Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

शंकराचार्य जन्मजयन्तीमा झापाका तीन पत्रकारसहित ११ जना अक्षयकोषदाता सम्मानीत

खबरडबली संवाददाता

झापा ।  झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानीत भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानीत भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतवार (आज) शंकराचार्यको जन्म जयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे छ ।

अग्रज पत्रकार, नागरिक एफएमका  प्रधान सम्पादक तथा साप्ताहिक समाचारका सम्पादक  गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक एकराज गिरी र शब्दपत्र प्रकाशन प्रालिद्धारा सञ्चालित शब्दपत्र डटकमका सम्पादक तथा प्रकाशक उद्धव पुरीलाई सम्मानीत भएका हुन् । पत्रकारद्धयहरुले दशनामी समाजको प्रचारप्रसारमा समाचारका माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजले सम्मान गरेको हो ।

त्यस्तै समाजका केन्द्रिय संरक्षक तथा अक्षयकोष दाता भरतलाल गिरी,  केन्द्रिय अध्यक्ष तथा अक्षयकोष दाता गोबिन्दबिक्रम गिरी, केन्द्रिय सल्लाहकार सदस्य तथा अक्षयकोष दाता बालकृष्ण गिरी,  समाजका कोशी प्रदेश सल्लाहकार तथा अक्षयकोषदाता चन्द्रप्रसाद र कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी,  समाजका कोशी प्रदेश अध्यक्ष तथा अक्षयकोष दाता पदमबहादुर पुरी (प्रकाश),  बिर्तामोड नगर सल्लाहकार तथा अक्षयकोष दाता नरनाथ गिरी,  नगर सल्लाहकार तथा अक्षयकोष दाता सन्तोष गिरी,  अक्षयकोष दाता सूर्यप्रसाद र देबीकुमारी गिरी, सल्लाहकार तथा अक्षयकोषदाता शंकर गिरी,  बिर्तामोड नगर कोषाध्यक्ष तथा अक्षयकोष दाता खड्गराज गिरी र  अक्षयकोष दाता हेमराज गिरी सम्मानीत भएका छन् । उनीहरुले नगरले स्थापना गरेको अक्षयकोष तथा हितकोषका लागि रकम प्रदान गरेको भन्दै सम्मान गरिएको हो ।

नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका संस्थापक केन्द्रिय संरक्षक कृष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो । सम्मानीत ब्यक्तित्वहरुलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए ।

स्वागत समाजका बिर्तामोड नगर समिति जेष्ठ सदस्य घनश्याम गिरीले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रमुख अतिथि कृष्णकुमार गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय सदस्य एलबी गिरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश सल्लाहकार चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), पूर्व झापा अध्यक्ष खिलबहादुर गिरी (राजु), अक्षयकोषदाता नरनाथ गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, मेचीनगर नगर अध्यक्ष भूपेन्द्र गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोशी प्रदेश सह–सचिव उमेश भारतीले गरेका थिए । सोही कार्याक्रमकाबिच नगर अध्यक्ष अर्जुन गिरीको कार्यलाई उच्च मूल्याङ्कन गर्दै अक्षयकोष दाताहरुको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष सम्झना गिरी (पुरी), सह–सचिव  प्रजित पुरी (धनबहादुर), सदस्यहरु रणबहादुर गिरी, पद्मादेबी पुरी  बिदुर गिरी, खेमराज गिरी, हरि गिरी, धनबहादुर पुरी, विश्वनाथ बन, बद्री गिरी (बिनोद), रन्जु गिरीलगायतको उपस्थिति रहेको थियो ।  

सोही कार्यक्रममा दशनामीका हरेक गतिविधिमा सहयोग पुर्याएको भन्दै  बिर्तामोड अनलाइन सोझाका सञ्चालक खड्क थापा, इमेज फोटो स्डुडियोका सञ्चालक तथा फोटो ग्राफर खड्ग राय, मनकामना फुड बेभरेजका सञ्चालक नवराज भारतीलाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रमका बिच नगर समितिको कार्यालयका लागि नगर कोषाध्यक्ष खड्गराज गिरी र नगर सह–सचिव प्रजित पुरी (धनबहादुरले एक÷एक सेट सोझासमेत खरिद गरेर नगरलाई उपलब्ध गराएका थिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy