काठमाडौं । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा संचालन गरेको शल्यक्रिया शिविर मार्फत ५ सय ६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।
दुई जिल्लाका विभिन्न स्थानमा ३ हजार ३ सय ७२ जनाको आँखा परिक्षण गर्दा मोतिबिन्दु देखिएको ५५५ जना र अन्य समस्या रहेका १३ जना गरी कुल ५६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।
गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टका अनुसार बैशाख १६ देखि २५ सम्म दार्चुलाको खलङ्गा, गोकुलेश्वर र मार्मामा शिविर संचालन गरिएको थियो । खलङ्गामा संचालित शिविरमा १ हजार २ सय ४ जनाको आँखा परिक्षण गरी २ सय २ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया, गोकुलेश्वरमा संचालित शिविरमा ९ सय १३ जनाको आँखा परिक्षण गरी १७१ जनाको मोतिबिन्दु र ४ जनाको अन्य समस्याको शल्यक्रिया र मार्मामामा संचालित शिविरमा ६ सय ९० जनाको आँखा परिक्षण गरि ५५ जनाको मोतिबिन्दुको र ३ जनाको अन्य गरी जम्मा ५८ जनाको शल्यक्रिया गरिएको बिष्टले बताए ।
त्यसै गरी बैतडी जिल्लाको गोठालापानीमा बैशाख २७ र २८ गते संचालित शिविरमा ५ सय ६५ जनाको आँखा परिक्षण गरी १२७ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया गरिएको बिष्टले बताए ।
गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा।सुरेसराज पन्त र जलबिन्दु रोग विशेषज्ञ डा। स्मध अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर संचालन गरी शल्यक्रिया गरेको हो ।
रोटरी क्लब अफ इलभेरम नर्वे, फ्रेड हलोज फाउन्डेशन र मार्मा गाँउपालिकाको आर्थिक सहयोग तथा महाकाली नगरपालिका, शल्यशिखर नगरपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा बैतडी तथा दार्चुलाको समन्वयमा शिविर संचालन गरिएको हो ।
अस्पतालले बार्षिक रुपमा शुदुरपश्मि प्रदेशका पहाडी जिल्लाहरुलाई लक्षित गरी हरेक बर्ष निःशुल्क शल्यक्रिया सहितको शिविरको आयोजना गर्दछ । अस्पतालका अनुसार गत आर्थिक बर्षमा अस्पतालले शल्यक्रिया शिविर मार्फत १४ हजार ९ सय ७३ जनाको आँखा परिक्षण गरी २ हजार ५ सय ६९ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो ।
नेपाल नेत्रज्योति संघले आफ्ना २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु मार्फत पहुँच र आर्थिक अभावमा कोहि पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन भन्ने उद्देश्यले विभिन्न विकास साझेदार, नेपाल सरकार तथा स्थानिय निकायहरुहरुसंगको सहकार्यक्रमा देशैभरी निःशुल्क आँखा शिविरहरुको आयोजना गर्ने गर्दछ ।
स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरि ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...
मंसिर २६ गते, २०८२ - ११:५६
धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...
मंसिर २६ गते, २०८२ - ११:५१
तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...
मंसिर २६ गते, २०८२ - ११:४५
काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...
मंसिर २६ गते, २०८२ - ११:३०
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...
मंसिर २६ गते, २०८२ - ११:२७
मकवानपुर । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...
मंसिर २६ गते, २०८२ - १०:५८
धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...




प्रतिकृया लेख्नुहोस्: