Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई काठमाडौं महानगरको आर्थिक अनुदान

खबरडबली संवाददाता

काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो । यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आवद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आवद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आवद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गरेकी थिइन् ।  यस्तै १० जना बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । 

निजी घरलाई मौलिक स्वरुपमा निर्माण प्रोत्साहन गर्न ‘घ’ वर्गको भवन निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाहीलाई १० लाख रुपैयाँ र ‘ग’ वर्गको निजी भवन निर्माण गर्न प्रोत्साहनका लागि वडा नं। २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्य र लुज बज्राचार्यलाई १६ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ । 

२९ औँ महानगर दिवस २०८० को मूल समारोहमा झाँकी प्रदर्शनमा प्रथम स्थान हासिल गर्ने वडा नं। ५, दोस्रो स्थान हासिल गर्ने नेपाल खड्गी सेवा समिति र तेस्रो स्थान हासिल गर्ने २ वटा वडालाई नगदसहित सम्मान गरियो । सम्मानित हुनेहरुलाई क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र २५(२५ रुपैयाँ नगद प्रदान गरिएको छ । 

महानगर दिवस समारोह सञ्चालन गर्न सहयोग गर्ने कलाकार निशा देशार, रोजमान महर्जन, निभा डंगोल, कुटुम्ब व्याण्डसहितका कलाकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।  

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, समुदायलाई आर्थिक अनुदान प्रदान गरेको नभइ अमूर्त सम्पदाको संरक्षणका लागि सहकार्य गरिएको बताइन् । ‘स्थानीयको आवश्यकतालाई स्थानीय सरकारले नजिकबाट हेर्न सक्छ । यस्ता विषयमध्ये पनि संस्कृति र सम्पदा संरक्षण प्रवर्धन गर्ने विषय हामीले नजिकबाट हेर्ने क्षेत्र हुन् । नीति, योजना तथा कार्यक्रमका प्राथमिक विषय हुन् ।’ उनले भनिन्, ‘अमूर्त सम्पदाभित्र बादन, गायन, श्रृङ्गार, नृत्य जस्ता पक्ष मेरुदण्ड हुन् । यस्ता क्षेत्र जोगाउने हाम्रो दायित्वमा समुदायसँग सहकार्य गर्न चाहन्छौँ ।’ 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नेवार समुदायले धानेर पुस्तान्तरण गर्दै ल्याएको परम्पराको प्रशंसा गर्दै चलेका संस्कारमा हराएका पक्ष खोज्दै जान सहकार्य गर्नुपर्ने बताए । 

संस्कृति राज्य सञ्चालनको अभिन्न अङ्ग हो । कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘अहिलेसम्म बचेको संस्कारलाई घट्न नदिन महानगरपालिका सचेत छ । समुदायसँगको सहकार्यबाट सम्पदा संरक्षणमा दिगो नतिजा ल्याउन सकिन्छ ।’

सम्पदाको संरक्षणमा महानगरपालिकाको लगानी बढ्दै जानेछ । आगामी योजना सुनाउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, स्थानीयको ज्ञान र सिपमा महानगरपालिकाबाट स्रोत मिसाएर सहकार्य अगाडि बढाउनु पर्छ । त्यस क्रममा बोल्दै समितिका सदस्य एव। वडा नं। १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, संस्कृति मेटिए, पहिचान पनि मेटिने बताउँदै यसलार्य जोगाउन सरकार र समुदायको संयुक्त सहभागिताको खाँचो देखाए । 

कार्यक्रममा समुदायकातर्फबाट धारणा राख्दै, ज्यापू महागुथिका अध्यक्ष पञ्चनारायण महर्जन, गुंला बाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्य र नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अञ्जिता खड्गीले महानगरपालिकाले उपलब्ध गराएको सहयोग अमूर्त सम्पदा जोगाउन, परम्परागत बादन, गायन, श्रृङ्गार र जात्रा पर्वको प्रवर्धनमा खर्च हुने धारणा राखे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित

काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending