Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८२ सोमबार | 19th May, 2025 Mon
Investment bank

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ छ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो ।

सडक डिभिजन कार्यालय चितवनका प्रमुख रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्षमा रु पाँच करोड मात्र बजेट विनियोजन भएको थियो । थप रु २० करोड बजेट निकासा गरेर काम गरिएको उनले जानकारी दिए । सडकको केन्द्रीय बस टर्मिनलदेखि गोन्द्राङ्सम्म कालोपत्र सकिएको छ ।  बसपार्कबाट पुल्चोकसम्म केही ठाउँमा दोस्रो र अधिकांश ठाउँमा कालोपत्रको अन्तिम तह बाँकी छ ।

फुटपाथ, सर्भिसलेन, हरियालीका काम, सडक बत्तीलगायतका काम भइरहेको छ । कालोपत्र मात्र बाँकी रहेकाले धेरै समय नलाग्ने उनले जानकारी दिए । भरतपुर महानगरपालिकाले सहरी क्षेत्रको सडक छिटो सम्पन्न गर्न बजेट निकासाको पहल  गरेको थियो । उनले भने “अब बजेटको अभाव हुँदैन । निर्माण कम्पनीले तीव्र रुपमा काम गर्नुपर्यो ।”

विसं. २०७७ असोज २७ गते सम्झौता भई निर्माण  सुरु भएको सो सडक खण्डको भदौसम्मका लागि दोस्रो पटक म्याद थपिएको छ । निर्माणको काम इन्डो सगुन जेभीले  गरिरहेको छ । कम्पनीले रु एक अर्ब सात करोड भुक्तानी प्राप्त गरिसकेको छ । चालु आवमा पनि रु २५ करोड हाराहारी कम्पनीलाई भूक्तानी गरिएको उनले जानकारी दिए । सुरुको ठेक्का रकम रु एक अर्ब २३ करोड रहेकामा मूल्य वृद्धिका कारण रकम बढ्ने छ । पौडेलका अनुसार काम सम्पन्न गर्न अझै रु २५ करोड आवश्यक पर्छ । यो सडक छ दशमलव ०८ किलोमिटर लामो छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहरी क्षेत्रको सडकका लागि चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएकामा सम्बन्धित निकायमा अनुरोध गरेर बजेट निकासा गराएको बताइन् । महानगरपालिकाले घोषणा गरेको भ्रमण वर्ष सन् २०२४ यही सडकका  कारण तोकिएको समयमा उद्घाटन हुन सकेको थिएन ।

प्रमुख दाहालले भनिन् “बजेटका कारण काम हुन नसकेपछि  प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री, सचिव लगायतलाई पटकपटक अनुरोध गरेपछि काम भएको हो ।” 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अदालतले प्रसाईंलाई र...

कुलमान हटाइनु सम्पूर्ण नेपालीहरूको पहिचानमाथि सरकारले गरेको अत्याचार हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउनु सम्पूर्ण नेपा...

रसुवामा ठूलो परिमाणमा सुन बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, रसुवाले ठूलो परिमाणमा सुन बरामद गरेको छ । अहिले सुन जोख्ने काम भइरहेको रसुवा प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए...

महिला टी–२० विश्वकप छनोट : सुपर तीनमा नेपालको पहिलो खेल युएईसँग

काठमाडौँ । थाइल्यान्डमा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर तीनको पहिलो खेलमा नेपालले सोमबार संयुक्त अरव इमिरेट्स (युएई) सँग प्रतिस्पर्ध...

६ दिनदेखि नेप्सेको गिरावट कायमै

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक २.६९ अंकले घटेको छ । शून्य दशमलव १० प्रतिशतले घटेर २ हजार ६ सय ९ दशमलव शून्य पाँच विन्दुमा ओर्लिएको हो । ग...

देउवापछि कांग्रेसमा को सभापति ? सानेपामा देउवानिकट ६ भाइको बैठक जारी

काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवानिकट ६ पूर्व पदाधिकारीहरु छलफलमा जुटेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, वि...

एक हप्तामा गभर्नरको नियुक्ति : सञ्चारमन्त्री गुरुङ

सरकार साढे तीन वर्ष ढुक्कले जाने भएपछि विपक्षीहरू आत्तिए

२५ बुँदे आह्वान जारी गर्दै सम्पन्न भयो सगरमाथा संवाद

काठमाडौँ। नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आज सम्पन्न भएको छ। ‘जलवायु परिवर्तन, हिमाल र म...

सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् । आइतब...

उच्च मनोबलका साथ विश्व प्रतिस्पार्धामा विजयी हुनुस् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending