Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्लाष्टिकका झोला प्रयोगकर्ता तथा उत्पादकलाई जरिवाना

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था गरेको छ । 

नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको जनाउँदै प्रयोग गर्ने/गराउनेले जरिवाना गरिने जनाएको छ । 

आगामी जेठ १ गते (मङ्गलबार)देखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त घोषणा गरिँदै छ । सो दिनपछि प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीले जानकारी दिए । 

उनका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि–२०८१’ पारित गरिसकेको छ । प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताए । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटकदेखि हरेक पटक रु तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उनको भनाइ छ । 

उत्पादकलाई प्रथम पटक रु दुई हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवानाको व्यवस्था गरिएको छ । तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम सार्वजनिक गरी अन्य दण्ड सजायँ हुने प्रावधान रहेको नेपालीले जानकारी दिए । 

कार्यविधिको उल्लङ्घन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोबार बन्दका साथै पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द गर्न सकिने चेतावनी दिएको छ । 

नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्रीवितरण, आयातनिर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् । 

नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको उनको भनाइ छ । महिलाहरुले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसलपसलमा पुगिसकेका छन्”, उनले भनिन्, “नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।”

नगरपालिकाले कपडाका झोला बनाउने तालिम प्रदान गर्नुका साथै पहिलो पटक प्लाष्टिकजन्य झोला प्रयोगमा रोक अभियान सुरु गदैछ । गत चैत र यही वैशाखमा व्यासका चौध वटै वडामा पुगेर प्लाष्टिकका झोलाका विषयमा सचेतना गराउने कार्य सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ । 

स्थानीय टोल विकास संस्था, सामाजिक सङ्घसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य सङ्घसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको हो । 

नगरभित्र दैनिक एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म प्लाष्टिकका झोला प्रयोग हुँदै आएको छ । प्लाष्टिकलाई न्यूनिकरण गर्न सकिए मात्रै सहरी सौन्दर्यमा वृद्वि भई वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने व्यासका सरसफाई विज्ञ कृष्ण भण्डारीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: