काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताएको छन्।
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताए ।
उनले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौँको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकारे।
उनले १९औँ एसियाली खेलकुद प्रगियोगिताका लागि दुई सय ५३ खेलाडीहरुको स्वदेश र विदेशमा प्रशिक्षण सम्पन्न भएको जानकारी दिए । उनले खेलसम्बन्धी कानुन र राष्ट्रिय युवा नीति संशोधनका लागि गृहकार्य भइरहेको बताए।
बैठकमा सांसदहरुले खेल पूर्वाधारहरु एकै पटक धेरैतिर निर्माण गर्न सम्भव नभए छनोटका आधारमा उपयोगी र कम खर्चका संरचना बनाउन, खेल प्रतिभाको खोजी र संरक्षण गर्न, विदेशमा हुने प्रतियोगीतामा खेलाडीभन्दा अन्य व्यक्तिको भीड नपठाउन, खेल क्षेत्रलाई अनुशासित र भ्रष्टाचाररहित तुल्याउन आग्रह गरेको थिए ।
त्यस अवसरमा राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले दशरथ रंगशालाको मूल ढोका निर्माण गर्न लागिएको, कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा ‘फ्लड लाइट’ जडानको प्रक्रिया सुरु भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ७ गते, २०८१ - १४:५०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिदा सत्ता पक्षका तीन सांसद अनुपस्थित देखिएका छन् । मतदान प्रक्रियामा १५८ सांसदले भा...
जेष्ठ ७ गते, २०८१ - १४:३५
बारा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु दुई करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका प...
जेष्ठ ७ गते, २०८१ - १४:२३
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभालाई राजनीतिक समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्ने बताएको छन् । सभाको आज...
जेष्ठ ७ गते, २०८१ - १४:११
काठमाडौँ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै...
जेष्ठ ७ गते, २०८१ - १३:५०
काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन् । क...
जेष्ठ ७ गते, २०८१ - १३:४२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नाराबाजीका बीच विश्वासको मत ...
जेष्ठ ७ गते, २०८१ - १३:३६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज संसदमा सभामुख नदेखेको टिप्पणी गरेका छन् । सामाजिक संजालमा टिप्पणी गर्दै महामन्त्री श...
जेष्ठ ७ गते, २०८१ - १३:३०
काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलले मतदान बहिष्कार गरेको छ। प्रधानमन्त्रीले ...
जेष्ठ ७ गते, २०८१ - १३:१४
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध ...
जेष्ठ ७ गते, २०८१ - १३:१०
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले गिरिबन्धुलाई जग्गा सट्टाभर्ना गर्दै बेच्न दिने भनेपछि अरु १०० भन्दा बढि कम्पनीले गिरिबन्धु जसरी नै ह...
प्रतिकृया लेख्नुहोस्: