काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा बहस सकिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।
बहस पूरा भएपछि इजलासमा रहेका न्यायाधीशद्वयले घटनाबारे सीसीटीभी फुटेज मगाएर हेर्न थालेका छन् । फैसला गर्नु अघि फुटेज हेर्न लागिएको हो । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । सन्दीप र गौशाला २६ होटलभित्र पसेको र होटलबाट बाहिरिएको फुटेज न्यायाधीसद्वयले हेर्न चाहेका हुन् ।
आज सबैभन्दा पछाडि सन्दीप लामिछानेको तर्फबाट सरोज घिमिरे र सविता भण्डारीले जवाफी बहस गरेका थिए । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा हिजोदेखि मुद्दाको सुनुवाइ भइरहेको छ । हिजो गौशाला २६ का निजी वकिलहरूले बहस गर्दागर्दै नसकिएपछि हेर्दाहेर्दैमा राखिएको र आज ११ बाट बहस सुरू भएकाे थियो । दुवै पक्षलाई डेढ घन्टा समय दिइएको थियो । त्यसअनुसार गौशाला २६ का वकिलहरूले खाजा समय अगाडि बहस गरे ।
फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकपमा सहभागी हुन सक्नेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले पनि उनको फैसला पर्खेर बसेको छ ।
यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् । यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुनेछ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन ।
गत पुस २५ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएका सन्दीपले फागुनमा उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८१ - १८:११
एजेन्सी । कुकुरहरूको नाम लिँदा हामीलाई तुरुन्तै याद आउने कुरा भनेको तिनीहरूको विश्वास र शुद्ध मित्रता हो । सामान्यतया कुकुरहरू राति अचम्म तरिकाले र...
माघ ११ गते, २०८१ - १८:०४
काठमाडौं । भारत, बिहारको मुजफ्फरपुरमा, डाक्टरहरूले नौ वर्षीया बालिकाको पेटबाट कपालको ठूलो डल्ला निकालेका छन्। दुई घण्टा लामो शल्यक्रियापछि निकालिएको क...
माघ ११ गते, २०८१ - १८:०१
जनकपुर । जनकपुरधामस्थित मधेस भवन अगाडि भएको मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन...
माघ ११ गते, २०८१ - १७:५७
काठमाडौं । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन् । शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यव...
माघ ११ गते, २०८१ - १७:५७
काठमाडौं । वनमन्त्री ऐनबहादुर शाही ठकुरीले वन मन्त्रालय विकासविरोधी नभएको बताएका छन् । शुक्रबार चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको टिकौली मध्यव...
माघ १० गते, २०८१ - २०:५५
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचन आगामी माघ १२ मा हुँदै छ । गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय स...
माघ १० गते, २०८१ - १९:४९
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर ...
माघ १० गते, २०८१ - १९:४६
काठमाडौं । ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडमा सिल गरिएको छ । बिहीबार बागमती प्रदेश अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समित...
माघ १० गते, २०८१ - १९:४६
नेपालगन्ज । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैले इमान्दारितापूर्वक मेहनत गरेमा देशलार्ई चाँडै आर्थिक ...
माघ १० गते, २०८१ - १९:४०
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले देशमा दुई दलीय व्यवस्था लाद्ने षड्यन्त्र भइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा गजेन्द्रनाराय...
प्रतिकृया लेख्नुहोस्: