चितवन । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गैँडाको आक्रमणबाट तीन, बाघको आक्रमणबाट तीन र मगर गोहीको आक्रमण एकजनाको मृत्यु भएको हो । विभिन्न समयमा जङ्गली जनावरको आक्रमणबाट उनीहरुको मृत्यु भएको हो । सोही समयमा वन्यजन्तुको आक्रमणबाट २७ जना घाइते भएका छन् । जसमध्ये १५ सामान्य र १२ जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा हात्तीको आक्रमण १०, गैँडाको आक्रमणबाट १२, बाघको आक्रमणबाट चारजना रहेका सूचना अधिकारी तिवारीले जानकारी दिए। त्यस्तै गौरी गाईको आक्रमणबाट एकजना घाइते भएको उनले बताए।
घाइतेको उपचारका लागि निकुञ्जले रु २१ लाख २३ हजार सात सय ७४ राहतस्वरुप प्रदान गरेको तिवारीले जानकारी दिए। उहाँको अनुसार मृत्यु भएका सातजनाको परिवारलाई राहतस्वरुप रु ७० लाख प्रदान गरिएको छ ।
मध्यवर्ती क्षेत्रको सामुदायिक वनमा नियमानुसार वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुले आक्रमण गरेको तिवारीले जानकारी दिए। उनले भने, “गस्तीमा गएका निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएका नेपाली सेना, नेचर गाइडलाई समेत वन्यजन्तुले आक्रमण गरेको छ ।”
मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको बासस्थान हुने र मानिसले पनि उपभोगका लागि सोही क्षेत्र प्रयोग गर्ने भएकाले सो क्षेत्रमा बढी सङ्ख्यामा वन्यजन्तुको आक्रमण हुने गरेको तिवारीको भनाइ छ । यस्ता क्षेत्रमा वन पैदावार सङ्कलन गर्न जाँदा वन्यजन्तुको आनीबानी र उपस्थितिको बारेमा बुझेर जाने, साँझ बिहान नजाने, समूहमा जाने, प्रकृति सुहाउँदो खालका कपडा लगाएर जाने गर्दा क्षति कम गर्न सकिने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २५ गते, २०८१ - १७:०४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा घुस रकम बोकेर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध ...
पौष २५ गते, २०८१ - १६:४८
दमक। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्व पश्चिम राजमार्ग निर्माणमा ढिलाइ नगर्न र गुणस्तरीय काम गर्न निर्देशन दिएको छन । नेपालला...
पौष २५ गते, २०८१ - १६:३३
झापा। लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ का...
पौष २५ गते, २०८१ - १६:२४
पोखरा। कास्की जिल्ला अदालतको सुरक्षा ब्यवस्था कडा पारिएको छ । रबि लामिछानेसहितको मुद्दाको आदेश आउने भए पछि अदालत परिसर भित्र सुरक्षा ब्यवस्था कडा ग...
पौष २५ गते, २०८१ - १६:०६
काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.१४ अंकले घटेको छ । जसअनुसार नेप्से ०.६८ प्रतिशतले घटेर २६३५.०९ को विन्दुमा पुगेर रोकिएको छ । बिहिवार ७ अर्ब...
पौष २५ गते, २०८१ - १६:००
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताएको छन । बिहीबार काठमाडौंमा आयोजित एक...
पौष २५ गते, २०८१ - १५:४२
दमास्कस । सिरियाको उत्तरी मानबिज क्षेत्रमा बिहीबार टर्की समर्थित समूह र कुर्द नेतृत्वको सेनाबिच भएको भिडन्तमा ३७ जनाको मृत्यु भएको छ । संयुक्त राज्...
पौष २५ गते, २०८१ - १५:२७
बागलुङ। बसाइँसराइका कारण बागलुङका कयौँ ग्रामीण बस्ती उजाडिँदै गएका छन् । गुणस्तरी शिक्षा, स्वास्थ्यलगायतका सुविधा खोज्दै बजार झर्नेको अहिले पनि लर्को ...
पौष २५ गते, २०८१ - १५:१०
तनहुँ। उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताएको छन । तनहुँ उद्योग व...
पौष २५ गते, २०८१ - १४:४५
काठमाडौं। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती तथा सुत्केरीलाई राहातस्वरुप कम्बल ९ब्लाङ्केट० वितरण गरेको छिन । ...
प्रतिकृया लेख्नुहोस्: