Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

टुँडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा युवा आकर्षित

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा टँुडिखेलमा सञ्चालित निःशुल्क सीप मेलामा बेरोजगार युवाको आकर्षण देखिएको छ । सीप सिकेर रोजगार हुने उद्देश्यले सयौँको सङ्ख्यामा बेरोजगार युवा सीप सिक्न दैनिक आइरहेका छन् । यहाँ सीप सिक्न धेरै जिल्लाका युवाले फाराम भरेको आयोजकले जनाएको छ ।

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ भन्ने नाराका साथ काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सीप मेलाको आयोजना गरेको थियो । एक महिनामा दुई हजार ८१ जनालाई निःशुल्क तालिम दिने लक्ष्यसहित सीप मेला आयोजना गरिएको हो । सीप सिक्न सयौँ बेरोजगार युवा दैनिक आउन थालेपछि अहिले टुँडिखेल भरी भराउ हुने गरेको छ । फुर्सदको समय कटाउने थलोका रुपमा रहेको टुँडिखेललाई सीप मेलाले सिकाइको केन्द्रमा परिणत गरेको सीप सिक्न आएका दोलखाका प्रजय गोलेले बताए । उनले भने, “सीप मेला सुरु भएपछि अहिले यहाँको रौनक फेरिएको छ, मैले पनि कम्प्युटर हार्डवेयर र नेटवर्किङ सिक्दै छु ।”

एक महिनासम्म सञ्चालन हुने सीप मेलामा सिकर्मी, प्लम्बिङ र प्राविधिकलगायत १० क्षेत्रमा ३० प्रकारका सीप निःशुल्क सिकाइरहेको काठमाडौँ महानगरपालिकाका सहरी योजना सदस्य एवं सीप मेला निर्देशक समिति सदस्य शैलेन्द्र झाले बताउनुभयो । “सीप मेलामा हामीले सूचना प्रविधिको क्षेत्रमा डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर र नेटवर्किङ, ग्राफिक डिजाइन र सिसीटिभी क्यामेराबारे सिकाउन थालेका छौँ”, उहाँले भन्नुभयो, “हस्पिटालिटी क्षेत्रमा पाक कला, बेकरी, बरिस्टा, बार्टेन्डिङ, वेट्रेसिङ सिकाउँदै छौँ ।”

मेलामा अटो मोबाइल्स क्षेत्रमा विद्युतीय कार मर्मत, विद्युतीय मोटरसाइकल र स्कुटर मर्मत, विद्युतीय अटो, अटो एअर कन्डिसन मर्मतको सीप सिकाउने गरिएको छ । त्यसैगरी, कला र संस्कृति क्षेत्रमा कला र स्कल्प्चरको तालिम दिइनुका साथै निर्माण क्षेत्रमा सिकर्मी, इलेक्ट्रिसियन, टाइल, मार्बल फिटिङ र प्लम्बिङजस्ता व्यावहारिक सीप सिकाइएको झाले जानकारी दिए।

मेलामा सीप सिक्नका लागि यही वैशाख १५ गतेसम्म कूल छ हजार चार सयले फाराम भरेका थिए । अहिले पनि फाराम भर्नेको दिनहुँ भीड लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरद्वारा सञ्चालित रोजगार आयवृद्धि गौरवको आयोजना भएकाले सीप मेला भइरहने आयोजकले जनाएको छ ।

सीप मेला निर्देशक समिति सदस्य झाका अनुसार टुँडिखेलमा सीप मेलामा अहिले गार्मेन्टतर्फ टेलरिङ, ड्रेसमेकिङ र फेसन डिजाइन, ब्युटिसियन अर्थात् शृङ्गार क्षेत्रमा मेकअप आर्ट, नेल आर्ट, आइलेस आर्ट, कपाल काट्ने तालिम स्टाइलिङ र सैलुनको सीप सिकाइँदैछ । त्यसैगरी, मेकानिकलतर्फ फ्रिज र एसी मर्मत तालिम, वेल्डिङ तालिम, डिजाइन क्षेत्रमा साइन मेकिङ र पुरोहित क्षेत्रमा पुरोहित अध्ययन तथा ज्योतिष शास्त्रको सीप सिकाइएको छ ।

मेलाले सीप प्राप्त गर्न र नयाँ अवसर खोज्न अवसर दिएको निःशुल्क सीप सिकिरहनु भएका दार्चुलाका मणिराम धामीले बताए। “कतिपय तालिमहरु हामीले पैसा तिरेर पनि पाउन सकेका थिएनौँ, यहाँ आएर निःशुल्क रुपमा सिक्न पाएका छौँ, हाम्रो लागि यो नै ठूलो कुरा हो, सीप सिकेर हामी रोजगार बन्ने छौँ”, उनले भने।

मेलामा सीप सिक्न आएकामध्ये अधिकांशले सोसल मिडिया मार्केटिङ, मोबाइल मर्मतलगायत प्राविधिक क्षेत्रमा चासो देखाएका छन् । तालिम पाएका सबैलाई स्वरोजगार वा ओजेटी ९अन द जब ट्रेनिङ० सुनिश्चित गरिएकोे छ । 

विदेशमा हस्पिटालिटी क्षेत्रमा राम्रो अवसर भएको र नेपालमा पनि राम्रा होटल, रेष्टुँरा, क्याफेमा पाक कलामा निपुणता भएकाको हस्पिटालिटी क्षेत्रमा माग बढी भएकाले होटल व्यवस्थापनका शिक्षक तथा सीप मेलाका बेकरी प्रशिक्षक निरञ्जन मानन्धरले जानकारी दिनुभयो । सीप मेलामा सीप सिक्न इच्छुक सबैले नागरिकताको प्रतिलिपिसँगै आवेदन फारम भर्नुपर्ने तथा त्यसपछि बिहान, दिउँसो र बेलुका आफ्नो समयअनुसार तालिम लिने समय छान्न सकिने व्यवस्था छ ।

उच्च माग भएका क्षेत्रमा निःशुल्क तालिम उपलब्ध गराएर महानगरले नागरिकलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न आत्मविश्वास र योग्यता प्रदान गर्ने क्षमताको विकास गर्न थालेको काठमाडौँै महानगरका प्रशिक्षण तथा मेला संयोजक देवेन्द्र केसीले बताए। उनले भने, “निःशुल्क सीप तालिम प्रदान गरेर महानगरले बेरोजगारलाई रोजगारीको अवसर दिन र आर्थिक वृद्धिमा योगदान पु¥याउन सशक्त बनाउँदैछ, बेरोजगारका लागि यो राम्रो अवसर हो ।” चालु आर्थिक वर्षमा १५ हजारलाई सीपमूलक तालिम दिने र पाँच हजारलाई रोजगारी दिने महानगरपालिकाको लक्ष्य छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयोगले बिहीबार निर्वाचन परिणाम राष्ट्रपतिसमक्ष पेस गर्ने

काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी

काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...

ताप्लेजुङबाट तीन जनाले पाए समानुपातिक सांसदको अवसर

ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...

बसको ठक्करबाट नवलपुरमा स्कुटर चालकको मृत्यु

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...

कांग्रेस कार्यसमिति बैठक शुक्रबार बस्ने

काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।  चुनाव...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...

अहिलेसम्म मन्त्रीपरिषद्को टुंगो लागेको छैन: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...

राई–लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा रवी लामिछानेले मागे माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: