Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार

खबरडबली संवाददाता

काठमाडौं । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण विपद्का घटना बृद्धि भएको  जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । 

आज काठमाडौंमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उनिहरुले विपद्जन्य घटना न्यूनीकरण र प्रतिकार्यमा लगानी बढाउन सुझाव दिएका हुन् । 

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटना विश्वव्यापी रुपमा नै बढिरहेको भन्दै यस क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । 

जल तथा मौसमजन्य घटनाहरु प्रमुख विपद्को रुपमा रहेको भन्दै प्रतिकार्यका लागि पूर्व सूचना प्रणाली बलियो हुनुपर्नेसमेत उनको सुझाव रहेको छ । “हामीले बहुप्रकोपिय प्रकोपका पूर्व सूचना प्रणाललिाई पनि व्यवस्थित बनाउने योजना अगाडि सारेका छाैँ, बहुप्रकोपिय प्रणाली ढाँचा तयार गर्दा, अवलोकनका क्रियाकलापलाई पनि  साथै लानुपर्छ,” उनले भने, “विगत छ महिना अघि पनि एनसिएलसँग १३ ओटा विपद्का घटनाको बारेमा एसएमएस प्रवाह गर्ने गरी नवीकरण भएको छ, आगामी असारमा नेपाल टेलिकमसँगको नवीकरणीय गर्ने क्रममा १३ ओटा बहुप्रकापिय विपद्को सूचना दिने गरी एसएमएस प्रवाहका सम्झौता हुने छ ।”

पूर्व सूचना प्रणाली जडानका लागि विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट  लगानी भइरहेको उनले जानकारी दिए । नेपालमा तीन ओटा मौसमी प्रणाली जडान भए पनि एक मात्र मौसमी प्रणाली सञ्चालनमा आउन नसकेको उनको भनाइ छ । 

“हामीले बाढीलगायतका विपद्जन्य घटनाको विषयमा पूर्व सूचना दिने प्रयासहरु त गर्‍याँै, यसले कतिको धनजनको क्षतिबाट त जोगाएको छ,” उनले भने,“तर हामीले अहिलेसम्म जे जति प्रयास गरेका छौँ, ती प्रयास प्रर्याप्त हुन सकिरहेको छैन ।”

विपद् पूर्वानुमान प्रणलीहरु सबै सञ्चालनमा नहुँदा प्रभावकारी र भरपर्दो रुपमा पूर्व सूचना प्रवाह हुन नसकेको समेत उनको भनाइ छ । “भएका प्रणालीले पनि सूचना जे–जति दिन सक्ने हो त्यति दिनसक्ने अवस्थामा पुग्न सकेको छैन,” महानिर्देशक कर्माचार्यले भने, “तसर्थ अव भने भएका प्रणालीलाई नियमित सञ्चालन गर्ने र बढीभन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्य रहेको छ, यसका लागि विभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।” 

हाल सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीबाट राम्रो प्रतिफल हासिल गर्न सफल हुने गरी काम अगाडि बढाइने नीति रहेको उनको भनाइ छ । “सङ्गठन संरचना परिमार्जन गर्ने र दरबन्दी थप गर्ने योजना छ,” उनले भने, “जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको  र जल तथा मौसमसम्बन्धी पूर्व सूचनालाई बढी उपयोगी बनाउने हिसाबले काम भइरहेको छ ।” 

राष्ट्रिय विपद् परिषद्का सदस्य डा गङ्गाधर तुलाधारले विसं २०७२ मा गएको गोर्खा भूकम्पले विपद् पूर्व तयारी र प्रतिकार्य गर्नुपर्नेमा राम्रो शिक्षा दिएको बताए । “विपद्पछिको राहत भन्दा पनि विपद् पूर्वको पूर्व तयारकिा कामलाईृ प्रथामिकता दिएर अगाडि बढ्नुपर्छ,” उनले भने, “सम्मेलनले विपद् प्रतिकार्य कार्ययोजना खाका बनाउने कुरामा सहयोग पुग्ने छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending