Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सीप सिकेर स्वरोजगार बन्दै महिला, टोल नै सामूहिक तरकारी र फलफुल खेतीमा

खबरडबली संवाददाता

सप्तरी। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ कि देवरैन देवी मुखियाको  ६/७ वर्ष यताको दैनिकी फेरिएको छ । हरेक दिन उनको खेतीपाती मै वित्ने गरेको छ ।

सोही ठाउँको दुर्गा देवी साह पनि दिनभर खेतीपाती मै व्यस्त हुन थालेको ७ वर्ष भयो । देवरैन र दुर्गा देवी मात्रै होईन । विगत ६/७ वर्ष देखी सो वडाका अधिकाँश महिला तरकारी र फलफुल खेतीमा व्यस्त छन् ।

दिनाभद्री कृषक समूह गठन गरेका स्थानीय महिलाहरु सामूहिक रुपमा साग सब्जी र फलफुल खेतीमा जुटे पछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ भने आर्थिक अभावका कारण विद्यालय पठाउन न सकेका उनीहरुका सन्तान अहिले उल्लेख्य संख्यामा विद्यालय जान थालेका छन् ।

विगतमा साहु महाजनको खेतवारीमा काम गरेर जसोतसो परिवार चलाउँदै आएकोमा अहिले सेभ द चिल्डे«नको सहयोगमा सेभ द सप्तरी नामक संस्थाले सीप र आवश्यक सामाग्री संगै लिजमा दिलाई दिएको खेतीयोग्य जग्गामा आफु सहित ३ दर्जन भन्दा बढी महिला सामुहिक खेतीमा जुटेको र यसबाट हुने आम्दानीले परिवारको लालन पालन र सन्तानको शिक्षा दिक्षामा सहज भएको महिला कृषक देवरैन मुखियाले बताइन ।

सीप संगै आवश्यक श्रोत साधन पाएपछि मौसमी तथा बेमौसी दुबै खाले तरकारी तथा फलफुल खेती गर्न सहज भएको अर्का महिला कृषक दुर्गा देवी साहको भनाई छ । स्वरोजगार हौ, आत्मनिर्भर बनौं, आधुनिक कृषि प्रविधीको प्रयोग गरौ, कृषि उत्पादन बृद्धि गरौ नाराका साथ उक्त कार्यक्रम अहिले जिल्लाको राजविराज नगरपालिकाको वडा नं. १, ५, १४, १५ र १६ का साथै छिन्नमस्ता, तिलाठी कोइलाडी र विष्णुपुर गाउँपालिकाको विभिन्न वडाको विपन्न वस्तीमा संचालन रहेको सेभ द सप्तरीका फिल्ड अफिसर सत्य नारायण थारुले बताए ।

उनले हाल सम्म ६५ विगहा भन्दा बढी खेतीयोग्य जग्गा लिजमा लिई भुमिहिन किसानलाई उपलब्ध गराउनुका साथै तालिम, विउविजन, मलखाद्य, किरामार्ने औषधी निःशुल्क उपलब्ध गराएपछि कृषक समूहमा उत्साह संगै उनीहरुको जीवनस्तरमा समेत सुधार देखिएको बताए ।

सप्तरीमा कुल ६८ हजार हेक्टर खेतीयोग्य जग्गा रहेको छ । जसमध्ये करिब १३ हजार हेक्टर जग्गामा तरकारी र फलफुल खेती हुने गरेको कृषि ज्ञान केन्द्र सप्तरीको तथ्याँकले देखाएको छ । पछिल्लो समय सेभ द सप्तरीले चलाएको अभियानमा महिला कुषक समुहले देखाएको उत्साहजनक सहभागिता प्रशंसनिय छ ।

यसले उत्पादन बृद्धि र स्वरोजगार संगै विपन्न समुदायको शिक्षा र स्वास्थ्यमा पहुँच भई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन थप टेवा पु¥याउने विश्वास गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रको दक्षिण एसिया संगठन समितिको बैठक जारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया संगठन समितिको भर्जुअल परामर्श बैठक जारी रेहको छ।  आइतबार बसेको बैठकमा पार्टीक...

नेप्सेमा ११ अंकको वृद्धि हुँदा ५ अर्बको कारोबार

काठमाडौं। नेप्सेमा आज ११ अंकको वृद्धि भएको छ। आइतबार नेप्से ११ अंकले बढेर २५८८.३५ विन्दुमा रोकिएको हो। आज ३२५ कम्पनिको कारोबार हुँदा एक करोड २४ लाख...

डोटीमा चार युवाको सामूहिक बेसारखेती

डोटी । डोटीको दिपायलका चार युवाले व्यावसायिक बेसारखेती सुरु गरेका छन् । युवा तेज द्वारिया, कैलाश खड्का, दीपक साहु र शैलेन्द्र खड्काले दिपायल सिलगढी नग...

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट...

बारा जङ्गल छेउमा वयस्क हात्ती मृत फेला

रौतहट । बारा स्थित राष्ट्रिय जङ्गल नजिक वयस्क हात्ती मृत फेला पारेको छ। स्थानीय कोल्हबी नगरपालिका–२ भलुवाही खोर जङ्गल छेउमा जङ्गली हात्ती मृत फेला परे...

नेपालीहरुका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तब्य बन्नसक्छः महानायक हमाल

काठमाडौं । महानायक राजेश हमालले सुचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरुका लागि  क्यानडा शैक्षिक गन्तब्य बन्नसक्ने बताएका छन् । शनिबार हिमाल म...

काठमाडौंमा देखिएको मुगुको दृश्य

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमध्ये एक हो, डोल्पा जिल्ला । मुख्यगरी डोल्पामा रारा तालको अवलोकनका लागि पर्यटक पुग्ने गर्छन् । रा...

काभ्रे प्रहरीले गर्यो २६ बाक्सा पटाका पटाका बरामद

बनेपा ।  बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जा...

चीनकी ‘ब्युटिफुल गभर्नर' लाई १३ बर्षको जेल सजाय

काठमाडौँ । चीनमा ‘ब्युटिफुल गभर्नर’ भनेर चिनिने गुइझाउ प्रान्तकी गभर्नर झोङ याङलाई १३ वर्षको जेल सजाय सुनाइएको छ । उनलाई १ करोड १६ लाख रुपैयाँ जरिवाना...

बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै

बाँके ।  भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ। लागुऔषध प्रयोगकर्ता र कारोबार गर्नेको सङ्ख्या बढ्दै जाँदा न्यूनीकर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy