Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

विश्वका नेताहरूले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभर गरिबी हट्छः विप्लव सी

शोभराज बराल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले विश्वका नेताहरुले अर्थतन्त्रको बारेमा सोचेको खण्डमा विश्वभरबाट गरिबी अन्त्य हुने जिकिर गरेका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी काठमाडौं जिल्ला समितिले आयोजना गरेका ‘एकीकृत स्वामित्व प्रणाली’ विषयक अन्तरक्रियामा बोल्दै विप्लवले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विश्वमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको बताउँदै यसमा संकट आएको जिकिर गरे । ‘अमेरिका, बेलायत, युरोपमा पुँजीवाद अर्थसास्त्रीहरुको सुझावका आधारमा टिकेको छ ।’, कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका विप्लवले भने, ‘पुँजीवादले सामाजवादका केही लोकप्रिय कार्यक्रम लागु गरेर आजसम्म टिकेको छ । यसले जनताका समस्याहरुलाई समाधान गर्न सकेको छैन ।’

पुजीवादले समाजवादबाट चोरेर सामाजिक सुरक्षाका कार्यक्रमहरु चलाएको भएपनि बर्गिय सन्तुलन नमिलेको ठोकुवा गरे । ‘केही समाजिक सुरक्षा कार्यक्रमहरु युरोप अमेरिकी देशहरुमा लागु भएका छन् । तर यसले केही व्यक्तिहरुमा भइरहेको पैँसाको केन्द्रीकरण रोकिएको छैन ।’, उनले भने, ‘विश्वका नेताहरुले, खासगरी अमेरिका, युरोप लगायतका देशका नेताहरुले अर्थतन्त्रको विषयमा सोचेभने विश्वभरबाट गरिबी हट्छ ।’

विप्लवले निजी स्वामित्वकी सामुहिक स्वामित्व भन्ने विषयमा बहस भइरहेको विश्वमा नेकपाले नयाँ स्वामित्वको विषयमा बहसमा ल्याएको बताए । पुँजीवाद चलाइरहेका देशभित्र पनि त्यो अर्थतन्त्रले धानेन भन्ने ठूलाठूला बहसहरु रहेको बताउँदै उनले विश्वले निजी स्वामित्वकी सामुहिक स्वामित्वको विकल्प खोजिरहेको बेलामा एकीकृत स्वामित्वका बारेमा ठूलाठूलो बहस चलाउनु पर्ने बताए ।

राज्य, संस्था र व्यक्तिलाई एकीकृत गर्दौ स्वामित्व निर्माण गर्नुपर्ने बताउँदै विप्लवले माक्र्सवादले भनेको सामूहिक स्वामित्वले मात्र समस्याको समाधान नहुने ठोकुवा गरे । ‘पुँजीवाद निकै संकटमा छन् । अमेरिका निकै ठूलो आर्थिक संकटमा छ ।’, विप्लवले भने, ‘रसियामा समाजवाद पनि टिकेन नी । त्यहाँ पनि सामुहिक स्वामित्वले काम गरेन । समाजवादमा निजी क्षमताहरूको प्रयोग पनि आवस्यक हुन्छ, सामूहिक स्वामित्व पनि चाहिन्छ ।’

नेकपा पोलिटब्युरो सदस्य माइला सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य सन्देश सीले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा सर्वसाधारण, व्यापारी, बुद्धिजिविबाट १२ विघा भन्दा धेरै जमिन बन्दकी राख्ख्न मिल्ने बराबरको सहयोग उठेको थियो । नेकपाले ल्याएको आत्मनिर्भर कार्यकर्ता, आत्मनिर्भर पाटी, आत्मनिर्भर देशको नीति अनुसार एकीकृत स्वामित्वको बारेमा अन्तरक्रिया भएको थियो ।

अन्तरक्रियामा सहभागीहरुले स्वामित्वको सवालमा एकीकृत स्वामित्व नयाँ भएकाले यसले निकै राम्रो नतिजा ल्याउने बताएका थिए । ‘निजी स्वामित्वमा पुँजी सिमित व्यक्तिमा केन्द्रीत भयो, सामुहिक स्वामित्वमा पनि समस्या देखियो ।’, सहभागीले भने, ‘यो एकीकृत स्वामित्वले सबैलाई समेट्छ । यसले जनताका समस्याहरुको समाधान गर्छ ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy