Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बागलुङमा पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छभने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो ।  

पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण पानीका मुहान सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो । तीन वर्षअघि मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो । 

मुहान भासिएर तल जाने समस्या भएपछि मुहान संरक्षण आवश्यक रहेको प्राविधिकहरुको भनाइ छ । कार्यालयले मुहान सुक्दै जान थालेपछि संरक्षणका लागि सिगानाबाट अभियान सुरु गरिएको थियो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरबाटोका कारण भासिन थालेपछि रु चार लाख बजेटमा संरक्षण गरिएको थियो । मुहान चुहावट नहुने प्रविधिका साथ पक्की रुपमा नै संरक्षण गरिएको थियो । 

यस्तै, काठेखोला गाउँपालिका–४ तङ्ग्रामका खानेपानीका मूल सुक्न थालेपछि तङ्ग्राम गाउँको धुरीमा रहेको खोरताललाई संरक्षण गरी ‘रिचार्ज’ पोखरीका रुपमा विकास गर्न गत वर्षदेखि काम थालिएको छ । गण्डकी प्रदेश सरकारको रु ३० लाख बजेटमा उक्त पोखरीको संरक्षण गर्न थालिएको जनाउँदै पोखरीमा पानी जम्मा भएमा पोखरीमुनिका मुहान बिस्तारै रसाउँदै जाने स्थानीयको भनाइ छ ।  

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थालेको मुहान संरक्षण अभियानलाई बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षबाट साथ दिएको छ । बागलुङ–३ स्थित रुम्टामा रहेको खानेपानीको मुहान संरक्षण गरी सङ्कलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो । अहिले वडा कार्यालयअन्तर्गत रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यवस्थापन र हनुमानपौवामा आउने पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा ल्याइएको वडाध्यक्ष सनी केसीले जानकारी दिए। उनले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी संरक्षण, मुहान संरक्षण तथा पुरानो धारा संरक्षणको कामलाई अभियानका रुपमा लिइएको बताए। 

“चौतारी मासिए, वरपीपल मासिए मुहान सुक्दै गए, बागलुङ बजारवासीले नियमित रुपमा खानेपानी लैजाँदै आएका खानेपानीका मुहान संरक्षण गर्न थालिएको हो, रुम्टाका स्थानीयको सक्रियतामा मुहानलाई नचुहिने बनाएर पानी सङ्कलन गरिएको छ”, अध्यक्ष केसीले भन्नुभयो, “हामीले सडक, भवन मात्रै विकास देखिरहेको सन्दर्भमा रु एक लाखभित्रै ठूलो काम गर्न सकिने योजनामा समेत हाम्रो ध्यान छ, चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा मुहान, रुम्टा मुहान र गहते धारा संरक्षणमा जम्मा रु ८० हजार खर्च भएको छ तर हजाराँै बागलुङवासीको तिर्खा मेटाउन सहज भएको छ ।”

‘एक घर, एक धारा’ अभियान आए पनि रुम्टामा खानेपानीका लागि कुवामा दिनभर गाग्री भर्नुपर्ने बाध्यतालाई वडा कार्यालय र स्थानीय जनश्रमदानबाट मुहान संरक्षण गरी पानी सङ्कलन गर्ने व्यवस्था मिलाइएको रुम्टा गदौरेखोला मुहान संरक्षणमा सक्रिय स्थानीय सरेश विकले बताए। उनले वडा कार्यालयको रु ४० हजार र स्थानीयको जनश्रमदान र रु १३ हजार सहयोग सङ्कलन गरी मुहान संरक्षण गरिएको जानकारी दिए । 
 
उनले पहराबाट निस्किएको मुहान सडक छेउमै भएका कारण भासिन थालेपछि संरक्षण गरिएको जनाउँदै सडमा हिँड्ने पैदल यात्रुलाई सहज भएको बताउनुभयो । संरक्षण गरिएको मुहानको पानी निकै मीठो भएकाले बागलुङ बजारबाट पानी भर्न आउने गरेका छन् । मोटरबाटोका कारण मुहान भासिँदै गएका कारण सम्भावित खानेपानीको अभाव सिर्जना हुन सक्ने भन्दै मुहना संरक्षण गर्न थालिएको हो । 

बागलुङमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा र भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेका छन् । खानेपानीका मुहान सुक्न थालेर खानेपानीको आपूर्ति असहज भएपछि बागलुङ नगर खानेपानीले समेत लिफ्टमार्फत खानेपानी वितरण गरिरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केबी रानाले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending