कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकरीले प्रदेशका कला र साहित्यलाई विश्वभर फैलाउन लाग्नुपर्ने बताएका छन् ।
गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको तेस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले त्यस्तो बताएका हुन् । उनले देशमा ख्यातिप्राप्त लेखनाथ पौडेल, भानुभक्त आचार्य, माधव घिमिरेजस्ता कवि यसै क्षेत्रमा जन्मेकाले प्रदेश कला, साहित्यमा निकै धनी रहेको समेत बताए ।
“लोक संस्कृतिमा समेत धनी मानिएको गण्डकी प्रदेशलाई कला र साहित्यमा अगाडि बढाउँदै विश्वभर फैलाउन जरुरी छ । त्यसका लागि पर्यटनको राजधानी पोखरामा यस क्षेत्रको कला, संस्कृति, वेशभूषा र नेपाली भाषाको विकास गर्न जरुरी छ”, उनले भने ।
पर्यटकीय राजधानी पोखरामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याएर यहाँको कला र संस्कृतिका बारेमा जानकारी र प्रचारप्रसार गर्न जरुरी रहेकामा उनले जोड दिए ।
त्यसअवसरमा कला, साहित्य र सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएको स्रष्टालाई नगदसहित सम्मान गरिएको थियो । साहित्यतर्फ सरस्वती प्रतीक्षा, भूपेन्द्र खड्का, कलातर्फ गोपाल श्रेष्ठ, छिरिङफोन्जो गुरुङ, संस्कृतितर्फ खगराज शर्मा, लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने र नृत्यतर्फ रवीन गुरुङलाई मुख्यमन्त्री अधिकारीले सम्मान गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’को अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति गोरे गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: