मोरङ । लामो समय वैदेशिक रोजगारीको कमाइले मोरङका युवा स्वदेशमा उद्यमी बनेका छन् । करिब सात वर्षअघि मोरङको बेलबारी–९ डाँगीहाटमा एक करोड लगानीबाट सुरु भएको कृषि फार्मले हाल वार्षिक सबै खर्च कटाएर ५० लाख आम्दानी गरिरहेको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका युवा व्यवसायी होमनाथ बास्कोटा, राजु डाँगी, जितेन्द्र दाहाल र स्वदेशमै रोजगारी गरिरहेका नगेन्द्र अधिकारी, विष्णु बस्नेत र गोविन्द अधिकारीले २०७४ सालमा लेयर्स जातको कुखुरा पालनबाट सुरु भएको फार्ममा हाल उन्नत जातका बाख्रा र मेवा खेती पनि रहेका छन् ।
करिब डेढ दशकसम्म विदेशमा बिताएर फर्किएपछि उहाँहरुले मिलेर अण्डा दिने कुखुरापालन गर्न थालेका हुन् । डेढ बिघा जमिन क्षेत्रफलमा रहेको उक्त फार्ममा रहेका १७ हजार लेयर्स कुखुरा फार्मबाट दैनिक १३ हजार अण्डा उत्पादन भइरहेको सञ्चालक होमनाथ बताउँछन् । “अहिले अण्डाको आम्दानीले विदेशलाई नै भुलाएको छ”, बास्कोटाले भने, “प्रतिगोटा रु १२ का दरले बेचिरहेको अण्डाबाट दैनिक रु एक लाख ५६ हजारको बिक्री हुने गरेको छ ।”
उनका अनुसार उत्पादित अण्डा ७० प्रतिशत स्थानीय बजारमा खपत हुन्छ भने ३० प्रतिशत बाहिरको बजारमा खपत हुँदै आएको छ । स्थानीय धरान, विराटनगर, इटहरी, दमकलगायत पूर्वका सहरमा अण्डा जाने गरेको उनले बताए । आफूले यो बीचमा कुखुरासम्बन्धी प्राविधिक ज्ञानसमेत लिएको बताउँदै उनले भने, “कुखुरा बाख्रालगायतमा कुनै रोग लागे पशु डाक्टरको ठूलो अभाव रहेको छ ।”
मिर्मिरे एग्रो प्रालि नाम रहेको उक्त कृषि फार्ममा कुखुराका साथै बाख्रापालन पनि रहेको छ । खरी, बोयर, पिटर र जामुनापारी जातका ८० को सङ्ख्यामा बाख्रा रहेका छन् । बाख्राको माग उच्च रहेको जनाउँदै सञ्चालक होमनाथले व्यावसायिक बाख्रापालनमा राम्रो आम्दानी रहेको दाबी गर्नुभयो । उक्त फार्ममा कुखुरा र बाख्रासँगै मेवाखेती पनि रहेको छ । चार कट्ठा जमिनमा तीन सय ५० बोट मेवा रहेका छन् । एउटा बोटमा एक याममा ६० किलोदेखि सय किलोसम्म फल्ने गरेको फार्म सञ्चालक होमनाथले बताए । होलसेल मूल्यमै हाल रु ९० प्रतिकिलोका दरले विराटनगरमा बिक्री भइरहेको उनले बताए ।
खुला सिमानाका कारणले उत्पादित अण्डाको मूल्यमा एकरुपता आउन नसकेको जनाउँदै कुखुराले खाने चारोको मूल्य वृद्धिको अनुपातमा अण्डाको मूल्य बढ्न नसकेको फार्म सञ्चालक होमनाथको भनाइ छ । स्थानीय पालिकाले कृषि तथा पशुको पकेट क्षेत्र तोक्न आवश्यक रहेको फार्म सञ्चालक उनले बताएन्छ । पकेट क्षेत्र तोक्दा कृषि पशुपालन क्षेत्र व्यवस्थित हुनुका साथै कृषक लाभान्वित हुने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - २०:२५
काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा पूर्वी पहाड सधैं परिवर्तनको पक्षमा उभिएको क्षेत्रका रूपमा चिनिन्छ । २००७ सालको राणा विरोधी आन्दोलनदेखि २०४६ ...
फाल्गुन २७ गते, २०८२ - २०:१९
काठमाडौं । फागुन २१ को निर्वाचनका उम्मेदवारहरुले धमाधम चुनाव खर्चको विवरण निर्वाचन आयोगमा बुझाइरहेका छन् । आयोगले तोकेको अनुसार कतिपय उम्मेदवारहरुले ...
फाल्गुन २७ गते, २०८२ - २०:१३
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल का नेता पूर्ण बस्नेत ले पार्टी नेतृत्वले निर्वाचन हारको जिम्मेवारी लिनुपर्ने बताएका छन् । बस्नेतले कुनै पनि प्रत...
फाल्गुन २७ गते, २०८२ - २०:०८
काठमाडौं । परराष्ट्र मन्त्रालय का सचिव अमृतबहादुर राई ले मध्यपूर्वी देशमा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकार पूर्ण रूपमा सक्षम रहेको बताएका छन् ।...
फाल्गुन २७ गते, २०८२ - २०:०४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ । बुधबार दर्ता भएको रिटमा आगामी ...
फाल्गुन २७ गते, २०८२ - १९:५८
भोजपुर । किसान यतिबेला हिउँदे आलु थन्काउन व्यस्त बनेका छन्। खेतबारीमा लगाइएको आलु परिपक्व भएपछि किसानहरू बिहानैदेखि साँझसम्म आलु भण्डारण गर्न बारीमा ख...
फाल्गुन २७ गते, २०८२ - १९:४६
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–१ स्थित सदरमुकाम क्षेत्रमा विस्फोट भएको शंकास्पद बस्तु बम नै रहेको प्रारम्भिक पुष्टि भएको छ। जिल्ला प्रहरी कार्...
फाल्गुन २७ गते, २०८२ - १९:३९
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि Group of Seven (जी–७) देशहरूले बजार स्थिर राख्न आवश्यक परे र...
फाल्गुन २७ गते, २०८२ - १९:१५
भक्तपुर । भक्तपुरको सल्लाघारीमा ह्युम पाइप भित्र लुकाएर राखेको अवस्थामा गोली भेटिएको छ । रुमालमा पोको पारेर राखिएको अवस्थामा उपत्यका अपराध अनुसन्धान क...
फाल्गुन २७ गते, २०८२ - १९:०८
काठमाडौं । विश्व बजारमा सम्भावित ऊर्जा संकटको संकेत देखिएसँगै नेपाल आयल निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थ र एलपी ग्यासको मितव्ययी प्रयोग गर्न अपिल ...



प्रतिकृया लेख्नुहोस्: