Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

चेक बाउन्सका मुद्दाले हैरानीमा कास्की प्रहरी

खबरडबली संवाददाता

पोखरा । गत वर्ष कास्कीमा चेक बाउन्सका ५ सयभन्दा बढी मुद्दा दर्ता भए । आर्थिक वर्ष २०७९र०८० मा ५१७ वटा मुद्दा दर्ता भएको प्रहरी रिपोर्ट छ । 

चालु आर्थिक वर्षको १० महिनामै चेक बाउन्सका मुद्दा बढेर ७१७ वटा पुगेको छ । अझै २ महिनामा मुद्दा बढ्ने प्रहरीको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा २९४ जनालाई कानुन अनुसार मुद्दा चलाइएको थियो । चालु वर्षमा २२९ जना विरुद्ध मुद्दा चलेको छ । त्यसमा ठाडो उजुरीको सङ्ख्या भने गणना गर्नै नसक्ने अवस्था रहेको प्रहरी प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।

‘ठाडो उजुरी त कति पर्छन् पर्छन् । दिनमै २५ भन्दा बढी उजुरी आउँछ,’ उनले भने, ‘सबै दर्ता र अनुसन्धान गर्न हामीसँग पर्याप्त जनशक्ति नै छैनन् ।’  कास्की प्रहरीमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी ४० प्रतिशत उजुरी बैंकिङ कसुर सम्बन्धी छन् ।

एउटै व्यक्तिसँग करोडौँ रकमसम्मको कारोबार भएको छ । केही व्यक्तिहरू हिरासतमा पुगेका पनि छन् । कतिपय मुद्दा मिलापत्र गरिएको छ भने अधिकांश कानुनी प्रक्रिया अनुसार मुद्दामा लगिएको थापाले बताए ।

‘सुरुमा चेक बाउन्सको हकमा ठाडो उजुरी लिन्छौँ । पीडकलाई बोलाउँछौँ,’ उनले भने, ‘बोलाउँदा आए भने मिलापत्र भएका छन् । मिलापत्र नहुने अवस्थामा मुद्दा चल्छ ।’

चेकबाउन्स हुने अधिकांश मुद्दा घरजग्गा, गाडी, वैदेशिक रोजगारी र मिटरव्याजसँग जोडिएका छन् । सहकारीका चेकहरू बाउन्स भएका घटना पनि धेरै छन् । आजभोलि व्यापारिक कारोबारमा चेक बाउन्स हुने क्रम बढेको थापाले सुनाए ।

चेक बाउन्सका कारण प्रहरीमात्रै होइन, पोखराका व्यापारी र व्यवसायीहरू पनि आजित भएका छन् । त्यसैले पोखरा उद्योग वाणिज्य सङ्घले चेक अनादर  र यसका समस्या तथा समाधानबारे उपायको खोजी गर्न अन्तरक्रिया नै गरेको छ ।

अध्यक्ष पवनकुमार प्रजापतिले चेक बाउन्सका घटना बढ्दा त्यसको मारमा आफूहरू परेको बताए । ‘अहिले बजार सुस्ताएको छ । नगदभन्दा उधारो कारोबार बढी हुन्छ । धेरैले चेकबाट कारोबार गरेका हुन्छन्,’ उनले भने, ‘चेक साट्न पठाउँदा रकम नभएर फर्किनुपर्छ । यसमा राज्य नै संवेदनशील हुनुपर्छ ।’ चेक बाउन्स हुँदा कानुनी उपचार खोज्ने प्रक्रिया सिक्न अन्तरक्रिया गरिएको प्रजापतिले बताए ।

बैंकर्स एसोसियन गण्डकीका संयोजक सूर्यप्रसाद तिवारीले चेक बाउन्सको घटनाले बैंकसम्म पनि हैरानी बढाएको बताए । ‘यसबाट बच्न उधारो कारोबार नगर्ने हो । विद्युतीय भुक्तानीको विकास भएको छ । सकेसम्म तत्कालै भुक्तानी कारोबार गर्नुपर्छ,’ उनले भने, ‘बैंकमा चेक नसाटिएपछि कानुनी प्रक्रिया त चल्छ तर पैसा पाउने ज्ञारेण्टी हुँदैन ।’

उनले अनधिकृत काम नगर्न पनि सुझाएका छन् । चेक काटिएको ६ महिनाभित्र ३ पटकसम्म साट्न जाँदा पनि नसाटिएपछि उक्त चेक बाउन्समा गणना हुन्छ । बैंकले खातामा पैसा नभएको जानकारी सहितको चिठी दिएपछि प्रहरीले उजुरी लिन्छ । चेक बाउन्स भएपछि सम्बन्धित व्यक्तिलाई बैंकको कालोसूचीमा राख्ने, चल–अचल सम्पत्ति रोक्का गर्ने लगायत प्रक्रिया छ ।

बाउन्सका घटना कम गर्न नागरिक स्वयं सचेत हुनुपर्ने प्रहरीको सुझाव छ । ‘सबै ठाउँमा डण्डा लगाएर मात्रै अपराध घट्दैन । नागरिकहरु सचेतमात्रै भए पनि धेरै अपराध न्यून हुन्छन्,’ प्रहरी प्रमुख थापाले भने, ‘अपराध घटाउन व्यक्ति जिम्मेवार हुनुपर्छ । उत्तरदायी हुनुपर्छ ।’

बैंकिङ कसुरका घटना हुन नदिन प्रहरीले पनि सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy