काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संसद्को भूमिकालाई अझ प्रभावकारी बनाउन नियमावलीमै स्पष्ट र बलियो व्यवस्था आवश्यक रहेको बताए।
दुलालले संसद्लाई “गफ गर्ने थलो” भनेर हुने आलोचना उल्लेख गर्दै त्यसलाई काम गर्ने, जनताका समस्या समाधान गर्ने र मर्यादित संस्थाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार संसद् जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्था भएकाले यसको गरिमा र प्रभावकारिता कायम राख्नुपर्ने हुन्छ।
उनले सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूलाई संसद्प्रति उत्तरदायी बनाउने विषयलाई नियमावलीमै स्पष्ट रूपमा समेट्नुपर्ने आवश्यकता औँल्याए। साथै, जनताका भावना र समस्यालाई संसद्मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार संसदीय व्यवस्थालाई बलियो बनाउँदै सरकारलाई जवाफदेही बनाउनु नै लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने मुख्य आधार हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ४ गते, २०८३ - १४:३५
काठमाडौँ। प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ प्रतिनिधिसभा बैठकबाट बहुमतले स्वीकृत भएको छ। सांसदहरूले समितिको मस्यौदा प्रतिवेदनमाथि ध...
जेष्ठ ४ गते, २०८३ - १४:०७
काठमाडौं । प्रतिनिधिसभा नियमावलीबाट ‘महिला समन्वय समिति’ को व्यवस्था हटाइएको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा नयाँ नियमावली पेस गर्ने क्रममा उक्त व्यवस...
जेष्ठ ४ गते, २०८३ - १३:४७
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बनाउनुपर्ने बताएका छन...
जेष्ठ ४ गते, २०८३ - १३:३३
काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७:२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१०...
जेष्ठ ४ गते, २०८३ - १३:१७
काठमाडौँ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको स्रोत स्पष्ट पार्न त्यससँग सम्बन्धित बिल सार्वजनिक गर्न माग गरिएको छ। सोमबारको ...
जेष्ठ ४ गते, २०८३ - १२:५९
काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...
जेष्ठ ४ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...
जेष्ठ ४ गते, २०८३ - १२:३७
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ...
जेष्ठ ४ गते, २०८३ - १२:२४
काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गरेका छन्। प्रतिनिधिस...
जेष्ठ ४ गते, २०८३ - १२:१३
काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। यसअघि कानुन व्यवसायीहरूले दर्...



प्रतिकृया लेख्नुहोस्: