Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

सिप मेलामा सहकार्य गर्न डच फाउन्डेसन सोसियल डिपलपमेन्टसँग छलफल

खबरडबली संवाददाता

काठमाडौं । टुँडिखेलमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सिप मेला’ कार्यक्रम र सामुदायिक विद्यालयहरुमा सञ्चालन गरिएको ‘शिक्षामा सिप’ कार्यक्रमबाट आफूहरु प्रभावित भएको डच फाउन्डेसन सोसियल डिभलपमेन्टका प्रतिनिधिहरुले बताएका छन् ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटवार्ता गर्दै यस कार्यमा आफू पनि साझेदार हुन इच्छुक रहेको बताएका हुन् । भेटवार्तामा उपप्रमुख डंगोलले, सिपमूलक तालिमका धेरै आयाम भएको बताउँदै यसलाई पूर्ण बनाउन अनेक चरण र तहमा काम गर्नुपर्ने, यी तह र चरणमा साझेदारहरुसँग सहकार्य हुन सक्ने धारणा राखेकी थिइन् । 

‘राम्रो काम गर्ने दायित्व सबैको हो । धेरै राम्रा काम मिलाएर उत्कृष्ट नतिजा निकाल्न सकिन्छ ।’ उनले भनिन्, ‘अहिले तालिममा जसले भाग लिनुभएको छ । उहाँहरुलाई रोजगार, स्वरोजगार वा अन द जब ट्रेनिङ्मा जोड्ने लक्ष्यसहित काम भइरहेको छ । अहिले प्राप्त गरेको तालिमको स्तरलाई बढाउने काम पनि छ । हामी यस्ता क्षेत्रमा सहकार्य अगाडि बढाउन सक्छौँ ।’

भेटका क्रममा प्रतिनिधिमण्डलले, सिप मेलामा सहभागिता, तालिम व्यवस्थापन, विषय छनोट, यसको श्रम बजारमा सम्बन्ध उत्कृष्ट रहेको प्रतिक्रिया दिए । उनीहरुले विद्यालयहरुमा शिक्षासँगै सिप सिकाउँदै जानु उत्कृष्ट कामको थालनी भएको र यस क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताएका थिए । 

सिप मेलामा सहभागीको आकर्षणका विषयमा कुरा गर्दै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘१४ हजारभन्दा बढी आवेदकले तालिममा सहभागी हुने इच्छा राख्नुभएको छ । हामी सिप मेलाका अतिरिक्त नियमित तालिमका कार्यक्रममार्फत आवेदकको अपेक्षा पूरा गर्न खोजिरहेका छौँ ।’

छलफलका क्रममा श्रम बजारको आवश्यकताअनुसारका तालिम सञ्चालन गर्नु पर्ने, तालिम दिएपछि रोजगार वा स्वरोजगार हुन पनि सहयोग गर्नु पर्ने विषयमा छलफल भएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending