काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन् ।
मन्त्रालयमा भएको भेटमा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे । मन्त्री भण्डारीले भने, 'तपाईंहरू लगानी गर्नुस, सरकार लगानीको वातावरण बनाउन तयार छ, केही कानुनी जटिलता हटाएका छौँ, फेरी पनि कुनै समस्या भए सरकारले सहज वातावरण बनाउँछ ।'
नेपालमा लगानी गर्ने उत्साहका साथ आएको चिनियाँ उद्योगी तथा व्यवसायीको टोलीसँग उनले चिनियाँ पूँजी र प्रविधि भित्र्याउन सरकार आतुर रहेको बताए । नेपालमा विदेशी लगानीको वातावरण बन्दै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाल र चीनबचिको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरे । उनले भने, 'तपाइँहरु लगानी गर्ने मनसायले आउनुभएको छ, यसले हामीलाई पनि उत्साहित बनाएको छ, लगानी भित्रिएपछि झन उत्साहित बनाउँछ, चाँडै लगानीको पर्खाइमा हामी छौँ ।'
सो क्रममा वाणिज्य सचिव दिनेशकुमार घिमिरेले नेपाल र चीनबीचको सदियोदेखिको व्यापार सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा लगानी गर्ने मनसायले आएकामा चिनियाँ टोलीसित खुसी व्यक्त गरे ।
उनले भने, 'सरकारले नेपालमा लगानीका लागि नीतिगत सुधार गर्दै लगेको छ, नेपालमा खानी, उर्जा, पर्यटनलगायतका क्षेत्रमा प्रशस्त सम्भावना छ, लगानी गर्नुस्, लगानीको सम्भावना सुनिश्चित छ ।' सो चिनियाँ टोलीमा चीनका कृषि, उर्जा, पर्यटन, खानी, निर्माणसम्बन्धी कम्पनी लगायतका उद्योगी तथा व्यवसायी सहभागी रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: