Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

यमनमा हैजाको प्रकोप बढ्दै गएको राष्ट्रसङ्घको चेतावनी

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले सोमबार युद्धग्रस्त यमनमा हैजाका कारण बिग्रँदै गएको प्रकोपको बारेमा चिन्ता व्यक्त गरेको छ । यसमा मुख्यरूपमा हुथी विद्रोहीद्वारा नियन्त्रित क्षेत्रमा अक्टोबरयता ४० हजारभन्दा बढी संदिग्ध मामिला देखिएका छन् । 

“हामी द्रुतरूपमा बिग्रँदै गएको हैजाको प्रकोपका बारेमा गहिरो चिन्तित छौँ । अहिलेसम्म ४० हजार संदिग्ध मामिला र एक सय ६० भन्दा बढीको मृत्यु भएको रिपोर्ट गरिएको छ । गत महिना हाम्रो अद्यावधिकपछि तीव्र वृद्धि भएको छ”, राष्ट्रसङ्घीय मानवीय प्रमुख मार्टिन ग्रिफिथ्सले सुरक्षा परिषदलाई भने, “अधिकांश हुथी नियन्त्रित क्षेत्रमा हरेक दिन सयौँ नयाँ मामिला देखिएका छन् ।”

ती क्षेत्रहरूमा अक्टोबरदेखि ३४ हजार संदिग्ध मामिला रिपोर्ट गरिएका छन् । यसको तुलनामा सरकार नियन्त्रित क्षेत्रमा छ हजार संदिग्ध घटनाहरू रिपोर्ट गरिएका छन् । “भारी वर्षा र बाढीले परिस्थितिलाई अझ नराम्रो बनाउने आशङ्का गरिएको छ, विश्व निकाय र यसका साझेदारहरूले यसको प्रसार रोक्न तत्काल कदम चालिरहेका छन्”, ग्रिफिथ्सले कूटनीतिज्ञहरूलाई चेतावनी दिँदै भने, “हामीले परिस्थितिलाई नियन्त्रण बाहिर जानबाट रोक्न योजनालाई द्रुत कोषको आवश्यकता हुनेछ ।”

सन् २०२४ को लागि यमनको लागि राष्ट्रसङ्घीय मानवीय प्रतिक्रिया योजनाको लागत दुई अर्ब ७० करोड डलर अनुमान गरिएको छ । अहिलेसम्म १६ प्रतिशत मात्र वित्त पोषित भएको छ । 

“निष्क्रियताको परिणाम निश्चितरूपमा परिचित छ, हामीले के भुल्नु हुँदैन भने सन् २०१६ र सन् २०२१ को बीचमा यमनमा अधिकांश बालबालिकासहित लगभग चार हजार मानिसले हैजाका कारण ज्यान गुमाउनुपरेको छ”, ग्रिफिथ्सले भने । 

सन् २०१४ मा इरान समर्थित हुथीहरूले राजधानी सानामाथि कब्जा जमाएपछि यमन द्वन्द्वको चपेटामा परेको छ । यसबाट अर्को वर्ष सरकारको समर्थनमा साउदी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएको थियो । राष्ट्रसङ्घका अनुसार लडाइँमा वा खाद्यान्न अभाव जस्ता अप्रत्यक्ष कारणले लाखौँको मृत्यु भएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE