काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी आजै कोशीको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री कार्कीसँगै नेकपा एमालेका राम बहादुर रानामगर र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेका ३९ र माओवादीका १३ गरी ५२ जना सांसदको समर्थन रहेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । यता निवर्तमान मुख्यमन्त्री कार्की भने नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
नयाँ सरकार गठनको आह्वान खारेज गरेर मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन परमादेश माग गरेर कार्की आज सर्वोच्च पुगेका हुन् । उनले दायर गरेको रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाई हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८१ - २०:४९
ढाका । बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचार...
पौष ८ गते, २०८१ - २०:२४
झापा । झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपियाँ प्राप्त गरेको छ । ...
पौष ८ गते, २०८१ - २०:१२
पाेखरा । कास्कीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सङ्घर्षशील बचत तथा ऋण सहकारी सञ्चालक समिति अध्यक्ष र सचिवलाई पक्राउ गरेको छ । पोखर...
पौष ८ गते, २०८१ - २०:०३
काठमाडाैं । तेस्राे वरीयतासहित नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) मा भित्रिन लागेका छन् । एकीकृत समाजवादीमा ...
पौष ८ गते, २०८१ - १९:४९
डडेलधुरा । डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो । नवदुर्गा गाउँपा...
पौष ८ गते, २०८१ - १९:३३
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्ने बताएका छन् । ...
पौष ८ गते, २०८१ - १९:२५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको फाेटाे सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल...
पौष ८ गते, २०८१ - १९:१९
काठमाडौं । हनिट्रयापकाे आराेप लागेर नेपाल प्रहरीकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग पाँच लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार प...
पौष ८ गते, २०८१ - १८:४६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछ...
पौष ८ गते, २०८१ - १८:३६
बुटवल । मदिरा सेवन गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले बुटवल–११ बस्ने ३१ वर्षीय सागर विकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प...
प्रतिकृया लेख्नुहोस्: