Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

बागलुङमा पानीका मुहान सुक्न थालेपछि संरक्षण गरिँदै

खबरडबली संवाददाता

बागलुङ । पछिल्लो समय बागलुङमा मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहान सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छभने कतै मूल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो ।  

पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भूकम्पका कारण पानीका मुहान सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो । तीन वर्षअघि मात्रै खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो । 

मुहान भासिएर तल जाने समस्या भएपछि मुहान संरक्षण आवश्यक रहेको प्राविधिकहरुको भनाइ छ । कार्यालयले मुहान सुक्दै जान थालेपछि संरक्षणका लागि सिगानाबाट अभियान सुरु गरिएको थियो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरबाटोका कारण भासिन थालेपछि रु चार लाख बजेटमा संरक्षण गरिएको थियो । मुहान चुहावट नहुने प्रविधिका साथ पक्की रुपमा नै संरक्षण गरिएको थियो । 

यस्तै, काठेखोला गाउँपालिका–४ तङ्ग्रामका खानेपानीका मूल सुक्न थालेपछि तङ्ग्राम गाउँको धुरीमा रहेको खोरताललाई संरक्षण गरी ‘रिचार्ज’ पोखरीका रुपमा विकास गर्न गत वर्षदेखि काम थालिएको छ । गण्डकी प्रदेश सरकारको रु ३० लाख बजेटमा उक्त पोखरीको संरक्षण गर्न थालिएको जनाउँदै पोखरीमा पानी जम्मा भएमा पोखरीमुनिका मुहान बिस्तारै रसाउँदै जाने स्थानीयको भनाइ छ ।  

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थालेको मुहान संरक्षण अभियानलाई बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षबाट साथ दिएको छ । बागलुङ–३ स्थित रुम्टामा रहेको खानेपानीको मुहान संरक्षण गरी सङ्कलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो । अहिले वडा कार्यालयअन्तर्गत रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यवस्थापन र हनुमानपौवामा आउने पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा ल्याइएको वडाध्यक्ष सनी केसीले जानकारी दिए। उनले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी संरक्षण, मुहान संरक्षण तथा पुरानो धारा संरक्षणको कामलाई अभियानका रुपमा लिइएको बताए। 

“चौतारी मासिए, वरपीपल मासिए मुहान सुक्दै गए, बागलुङ बजारवासीले नियमित रुपमा खानेपानी लैजाँदै आएका खानेपानीका मुहान संरक्षण गर्न थालिएको हो, रुम्टाका स्थानीयको सक्रियतामा मुहानलाई नचुहिने बनाएर पानी सङ्कलन गरिएको छ”, अध्यक्ष केसीले भन्नुभयो, “हामीले सडक, भवन मात्रै विकास देखिरहेको सन्दर्भमा रु एक लाखभित्रै ठूलो काम गर्न सकिने योजनामा समेत हाम्रो ध्यान छ, चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा मुहान, रुम्टा मुहान र गहते धारा संरक्षणमा जम्मा रु ८० हजार खर्च भएको छ तर हजाराँै बागलुङवासीको तिर्खा मेटाउन सहज भएको छ ।”

‘एक घर, एक धारा’ अभियान आए पनि रुम्टामा खानेपानीका लागि कुवामा दिनभर गाग्री भर्नुपर्ने बाध्यतालाई वडा कार्यालय र स्थानीय जनश्रमदानबाट मुहान संरक्षण गरी पानी सङ्कलन गर्ने व्यवस्था मिलाइएको रुम्टा गदौरेखोला मुहान संरक्षणमा सक्रिय स्थानीय सरेश विकले बताए। उनले वडा कार्यालयको रु ४० हजार र स्थानीयको जनश्रमदान र रु १३ हजार सहयोग सङ्कलन गरी मुहान संरक्षण गरिएको जानकारी दिए । 
 
उनले पहराबाट निस्किएको मुहान सडक छेउमै भएका कारण भासिन थालेपछि संरक्षण गरिएको जनाउँदै सडमा हिँड्ने पैदल यात्रुलाई सहज भएको बताउनुभयो । संरक्षण गरिएको मुहानको पानी निकै मीठो भएकाले बागलुङ बजारबाट पानी भर्न आउने गरेका छन् । मोटरबाटोका कारण मुहान भासिँदै गएका कारण सम्भावित खानेपानीको अभाव सिर्जना हुन सक्ने भन्दै मुहना संरक्षण गर्न थालिएको हो । 

बागलुङमा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्दा र भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेका छन् । खानेपानीका मुहान सुक्न थालेर खानेपानीको आपूर्ति असहज भएपछि बागलुङ नगर खानेपानीले समेत लिफ्टमार्फत खानेपानी वितरण गरिरहेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केबी रानाले जानकारी दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending