Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

विशाल महोत्सव : ४० करोड तीर्थयात्रीका लागि अस्थायी सहर निर्माण गर्दै भारत

खबरडबली संवाददाता

काठमाडौं । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ। यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ। यो इतिहासको सबैभन्दा ठूलो भेला हो।

छ हप्ता लामो कुम्भ मेलाका क्रममा संयुक्त राज्य अमेरिका र क्यानाडाको संयुक्त जनसंख्याभन्दा बढी ४० करोड तीर्थयात्रीका लागि भारतीय अधिकारीहरूले तयारी गरिरहेका बेला प्रयागराजका नदीहरूमा पन्टुन पुलहरूको लाइन पछि लाइन फैलिएको छ।

पवित्र गङ्गा, यमुना र पौराणिक सरस्वती नदीहरूको सङ्गम स्थलमा प्रत्येक १२ वर्षमा एक पटक धार्मिक श्रद्धा र अनुष्ठान स्नानको सहस्राब्दी पुरानो पवित्र कार्यक्रम आयोजना गरिन्छ। तर जनवरी १३ देखि फेब्रुअरी २६ सम्मको यो संस्करण एक मेगा आकर्षण हुने अपेक्षा गरिएको छ किनकि यो ग्रहहरूको विशेष पङ्क्तिबद्धतासँग मेल खानेछ।

चार हजार हेक्टर (१५ वर्ग माइल) मा फैलिएको स्थानमा दिन–रात मेहनत गर्ने मजदुरहरूको सेनामध्ये एक अन्त्यहीन विद्युतीय केबलहरूका लागि खाडल खन्ने क्रममा मजदुर बाबु चन्दको निधारमा पसिनाको मोती चम्कन्छ।

‘यति धेरै भक्तहरू आउँदैछन्’, मेलाका लागि महान कार्यको काम गरिरहेको बताउने ४८ वर्षीय चन्दले भने, ‘मलाई लाग्छ कि मैले मेरो योगदान गरिरहेको छु–– मैले जे गरिरहेको छु त्यो एउटा पवित्र कार्य जस्तो देखिन्छ।’

शुद्ध विश्वास

उत्तरी राज्य उत्तर प्रदेशको पहिले इलाहाबाद भनिने प्रयागराजको बाढी मैदानमा म्यानहट्टनको दुई तिहाइ क्षेत्रफल बराबरको विशाल तम्बु (पाल) सहर निर्माण भइरहेको छ।

‘करिब ३५ देखि ४० करोड भक्तजनले मेलाको भ्रमण गर्नेछन्, त्यसैले तपाईंले तयारीको स्तर कल्पना गर्न सक्नुहुन्छ’, महोत्सवका प्रवक्ता विवेक चतुर्वेदीले भने।

कुम्भका लागि तयारी गर्नु भनेको नयाँ देश स्थापना गर्नु जस्तै हो। यसमा सडक, प्रकाश, आवास र ढलको आवश्यकता पर्छ।

‘यस कार्यक्रमलाई अद्वितीय बनाउने कुरा यसको आकार र कसैलाई निमन्त्रणा नपठाइने तथ्य हो... सबैजना आफ्नै इच्छाले आउँछन्, शुद्ध विश्वासले प्रेरित भएर’, चतुर्वेदीले भने, ‘विश्वमा कतै पनि तपाईंले यो आकारको जमघट देख्नुहुन्न, यसको एक–दशांश पनि।’

साउदी अरेबियाको मक्कामा वार्षिक हज तीर्थयात्रामा करिब १८ लाख मुस्लिमले भाग लिन्छन्। चतुर्वेदीका अनुसार कुम्भका संख्याहरू अकल्पनीय छन्।

करिब एक लाख ५० हजार शौचालय निर्माण गरिएका छन्, ६८ हजार एलइडी बत्तीका खम्बाहरू खडा गरिएका छन् र सामुदायिक भान्साघरहरूले एकै समयमा ५० हजार मानिसलाई खाना दिन सक्छन्।

धार्मिक तयारीका साथसाथै प्रयागराजले ठूलो पूर्वाधार सुधार गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको विशाल पोस्टरहरूले सहर ढाकेका छन्।

दुवै सत्ताधारी हिन्दू–राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का हुनुहुन्छ। उहाँहरूको राजनीति र धर्म गहिरो रूपमा जोडिएको छ।

अमरत्वको अमृत

कुम्भ मेला एउटा प्राचीन उत्सव हो। यसको उत्पत्ति हिन्दू पौराणिक कथाहरूमा निहित छ। नदीहरूको सङ्गममा डुबुल्की लगाउनाले आफ्ना पापहरू पखालिने र ‘मोक्ष’ प्राप्त गर्न मद्दत गर्ने हिन्दूहरू विश्वास गर्छन्। यसले उनीहरूलाई जन्म र मृत्युको चक्रबाट मुक्त गर्नेछ।

पौराणिक कथाहरूअनुसार अमरत्वको अमृत भएको घडा वा ‘कुम्भ’ लाई लिएर देवताहरू र राक्षसहरूले युद्ध गरे। युद्धको क्रममा चार थोपा अमृत पृथ्वीमा खस्यो। एक थोपा प्रयागराजमा खस्यो।

अन्य थोपा हरिद्वार, नासिक र उज्जैनमा खसेका थिए। यी तीन सहरमा घुम्ती कुम्भ मेला अन्य वर्षहरूमा आयोजना गरिन्छ। तर प्रयागराजमा प्रत्येक १२ वर्षमा आयोजित मेला सबैभन्दा ठूलो हो। आयोजक अधिकारीहरूले यसलाई महान् वा ‘महाकुम्भ’ मेला भनिरहेका छन्।

अधिकारीहरूका अनुसार सन् २०१९ मा प्रयागराजमा भएको अन्तिम कुम्भ मेलामा २४ करोड भक्तजन देखिएका थिए। तर त्यो सानो ‘अर्ध’ वा आधा मेला थियो र यो मेला मुख्य कार्यक्रमको बीचमा हुन्छ।

‘जब तपाईं कुम्भको बारेमा कुरा गर्नुहुन्छ, तपाईंले खगोल विज्ञानको बारेमा कुरा गर्नुपर्छ’, ६९ वर्षीय इतिहासकार हेरम्ब चतुर्वेदीले भने, ‘बृहस्पतिले एक वर्षमा एउटा राशि चिह्न पार गर्छ, त्यसकारण जब यसले १२ राशि चिह्न पूरा गर्दछ, तब त्यो कुम्भ हुन्छ।’

उनका अनुसार उत्सवको मुख्य भाग ‘ज्ञानी र विद्वान, गरीब र असहायलाई’ दान दिनु हो।

नागा साधुहरू  

केही तीर्थयात्री पहिल्यै आइपुगेका छन्। यिनीहरूमा नागा साधुहरू छन्। यी घुमन्ते साधु दुर्गम पहाड र जङ्गलबाट हप्तौँसम्म हिँडेर आएका छन्। यिनीहरू प्रायः ध्यानमा समर्पित हुन्छन्।

यिनीहरूले जनवरी १३ मा पहिलो दिनदेखि सुरु हुने छवटा सबैभन्दा शुभ स्नान मितिमा बिहानै चिसो नदीको पानीमा जाने नेतृत्व गर्नेछन्।

‘म जनतालाई आशीर्वाद दिन यहाँ आएको छु’, जटा बाँधेर नाङ्गै बसेका ९० वर्षीय नागा साधु दिगम्बर रमेश गिरीले भने, ‘तपाईंले आफ्नो हृदयमा जे चाहना गर्नुहुन्छ त्यो कुम्भमा प्राप्त गर्नुहुन्छ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending