एजेन्सी । ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जनालाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाएइको अधिकारीहरूले बताएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।
दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्र्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो । रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो । आपत्कालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको अपडेट गरेका छन् ।
गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले भने । उनले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराए ।
समाचार तस्बिरहरूले रेलको डिब्बा एक छेउमा खोलिएको र रेलवे पुलको धातु रेलिङहरूमा झुकेको देखाएको छ । यो यात्रु वा मर्मतसम्भार ट्रेनको गाडी हो भन्ने स्पष्ट थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: