा केही धक्का लागेको छ । तर, बिचौलियाको गिरोह र नीतिगत तहमा बसेर निर्णय गराउनेहरू भने खुलेआम राजनीतिक शक्ति केन्द्रमा रहेका छन् । उनीहरूको स्वर घटेको छैन । कानून नै परिवर्तन गर्न कुरेर बसेका छन् । यदि त्यस्तो भयो भने यसले राज्यको खर्बौं रकम अपचलनको ढोका खोलिदिन्छ । जुन रकम राज्यसँग हुने हो र सदुपयोग गर्ने हो भने १० हजार मेघावाट बिजुली निस्किने आयोजना बन्ला, २२ खर्ब नेपाली को ऋण तिर्न सकिएला , स्वास्थ्य बिमामा झन् धेरै सुविधा दिन सकिएला, हजारौं किलोमीटर रेलको लिक बन्ला । देशले ऋण नै लिन नपर्न सक्ला ।

यो तर्फ दायाँबायाँ नसोची, सरकार भत्केला कि भन्ने नडराई, तेरो यो अपराधसँग मेरो यो अपराध मिलाऊँ भन्ने बार्गेनिङ नगरी तत्काल पहलकदमीको आवश्यकता छ । यसै पनि सर्वोच्चले बाँझो भए वा अरू नै प्रयोजनमा भए सरकारीकरण गर्नु भनिसकेको छ । त्यो गरीहालौं । अनि, घडेरी दिने प्रलोभनमा धेरै मान्छेसँग बैना पनि लिइएको छ । त्यो रकम करोडौं हुन सक्छ । ती मान्छेलाई विश्वासमा लिई घडेरी बेच्न बैना लिनेहरू विरुद्द ठगी उजुरी शुरू गरौँ । 

संसदमा उभिएर गालीगलौज र savage हान्ने कोसिस त बर्षौं देखि चलेकैछ । त्यो तिनलाई नै छोडिदिउँ । काम गर्नका पक्षमा जनता सँधै छन् । 
जग्गा सट्टापट्टा गर्न निवेदन दिने कम्पनीहरू : 
१.     केपी ओली ट्रस्ट 
२ .    रेराङ्ग हाइड्रोपावर डेभलपमेन्ट पाँचथर 
३ .    केशरी चिया बगान पाँचथर 
४.     ओमटी गार्डेन प्रालि इलाम
५.     सिद्धपोखरी टी–स्टेट प्रालि इलाम
६.     इलाम टी–स्टेट इलाम
७.     सान्भी इनर्जी प्रालि सानाजलविद्युत् आयोजना इलाम
८.    माङमालुङ चियाबगान लि. इलाम
९.    किरातेश्वर टी गार्डेन प्रालि त्रिशूल इलाम
१०.    हिम चियाबगान प्रालि इलाम
११.    फिक्कल टी एन्ड कफी कम्पनी प्रालि कन्याम पशुपति, पञ्चकन्या इलाम
१२.    रोनक टी–स्टेट झापा
१३.    गोमादेवी टी–स्टेट झापा
१४.    झापा टी–स्टेट झाप
१५.    राजगढ चिया विकास कम्पनी प्रालि भद्रपुर झापा
१६.    कल्पना टी–स्टेट झापा
१७.    मोहन टी–स्टेट इन्डस्ट्रिज झापा
१८.    बज्रायोगिनी टी–स्टेट प्रालि झापा
१९.    ज्यामिरगढी टी–स्टेट झापा
२०.    राज टी–स्टेट झापा
२१.    पदम टी–टेट झापा
२२.    इलाम चियाबारी प्रालि झापा
२३.    पौडेल बन्धु टी–स्टेट प्रालि झापा
२४.    हिमाल इन्टरनेसनल प्रालि झापा
२५.    नक्कलबन्दा टी–स्टेट झापा
२६.    चकचकी टी–स्टेट झापा
२७.    लक्ष्मी टी–स्टेट झापा
२८.    सौरभ चिया उद्योग प्रालि झापा
२९.    इन्टरनेसनल इन्स्टिच्युट अफ हेल्थ साइन्स एन्ड सर्भिसेज प्रालि झापा
३०.    चन्द्रगढी टी–स्टेट प्रालि झापा
३१.    रोमन टी–स्टेट प्रालि झापा
३२.    हडिया रियल टी–स्टेट प्रालि झापा
३३.    प्रयास चिया उद्योग झापा
३४.    ऋद्धि गणेश टी–स्टेट प्रालि झापा
३५.    न्यू–गिरी एन्ड सन्स झापा
३६.    गुप्ता टी–स्टेट प्रालि भद्रपुर झापा
३७.    कुवाडीदेवी टी–स्टेट प्रालि पागनडुब्बा, झापा
३८.    जीपीको इराला फाउन्डेसन मोरङ
३९.    इस्टर्न स्टार कृषि तथा सहकारी स.लि मोरङ
४०.    जिरी टी डेभलपमेन्ट प्रालि धनकुटा 
४१.    कुवापानी टी प्लान्टेसन प्रालि धनकुटा
४२.    मुँगा टी गार्डेन्स प्रालि धनकुटा
४३.    चुलाचुली टी–स्टेट प्र.लि धनकुटा
४४.    मारुती सिमेन्ट प्रालि सिरहा
४५.    केचना टी–स्टेट प्रालि दोलखा
४६.    सोलु हाइड्रोपावर प्रालि (तल्लो सोलु)  गार्मा र तिङला, सोलु र रसुवा
४७.    अप्परसोलु हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालि सल्लेरी, तिङला, गामा, रसुवार सोलु
४८     ग्रीनभेन्चर्स प्रालि रामेछाप
४९.    हिमालय ऊर्जा विकास क.(अप्पर खिम्ती) चुचुरे रामेछाप
५०.    रिलायन्स सुगुर एन्ड केमिकल्स इ.प्रालि बारा
५१.    गिजरा खाडाखारी मिल प्रालि बाँके
५२.    युनाइटेड सिमेन्ट प्रालि नौबीसे धादिङ
५३.    इको अर्गानिक फार्मस प्रालि काभ्रे
५४.    गेल्डेन फ्रार्मस प्रालि कफी, तरकारी पशुपन्छी काभ्रे
५५.    तिमाल इन्ट्रगे्रटेड फाउन्डेसन काभे्र
५६.    युलेन्स एजुकेसन फाउन्डेसन काभ्रेपलाञ्चोक
५७.    द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट काभे्र
५८.    आदि शक्ति विद्युत विकास कं.प्रालि नुवाकोट
५९.    नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कं. प्रालि (माथिल्लो त्रिशूली) हाकुगाविस रसुवा
६०.    लिबर्टी इनर्जी हाइड्रो पावर लमजुङ
६१.    आराभ नेपाल भोर्डन एग्रिकल्चर क. प्रालि लमजुङ
६२.    हिमालयन पावर पार्टनरसिप लमजुङ
६३.    होङ्गसी शिवम् सिमेन्ट प्रालि नवलपरासी पाल्पा
६४.    सान्जेन जलविद्युत् कं.लि रसुवा
६५.    सगरमाथा सिमेन्ट प्रालि हटिया, मकवानपुर
६६.    घोरही सिमेन्ट उद्योग घोराही दाङ
६७.    सोनापुर सिमेन्ट प्रालि दाङ
६८.    रोल्पा सिमेन्ट प्रालि बुढागाउँ रोल्पा
६९.    रोवष्ट इनर्जी प्रालि (मिष्ठी खोला जलविद्युत आयोजना) म्याग्दी
७०.    रोड सो रियल स्टेट प्रालि कास्की
७१.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
ललितपुर
७२.    नारायणी उष्ट प्रालि ललितपुर
७३.    ओरियन्टल बिल्डर्स एन्ड डेभलपर्स प्रालि ललितपुर
७४.    होमल्यान्ड हाउजिङ प्रा.िललितपुर
७५.    सिभिल होम्स प्रालि ललितपुर काठमाडौं
७६.    सैबु भिलेज रिसोर्ट प्रालि भैंसेपाटी ललितपुर
७७.    पवनपुत्र सेक्युरिटी प्रालि ललितपुर 
७८.    उपहार हाउजिङ क.लि. बलम्बु काठमाडौं
७९.    सिभिल इन्फ्रास्ट्रकचर काठमाडौं
८०.    सिनर्जी प्रोपर्टिज डेभलप्र्स प्रालि दहचोक काठमाडौं
८१.    एसबी कम्पनी प्रालि सीतापाइला, चितवन
८२.    सांग्रिला हाउजिङ प्रालि काठमाडौं
८३.    सि.ई कन्स्ट्रक्सन प्रालि काठमाडौं
८४.    बागमती प्रपर्टी डिलर्स प्रालि. काठमाडौं भक्तपुर
८५.    युरो इन्भेस्टमेन्ट् प्रालि काठमाडौं
८६.    आयुषा डेभलपर्स प्रालि काठमाडौं
८७.    कोहिनुर हिलहाउजिङ प्रालि काठमाडौं
८८.    हेभेन्स भिलेज प्रालि काठमाडौं
८९.    बृहत् इनभेन्टमेन्ट प्रालि काठमाडौं
९०.    होमल्यान्ड हाउजिङ प्रालि काठमाडौं 
९१.    पदमा मर्चेन्ट कं. प्रालि सीतापाइला, काठमाडौं
९२.    टावर हाउजिङ प्रालि काठमाडौं चितवन
९३.    टचउड हाउजिङ प्रालि काठमाडौं
९४.    सुभारम्भा  हाउजिङ एन्ड डेभलपर्स प्रालि
९५.    सीडी डेभलपर्स प्रालि काठमाडौं
९६.    सिद्धार्थ हाउजिङ प्रालि काठमाडौं
९७.    तनहुँ हाइड्रोपावर लि. तनहुँ
९८.    लिवर्टी इनर्जी क.लि. लमजुङ
९९.    काबेली इनर्जी पाँचथर
१००.    हिमालय महालक्ष्मी गार्डेन प्रालि झापा
१०१.    गिरिबन्धु टी
–स्टेट प्रालि झापा

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रेम विवाह गर्न भागेका लोकेन्द्र र सपना मृत भेटिए

रुकुम पश्चिम । रुकुम पश्चिममा विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र ...

प्रचण्ड र माधवले सरकारलाई दलाल भनेकोप्रति वामदेवकोे आपत्ति

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष...

आगलागीमा परेर एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।  धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङ बस्ने ५२ वर्षीय श्याम प्रसाद दाहालको दाहाल फर्न...

अखिल (क्रान्तिकारी)को मतगणना आजै हुने

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। बिहान ९ बजेदेखि सुरू भएको ...

रौतहट प्रहरी द्वारा एकैदिनमा १७ जना प्रतिवादी पक्राउ

रौतहट  । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले एकैदिनमा १७ जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्ला अदालत बाट दोषी ठहर भएर दण्ड सजाय...

सहकारी ठगीमा संलग्न सबैलाई कारबाही हुने सञ्चारमन्त्रीको दाबी

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङ सहकारी ठगीमा संलग्न भएका र आयोगले अभियोजन गरेका सबै जनालाई कारबाही हुन...

अखिल (क्रान्तिकारी) मा प्रचण्डको आश्वासन पाएकाहरु ‘हेडक्वार्टर’ को साथ रहेकोमा ढुक्क

अध्यक्ष र महासचिवका एक–एकजनाको उमेदवारी फिर्ता

देशका विभिन्न स्थानमा चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-६ बसुन्धारा पार्क भित्र सोही महानगरपालिका-१५ ठुली मजुवा घर ...

पर्वत केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो। ३.८ म्याग्निच्युडको भूकम्प...

भरतमा भएको रेल दुर्घटनमा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy