काठमाडौं । सरोकारवालाहरुले जलवायु परिवर्तनका कारण विपद्का घटना बृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गरेका छन् ।
आज काठमाडौंमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित आयोजित दुई दिने राष्ट्रिय संवादको उद्घाटन सत्रमा बोल्दै उनिहरुले विपद्जन्य घटना न्यूनीकरण र प्रतिकार्यमा लगानी बढाउन सुझाव दिएका हुन् ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले पछिल्लो समय जलवायु परिवर्तनका कारण विपद्का घटना विश्वव्यापी रुपमा नै बढिरहेको भन्दै यस क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
जल तथा मौसमजन्य घटनाहरु प्रमुख विपद्को रुपमा रहेको भन्दै प्रतिकार्यका लागि पूर्व सूचना प्रणाली बलियो हुनुपर्नेसमेत उनको सुझाव रहेको छ । “हामीले बहुप्रकोपिय प्रकोपका पूर्व सूचना प्रणाललिाई पनि व्यवस्थित बनाउने योजना अगाडि सारेका छाैँ, बहुप्रकोपिय प्रणाली ढाँचा तयार गर्दा, अवलोकनका क्रियाकलापलाई पनि साथै लानुपर्छ,” उनले भने, “विगत छ महिना अघि पनि एनसिएलसँग १३ ओटा विपद्का घटनाको बारेमा एसएमएस प्रवाह गर्ने गरी नवीकरण भएको छ, आगामी असारमा नेपाल टेलिकमसँगको नवीकरणीय गर्ने क्रममा १३ ओटा बहुप्रकापिय विपद्को सूचना दिने गरी एसएमएस प्रवाहका सम्झौता हुने छ ।”
पूर्व सूचना प्रणाली जडानका लागि विगतदेखि नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट लगानी भइरहेको उनले जानकारी दिए । नेपालमा तीन ओटा मौसमी प्रणाली जडान भए पनि एक मात्र मौसमी प्रणाली सञ्चालनमा आउन नसकेको उनको भनाइ छ ।
“हामीले बाढीलगायतका विपद्जन्य घटनाको विषयमा पूर्व सूचना दिने प्रयासहरु त गर्याँै, यसले कतिको धनजनको क्षतिबाट त जोगाएको छ,” उनले भने,“तर हामीले अहिलेसम्म जे जति प्रयास गरेका छौँ, ती प्रयास प्रर्याप्त हुन सकिरहेको छैन ।”
विपद् पूर्वानुमान प्रणलीहरु सबै सञ्चालनमा नहुँदा प्रभावकारी र भरपर्दो रुपमा पूर्व सूचना प्रवाह हुन नसकेको समेत उनको भनाइ छ । “भएका प्रणालीले पनि सूचना जे–जति दिन सक्ने हो त्यति दिनसक्ने अवस्थामा पुग्न सकेको छैन,” महानिर्देशक कर्माचार्यले भने, “तसर्थ अव भने भएका प्रणालीलाई नियमित सञ्चालन गर्ने र बढीभन्दा बढी सूचना प्रवाह गर्ने लक्ष्य रहेको छ, यसका लागि विभिन्न विकास साझेदार निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौँ ।”
हाल सञ्चालनमा रहेको पूर्व सूचना प्रणालीबाट राम्रो प्रतिफल हासिल गर्न सफल हुने गरी काम अगाडि बढाइने नीति रहेको उनको भनाइ छ । “सङ्गठन संरचना परिमार्जन गर्ने र दरबन्दी थप गर्ने योजना छ,” उनले भने, “जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम चरणमा पुगेको र जल तथा मौसमसम्बन्धी पूर्व सूचनालाई बढी उपयोगी बनाउने हिसाबले काम भइरहेको छ ।”
राष्ट्रिय विपद् परिषद्का सदस्य डा गङ्गाधर तुलाधारले विसं २०७२ मा गएको गोर्खा भूकम्पले विपद् पूर्व तयारी र प्रतिकार्य गर्नुपर्नेमा राम्रो शिक्षा दिएको बताए । “विपद्पछिको राहत भन्दा पनि विपद् पूर्वको पूर्व तयारकिा कामलाईृ प्रथामिकता दिएर अगाडि बढ्नुपर्छ,” उनले भने, “सम्मेलनले विपद् प्रतिकार्य कार्ययोजना खाका बनाउने कुरामा सहयोग पुग्ने छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: