काठमाडौं । एक महिनाअघि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकको गोदाममा भएको आगलागीबारे छानबिन समितिले सुरक्षा लापरबाही भएको निष्कर्ष निकालेको छ । गृह मन्त्रालयमा बुझाइएको प्रतिवेदनमा गोदाममा सुरक्षा लापरबाही भएको निष्कर्ष निकालीएको हो ।
सशस्त्र प्रहरीको गोदाममा २६ चैतमा भएको आगलागीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्यागलगायत बन्दोबस्तीका सामानहरू जलेर नष्ट भएका थिए । सहसचिव भरतमणि पाण्डे नेतृत्वको छानबिन समिति बनाइएको थियो । सो समितिले २ दिनअघि प्रतिवेदन बुझाएको हो ।
समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई छानबिन प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बताए । कम्तीमा ३७ हजार बुट, ३७ हजार स्पोर्ट सुज जलेर नष्ट भएको बताइएको छ । यसलाई ‘पर्याप्त सुरक्षा संवेदनशीलता नअपनाउनु’को परिणाम भनिएको छ ।
गोदामको व्यवस्थापन नंं ९ पशुपति बाहिनीले गर्दैआएको थियो । सुरक्षाका लागि डेडिकेटेड जनशक्ति राखेको थिएन । सशस्त्र प्रहरीले आगलागी भएलगत्तै बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जनालाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालय तानेर छानबिन गरेको छ ।
३७ हजार बुट राखिएको ठाउँमा एउटा सीसी क्यामरा समेत राखेको नपाइएकोले घटना शंकास्पद रहेको भन्दै कतिपयले टिप्पणी गरेका छन् । विगतमा सशस्त्र प्रहरी बलका चार जना पूर्वप्रमुखहरुबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो । त्यो बेला ३ पुस २०७४ मा सशस्त्र प्रहरीको गोदाममा आगलागी भएको थियो ।
आर्थिक कारोबारको केही महत्त्वपूर्ण कागजपत्र जलाउने उद्देश्यले मट्टितेल छर्केर आगो लगाएको देखिएको थियो । त्यो बेलामा सशस्त्रका हबल्दार रामकृष्ण श्रेष्ठ बर्खास्त भएका थिए । अहिलेको आगलागीलाई पनि शंकास्पद रुपमा हेरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१३
काठमाडौं। निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक भित्रै प्रतिनिधि सभाको उपनिार्वाचन गर्ने तयारी गरेको छ। यहाँका निर्वाचित प्रतिनिध...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - ११:१०
काठमाडौ । वीर अस्पतालको सेवा सुधार गर्नका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यदल गठन गरेका छन् । वरिष्ठ चिकित्सक डा. मदन उपा...
जेष्ठ १ गते, २०८२ - १०:१४
रौतहटको चन्द्रपुर २ र ४ का अध्यक्षहरुको अमानवियताः एकल महिलामाथि ज्यादती
जेष्ठ १ गते, २०८२ - १०:११
काठमाडौं । प्रेस सेन्टर नेपालले जनयुद्धको क्रममा सहिद भएका र बेपत्ता पारिएका पत्रकाहरुको स्मृतिमा विशेष कोष बनाउन सरकारसँग माग गरेको छ । सञ्चार मन्त्र...
जेष्ठ १ गते, २०८२ - १०:०८
रौतहट । ललाइफकाइ विभिन्न प्रलोभन देखाएर नेपाली चेलीलाई भारतको राजधानी दिल्ली स्थित वेश्यालय पुर्याउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले...
जेष्ठ १ गते, २०८२ - १०:०६
काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखन टोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ। काठमाडौं उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो करिब तीन घण्ट...
जेष्ठ १ गते, २०८२ - ०९:५६
गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा...
जेष्ठ १ गते, २०८२ - ०९:५०
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन्। साविक देवभूमि बालुवा गा...
प्रतिकृया लेख्नुहोस्: