Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि १२ समूहमा छलफल सुरु

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमा छलफल सुरु भएको छ । 

ललितपुरको बालकुमारीमा मङ्गलबारदेखि सुरु भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले  राजनीतिक प्रतिवेदन, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्न १२ वटा समूह बनाइएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गर्नुभएको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।

राजनीतिक  प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।

समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, अन्तर्राष्ट्रिय अभ्यास, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय समावेश छन् । विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । 

साङ्गठनिक दस्तावेजमा देशभर पार्टी सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । समूहगत छलफलबाट आएका निष्कर्षलाई टोलीनेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए। 

पार्टीले आगामी असार १६ देखि २० गते काठमाडौँमा राष्ट्रिय महाधिवेशनको तयारी गरेको छ । नेता गौतमका अनुसार यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा आज छलफल गरिने छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार ठमेल पक्नाजोलस्थित सडकमा बा३क २३३९ नम्बरको ट्रकको ठक्कर...

संसद् जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला- राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद् छलेर अध्यादेश ल्याउन खोज्नु संसदीय अभ्यासमाथिको गम्भीर हम...

अध्यादेश सिफारिसप्रति कांग्रेसको आपत्ति: ‘संसदीय अधिकारमाथि अतिक्रमण’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत कानुन निर्माण गर्न खोजेकोप्रति आपत्ति जनाएको छ। सरकारले दुई अध्यादेश जारी गर्...

सरकारी सवारी दुरुपयोगमा बालेनको कडाइ, ६२२ गाडी फिर्ता

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहुँचका भरमा प्रयोग भइरहेका सरकारी सवारी साधन फिर्ता लिने प्रक्रिया तीव्र बनाएको छ। हालसम्म वि...

प्यूठानबाट एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

प्यूठान। प्यूठान अस्पतालमा उपचाररत एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । लुंग्री गाउँपालिका वडा १ रोल्पा निवासी १८ वर्षीया यमुना बस्नेतको...

जिउँदो व्यक्तिको मृत्यु दर्ता: सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष र सचिवसहित चार पक्राउ

पश्चिम नवलपरासी। जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार ...

सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश राष्ट्रपति पौडेलसमक्ष सिफारिस

काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी सम्बन्धी र सं...

उपचारका क्रममा महिलाको मृत्यु, भेरी अस्पतालमा तनाव

नेपालगन्ज । बाँके बैजनाथ गाउँपालिका –६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरुले अस्पतालका चिकित्सकहरुमाथि अभद्र व्यव...

चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्काल रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश दिएको छ। उच्च अदालत पाटन का न्यायाधीश प्रकाश ढुंगाना को एकल इजलासले यही २२ ...

युरोपेली युनियनको नवीन प्रतिबन्धको प्रतिक्रियामा अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रतिबन्ध जारी

मस्को। रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नवीन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन ९इयू०का अधिकारीलाई रूसी क्षेत्र प्रवेश ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending