Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशीलः सञ्चारमन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रलाई नीतिगत र संरचनागतरुपमा बलियो बनाएर समृद्धिको ढोका खोल्न सरकार क्रियाशील रहेको बताएकी छिन् । 

अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिमा महिला दिवसका अवसरमा आज मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधिलाई उच्च प्राथमिकता दिइने बताइन । 

“आगामी आवको बजेटको मुख्य विषय (मेन थेम) कृषिलाई बनाउनुपर्छ, सूचना प्रविधि ‘फ्रन्ट लाइन’मा राखेर बजेट निर्माण गर्नुपर्छ”, बजेटका प्राथमिकताबारे प्रकाश पार्दै मन्त्री शर्माले भनिन्, “आइटीलाई समृद्धिको आधार मानिएको छ, त्यहीअनुसार व्यवहार गरिएको छ आगामी बजेटमा आइटीलाई उच्च प्राथमिकता दिइनेछ ।”

सरकारले सूचना प्रविधिलाई आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा लिएको उल्लेख गर्दै मन्त्री शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइने बताइन । “हामीले यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिको प्रमुख आधार मान्दै आएका थियौँ”, मन्त्री शर्माले भनिन्, “अब सूचना प्रविधि पनि समृद्धिको आधारका रुपमा अघि आएको छ ।”

वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अघि सारेको जानकारी दिँदै मन्त्री शर्माले सुशासनको अभियानलाई अघि बढाउन पनि सूचना प्रविधिको विकास अत्यावश्यक भएको बताइन । “सूचना प्रविधिको प्रयोगबाट मात्रै सुशासन कायम गर्न सकिन्छ”, उनले भनिन । 

सूचना प्रविधि क्षेत्रमा महिलाको अनिवार्य सहभागिता मात्रै नभई नेतृत्वदायी भूमिका हुनुपर्छ भनेर आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नीति तथा कार्यक्रम र बजेटमा विशेष योजना अघि सारेको बताइन । 

सूचना प्रविधिको विकासमा सरकारले नीतिगत तथा संरचनागत व्यवस्था गरेको जनाउँदै उनले सूचना प्रविधि क्षेत्रबाट रोजगारी सिर्जनाका साथै सेवा निर्यात गरेर विदेशी मुद्रा पनि आर्जन भएको बताइन । “प्रत्येक वर्ष १० हजार युवा जनशक्ति सूचना प्रविधि क्षेत्रमा उत्पादन हुने गरेको छ, अनौपचारिक तथ्याङ्कअनुसार सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट वार्षिक करिब रु ६६ अर्ब विदेशी मुद्रा भित्रिएको छ”, मन्त्री शर्माले भनिन । 

सूचना प्रविधिका क्षेत्रमा आइपर्ने चुनौती समाधान गर्न सरकारले हालै मात्र साइबर सुरक्षा केन्द्र स्थापना गरेको जानकारी दिँदै यससम्बन्धी केही कानुन निर्माण भइ कार्यान्वयनमा आएको र केही तर्जुमाका क्रममा रहेको बताइन । मन्त्री शर्माले भनिन्, “सूचना प्रविधिको विकासका निम्ति नीतिगत र संरचनागत व्यवस्थामा सरकारको ध्यान गएको छ, यसबीचमा केही ऐन कानुन र पूर्वाधार निर्माण भएका छन् ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: