काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस्था हटाइएको देखिएको हो।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुली ले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रतिवेदनमा अघिल्लो नियमावलीमा रहेको महिला समन्वय समितिको प्रावधान यसपटक समावेश गरिएको छैन।
यस विषयमा संसद्भित्रै प्रश्न उठेको छ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले महिला समन्वय समिति हटाइएकामा आपत्ति जनाउँदै त्यसको प्रभावबारे प्रश्न उठाएकी छन्।
उनले भनिन्, “पहिले महिला समन्वय समिति थियो, यसलाई पूर्ण रूपमा हटाइएको छ। यसले के असर गरेको थियोरु हामी यहाँ १५७ जना महिला माननीय छौँ। महिलाको जनसंख्या ५१।४ प्रतिशत छ। आधा आकाश ओगटेका महिलाहरू अझै पितृसत्तात्मक सामन्ती संस्कारबाट पीडित छन्।”
यसअघि प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ मा महिला समन्वय समितिसम्बन्धी व्यवस्था थियो। जसअनुसार महिलाका विषयमा सभामा समान धारणा बनाउन र बहस–पैरवी अघि बढाउन महिला सदस्य संयोजक रहने गरी समिति गठन हुने प्रावधान थियो।
तर उक्त व्यवस्था भए पनि प्रतिनिधिसभाको कार्यकालभर महिला समन्वय समिति गठन हुन सकेको थिएन।
नेपालको संसदीय अभ्यासमा यसअघि पनि यस्ता समूहहरूको प्रयोग भएको थियो। पहिलो संविधानसभामा महिला ककस र जनजाति ककस सञ्चालनमा थिए। पछि दोस्रो संविधानसभामा त्यसलाई हटाइएको थियो।
२०७९ सालको निर्वाचनपछि पुन: ककस अभ्यास पुन: सुरु गर्ने चर्चा भए पनि औपचारिक रूपमा गठन हुन सकेको थिएन। महिला सांसदहरूको मुद्दा उठाउन यस्तो समिति आवश्यक रहेको भन्दै संसद्भित्र लामो समयदेखि बहस हुँदै आएको थियो।
यसपटक नयाँ नियमावलीमार्फत नै महिला समन्वय समिति सम्बन्धी प्रावधान हटाइएपछि विषयले फेरि संसद्मा बहस जन्माएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ११ गते, २०८३ - १७:४५
सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...
श्रावण ११ गते, २०८३ - १७:३८
काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...
श्रावण ११ गते, २०८३ - १७:३३
काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...
श्रावण ११ गते, २०८३ - १७:२६
काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...
श्रावण ११ गते, २०८३ - १७:२२
काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...
श्रावण ११ गते, २०८३ - १७:०८
धनगढी। अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ । आइतबार सहमति हुन नसकेपछि आज फे...
श्रावण ११ गते, २०८३ - १६:४९
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसक्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र नौ जना घाइते भएको घटनाबारे राष्ट्रिय मान...
श्रावण ११ गते, २०८३ - १६:४२
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीको देवानगञ्जमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर...
श्रावण ११ गते, २०८३ - १६:१२
विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, जनप्रतिनिधि तथा सरोकारवालाहरूबीच सर्वपक्...
श्रावण ११ गते, २०८३ - १४:५१
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसंयोजक माधव नेपालसँग भेटवार्ता गरेका छन्। नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले पछिल्लो राजनीति...



प्रतिकृया लेख्नुहोस्: